मुख्य घटनाहरु

ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते
संखुवासभा, २०७८ असोज २२ गते ।
जिल्ला संखुवासभा खादबारी नगरपालिका २ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते भएका छन् । मृत्यु हुनेमा चालक संखुवासभा खादबारी नगरपालिका ५ लेलुवा का २५ बर्षीय मणी तामाङ रहेका छन् भने घाईते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको घोपा धरानमा उपचार भईहेको छ । हिजो राती सँवा ८ बजे चेवाबाट चारबर तर्फ जादै गरेको प्र१०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी १५ मिटर तल खसि दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी मानेभन्ज्याङबाट प्रहरी टोली खटि गई दुवै जना घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खादबारीमा पठाईएको हो । सो दुर्घटबाट गम्भिर घाईते भएका चालकको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो भने घाईते सहचालकलाई थप उपचारको लागी धरान पठाईएको थियो । ट्याक्टर घटनास्थलमानै रहेकोले निकाल्न पहल भईरहेको छ । घटना सम्बन्धमा कानुनि प्रकृया तथा अनुसन्धान भईरहेको छ ।
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
सुनसरी, २०७८ असोज २२ गते ।
सुनसरी दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल रहेका छन् । हिजो बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको NL 02 Q 0134 नम्बरको LP ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमानै मृत्यु भएको हो । ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का ३५ बर्षीय चन्दन कुमार ताति ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु
सुनसरी, २०७८ असोज २१ गते ।
सुनसरी ईटहरी उपमहानगरपालिका १६ लायन्स चौक स्थित पुर्व-पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाऊपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । हिजो राती सँवा ११ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो । ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरी ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
बसको ढोकाबाट खसेर सहचालकको मृत्यु
धनकुटा, २०७८ असोज २१ गते ।
धनकुटा पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् । हिजो दिउसो ११ बजे भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडीरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजो दिउसो साढे ११ बजे मृत्यु भएको हो । बस र बस चालक भोजपुर अरुण गाऊपालिका ७ का ३५ बर्षीय दुर्गा बहादुर श्रेष्ठ ईलाका प्रहरी कार्यालय पाख्रीबासको धनकुटाको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
घरबाट लडेर एक जनाको मृत्यु
विराटनगर, २०७८ असोज १८ गते ।
झापा कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् । आज बिहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागी B&C अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
लाखौ भारतिया नोट सहित एक जना पक्राउ
ईलाम, २०७८ असोज १८ गते ।
ईलाम सुर्योदय नगरपालिका ६ हर्कटे चौक स्थितबाट प्रहरीले लाखौ भारतिया नोट सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि जम्मा भारतिय रुपिया ११ लाख फेला परे पश्चात पक्राउ गरि ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । पक्राउ परेका उनलाई कानुनि कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको छ ।
प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
मोरङ, २०७८ असोज १८ गते ।
मोरङ उर्लाबारी नगरपालिका ५ स्कुल डाँडा स्थितबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधि Tramadol- ४१७ क्याप्सुल र र Spaspain-४१७ क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।
घरको बरन्डाबाट लडि एक जनाको मृत्यु
खोटाङ, २०७८ असोज १८ गते ।
खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ कि ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडी गम्भिर घाईते भएकी राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
रुखबाट लडी एक जनाको मृत्यु
झापा, २०७८ असोज १८ गते ।
झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
फरार प्रतिबादी पक्राउ
विराटनगर, २०७८ असोज १७ गते ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समुहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाको र बैदेशिक रोजगार ठगी कसूर मुद्धामा कसुरदार ठहरी फरार भएका २ जना प्रतिबादीहरुलाई आज पक्राउ गरि सम्मानित अदालतमा पेश कारागार चलान गरेको छ । केही सार्वजनिक अपराध मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७२ चैत ११ गतेको सजाय निर्धारण फैसला आदेशले रु.२,०००/- जरिवाना भई लगत नं.- ५६४९ र नकवजनी चोरी मुद्दामा मिति २०६८ भदौ २९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १महिना २ दिन कैद तथा रु.६,०००/- जरिवाना भई लगत नं.- ३५०९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका मोरङ बिराटनगर महानगरपालिका ८ का ३४ बर्षीय अजय रायलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि अदालतमा दाखिला गरेको तथा सम्मानित मोरङ जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको हो । यसै गरी सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७२ चैत १ गतेको फैसला आदेशले क्रमशः ३ बर्ष कैद तथा रु.३,००,०००/- जरिवाना भई लगत नं.- ७१८७ मा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उपमहानगरपालिका ९ घर भई हाल धरान ७ का ३४ बर्षीय रबिन बोगटीलाई पक्राउ गरि अदालतमा दाखिला गरेको तथा सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्य
बिराटनगर, २०७८ असोज १७ गते ।
१ नम्बर प्रदेशका तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका-५ का २२ बर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको साथै सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका-५ का १६ बर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । यसैगरी सुनसरीको दुहवी नगरपालिका-१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दुहवी नगरपालिका-११ का ४५ बर्षीय ईश्वरचन माझी (चौधरी) लाई उपचारको लागी टिचिङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । यस्तै दुहवी नगरपालिका-८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री बेलवारी नगरपालिका-५ का ७२ बर्षीय पवनलाल चौधरीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागी बिराट मेडिकल कलेज पठाईएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । सवारी दुर्घटना सम्बन्धी भएका उक्त घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
विराटनगर, २०७८ असोज १६ गते ।
"६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा बिभिद गरिने कार्यक्रम अन्तर्गत आज मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको सो सरसफाई कार्यक्रम अन्तर्गत मोरङको विराटनगर महानगरपालिका १६ स्थितमा रहेको दुर्गा मन्दिर सरसफाई गरिएको हो ।
ब्याडमिन्टन र टेबलटेनिस खेलकुद प्रतियोगीता सम्पन्न
विराटनगर, २०७८ असोज १६ गते ।
"६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस प्रतियोगिता आज सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यूको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगितामा ब्याडमिन्टन तर्फ १६ टिम, डबल टेबलटेनिस तर्फ १५ टिम र सिंगल टेबल टेनिस तर्फ १२ टिमको प्रतिस्पर्धा भएको थियो । डबल ब्याडमिन्टन प्रतियोगितामा बिजेता हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्र.उ. जनार्दन जि.सी. र प्र.ज. जनम राई रहेका छन् भने उपबिजेता हुने १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्र.नि. खगेन्द्र एक्तेन र प्र.ना.नि. बुद्धी दराई रहेका छन् । त्यस्तै डबल टेबलटेनिस तर्फ बिजेता हुनेमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्र.ह. आशाराम चौधरी र प्र.ह. मान बहादुर राजबंशी रहेका छन् भने सिंगल टेबलटेनिस तर्फ बिजेता सोही केन्द्रका प्र.ह. आशाराम चौधरी र उपबिजेता प्र.स.नि. देवी प्रसाद ढकाल रहेका छन् । खेल प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने टिमहरुलाई आगामी असोज २० गते हुने "६६ औँ प्रहरी दिवस २०७८" मा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ ।
जंगली हात्तीले सुडले च्यापी बेपत्ता बनाएकी महिला मृत अबस्थामा फेला
झापा, २०७८ असोज १५ गते ।
झापाको भद्रपुर नगरपालिका १० देउनिया स्थितमा जंगली हात्तीले सुडले च्यापेर बेपता बनाएकी महिला मृत अबस्थामा फेला परेको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ८ नेपाल चोक की ५० बर्षीया लतुमाई मर्डी रहेकी छन् । हिजो दिउसो १२ बजे श्रीमान संग निगुरो टिपिरहेको अवस्थामा जंगली हात्ती आई सुडले च्यापेर लगेको थियो । मृतकको श्रीमानले घटनाको जानकारी गराए लगतै अस्थाई प्रहरी चौकी गरामनीबाट प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी बल खटि गई स्थानियबासीको सहयोगमा खोजी गरेका थिए । खोजतलास गर्ने क्रममा हिजो बेलुका ५ बजे सोही वनको सेति खोलाको पैनीमा मृत अबस्थामा फेला परेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
रक्तदान कार्यक्रम सम्पन्न
विराटनगर, २०७८ असोज १५ गते ।
"६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यूको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ६० जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गर्नु भएको छ ।
लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ
मोरङ, २०७८ असोज १३ गते ।
मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका ३ का २३ बर्षीय अल्फन लिम्बुलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ६ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी हिजै बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटी पछाडी सवार रतुवामाई नगरपालिका ९ ईटहरा का २१ बर्षीय गोविन्द थापाको साथबाट प्रतिवन्धित औषधी ट्रामाडोल ४०० गोटी बरामद भएको थियो । सो प्रतिबन्धित औषधी बरामद भए पश्चात स्कुटी चालक उर्लाबारी नगरपालिका ७ का २१ बर्षीय अनिल राय समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
मोरङ, २०७८ असोज १३ गते ।
मोरङ बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट स्थितबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् । हिजो बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम १२० मिलि ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
ईलाम, २०७८ असोज १३ गते ।
ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागी रोकि राखेको अर्को ट्रकको सहचालक रहेका नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो । ट्रक र चालक पाँचथर का ३४ बर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित दुई जना पक्राउ
झापा, २०७८ असोज १२ गते ।
झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला परे पश्चात पक्राउ गरि थप सोथपुछ गर्दा बिकाश मर्डीको बिर्तामोड १ स्थितमा रहेको डेराबाट समेत गरेर १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु. २ लाख ६९ हजार ३ सय, डिजिटल तराजु थान -१, Canon लेखेको डिजिटल क्यामेरा -थान १ र उनले चलाई ल्याएको प्र. १-०१-०१२ प ९५४५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टर र मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु एक जना घाईते
मोरङ, २०७८ असोज १२ गते ।
मोरङ रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी-उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु एक जना घाईते भएका छन् । हिजो बेलुका ८ बजे मे१त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र-३-०२-००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थानका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये यादव पाठकको उपचारको क्रममा हिजो राती साढे ८ बजे मृत्यु भएको छ । ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ बर्षीय गणेश पासवान ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
ढिस्कोमा परेर एक जनाको मृत्यु दुई जना घाईते
सोलु, २०७८ असोज ११ गते ।
सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरको माथीबाट ढिस्को झरी एक जना मृत्यु र दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् । आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अबस्थामा रामकृष्णको ढिस्को झरि अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमानै मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट KMC हस्पिटल काठमाण्डौ लगिएको छ । घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली खटि गई थप अनुन्धान गरिरहेको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु
सुनसरी, २०७८ असोज ११ गते ।
सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिनको साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबको करेन्ट लागी मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
स्कुटीको ठक्करबाट पैदल यात्रीको मृत्यु
उदयपुर, २०७८ असोज ११ गते ।
उदयपुर बेलका नगरपालिका ३ त्रिबेणी चोक स्थित भित्रि सडक खड्मा स्कुटीको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० बर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् । हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ गईरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटीले ठक्कर दिई घाईते भएका पैदल यात्री बस्नेतको घोपा धरानमा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको हो । स्कुटी र चालक सोही स्थानका २६ बर्षीय एकराज बि.क.ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु
ताप्लेजुङ, २०७८ असोज ११ गते ।
ताप्लेजुङ सिरिजंघा गाऊपालिका ४, तेल्लोक स्थितमा ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय ईन्द्र भट्टराई रहेका छन् । हिजो बेलुका ७ बजे पुर्बबाट पश्चिम आउदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले पदैल यात्री भट्टराईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बु ईलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
१७ केजि गाँजा सहित एक जना पक्राउ
मोरङ, २०७८ असोज ९ गते ।
मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजि गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
रुखको हाँगाले लागेर एक जनाको मृत्यु
मोरङ, २०७८ असोज ९ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका ९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागी गम्भिर घाईते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।
छुरा प्रहार गरी छिमेकीको हत्या
सुनसरी, २०७८ असोज ९ गते ।
सुनसरी ईटहरी उपमहानगरपालिका -३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते बनाएका थापाको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई हत्या गर्ने देवी प्रसाद अधिकारीलाई पक्राउ गरिएको छ । पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय ईटहरीले थप अनुसन्धान गरिरहेको छ ।
ब्राउन सुगर सहित ३ जना पक्राउ
झापा, २०७८ असोज ८ गते ।
झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् । हिजो बेलुका साढे ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थित रहेको एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ब्राउन सुगर ६ ग्राम ७०० मिलि ग्राम सहित पक्राउ गरेको हो । त्यस्तै हिजो दिनको साढे २ बजे लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु
ईलाम, २०७८ असोज ८ गते ।
इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर कुमार तामाङ रहेका छन् । हिजो बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर घटनास्थलमानै मृत्यु भएको थियो । पिक अप र चालक इलाम सन्दकपुर गाऊपालिका १ माइपोखरी का ३० बर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय ईलामको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
मोरङ, २०७८ असोज ८ गते ।
मोरङ बुढिगंगा गाऊपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाट का ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन् । हिजो बेलुका सँवा ६ बजे विराटनगर आउदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा जादै गरेको साईकल पछाडीबाट ठक्कर दिदाँ गम्भिर घाईते भएका साईकल चालक पन्तको कोशी अस्पताल विराटनगरमा बेलुका साढे ६ बजे मृत्यु भएको हो । बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ बर्षीय शिब बहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।
लागूऔषध सहित एक जना पक्राउ
मोरङ, २०७८ असोज ७ गते ।
मोरङ बिराटनगर महानगरपालिका १५ स्थित १नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान १३ का ३२ बर्षीय मुनु राणा राई रहेका छन् । आज दिउसो १ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।
बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
सुनसरी, २०७८ असोज ७ गते ।
सुनसरी दुहबी नगरपालिका २ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का ५० का आशराम माझी रहेका छन् । आज बिहान सँवा ८ बजे बिराटनगर आऊँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक माझीको न्युरो अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको हो । बस र बस चालक सिन्धुपाल्चोक ईन्द्रावती ४ का ३० बर्षीय अशोक थापा मगर ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको छ ।
लागूऔषध सहित एक जना पक्राउ
मोरङ, २०७८ असोज ७ गते ।
मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागेर मृत्यु
मोरङ, २०७८ असोज ७ गते ।
मोरङ बुढिगंगा गाऊपालिका ६ सैतानपुर का २६ बर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु
सुनसरी,२०७८ असोज ६ गते ।
सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान सँवा १० बजे ईटहरी-बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी -७ का ३० बर्षीय कार्तिक रिसिदेब नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ
झापा,२०७८ असोज ६ गते ।
झापाको दमक-१ स्थितबाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा भद्रपुर-७ का ५१ बर्षीय युवराज न्यौपाने, भद्रपुर-९ का ४९ बर्षीय दिल बहादुर राई, भद्रपुर-१० का ५० बर्षीय ठाकुर प्रसाद निरौला, बिर्तामोड-१ का ४२ बर्षीय तिर्थ अधिकारी, कन्काई-३ का ३२ बर्षीय मोहन बराल र बर्ष ३२ कै सुनिल साह रहेका छन । यसै गरी गौरादह-५ का ४५ बर्षीय हरि कोईराला, कमल गाँउपालिका-४ का ४७ बर्षीय सुबिन्द्र सुब्बा, दमक-७ का ४९ बर्षीय कर्ण राई, सोही स्थानका ४० बर्षीय राजन दाहाल र ३४ बर्षीय विनोद थेबे रहेका छन । यस्तै बेलबारी ११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० बर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे-१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्रामथान-४ का ५७ बर्षीय लक्ष्मी प्रसाद अधिकारी, ग्रामथान-५ का ४२ बर्षीय नैन कुमार चौधरी र ग्रामथान-६ का ४४ बर्षीय रुपेश तामाङ रहेका छन । दमक-१ स्थितमा बस्ने हिमाल देवानको घर कम्पाउण्डमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा हिजो राती साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा यी १७ जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैया समेत फेला पारी बरामद गरेको छ । जुवाको खालबाट पक्राउ परेकाहरु उपर जुवा ऐन मुद्दामा कानुनी कारबाही अगाडी बढाईने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
जंगली हात्तीको आक्रमणमा परि एक जना महिलाको मृत्यु
सुनसरी, २०७८ असोज ५ गते ।
सुनसरी बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । हिजो दिउसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई उनिलाई शरिरको बिभिन्न भागमा कुल्चि घाईते बनाई हात्ती भागेको थियो । घाईते खत्वेलाई स्थानियले घर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
पीडित पुन: भेटघाट (Victim Revisit) कार्यक्रम २०७८ को शुरुवात
मोरङ, २०७८ असोज ४ गते ।
जिल्ला प्रहरी कार्यालय मोरङले पीडितसँग पुन: भेटघाट (Victim Revisit) कार्यक्रम २०७८ को शुरुवात गरेको छ । गत असोज १ बाट शुरु गरिएको उक्त कार्यक्रममा प्रहरीले पिडीतहरुको घरमानै गएर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउने लक्ष्यका साथ सो कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पीडक (कसुरदार) लाई कानून बमोजिमको दण्ड दिनु, समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यका साथ पीडित मैत्री वातावरण सिर्जना गर्दै, पीडक र निजको पक्षबाट पीडितलाई हुन सक्ने दवाव, प्रभाव तथा हस्तक्षपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पिडा कम गर्दै आत्मबल अभिवृद्धि गर्नु र नेपालको संविधान २०७२ को धारा २१ र अपराध पीडित संरक्षण ऐन २०७५ को परिच्छेद २ मा ब्यवस्था भए अनुसार अनुसन्धान सम्बन्धि सूचनाको अधिकार, न्यायिक कारवाही सम्बन्धि सूचनाको अधिकार, क्षतिपूर्ती तथा सामाजिक पुन:स्थापनाको अधिकार, दण्डहिनताको अवस्था सृजना हुन नदिन तथा पीडित न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्क गरी पीडितलाई कानून बमोजिम सहयोग गर्न आवश्यक देखिएकोले सो कार्यक्रम संचालन गरिएको छ ।
पीडित पुन: भेटघाट (Victim Revisit) कार्यक्रम, २०७८ शुरूवातको क्रममा २०४२ साल भाद्र १८ गते भएको खुन डाका मुद्दाका पीडित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-३ का ८५ बर्षीया धर्मध्वज थापा क्षेत्रीसँग जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जि.सी. सहितको प्रहरी टोलीले भेटी पीडित पुन: भेटघाट कार्यक्रम शुरू गरियो थियो । उक्त घटनामा संलग्न रही फरार रहेका जिल्ला मोरङ कटहरी गाउँपालिका ७ तकिया बस्ने ८७ बर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० बर्षीय शिवना सरदार वातरलाई ३६ बर्ष पछाडी गत भदौ ९ गते पक्राउ गरी कानूनी कारवाही भएको जानकारी गराउँदा निज धर्मध्वज थापा क्षेत्रीले लामो समय पछि पनि न्याय पाएकोमा खुशी ब्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ लगायत मोरङ मातहत रहेका ईलाका प्रहरी कार्यालय रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारी समेतले यो कार्यक्रमलाई शुरुवात गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, असोज -०४ गते ।
इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर RIT शाखामा कार्यरत प्रहरी नायव निरीक्षक रुद्र बहादुर खड्का भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता,आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी एकै परिवारका ६ (छ) जनाको विभत्स ढंगले सामूहिक हत्या गरी लुकिछिपी बसेका अपराधमा संलग्न व्यक्तिहरुलाई अनुसन्धान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर RIT शाखामा कार्यरत प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
ब्राउन सुगर सहित एक जना पक्राउ
झापा, २०७८ असोज ४ गते ।
झापा मेचीनगर नगरपालिका ४ राईसिंग स्थीतबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।
क्रेनले किचेर एकजनाको मृत्यु
झापा, २०७८ असोज ४ गते ।
झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । हिजो बेलुका पौने ६ बजे सुखानीबाट टाईटिङ खोला तर्फ जादै गरेको ना १ क ५४०० नम्बरको क्रेन गाडीको पछाडी साइडको भागमा चढी बसेको मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो । क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
भरुवा बन्दुक सहित एक जना पक्राउ
मोरङ, २०७८ असोज १ गते ।
मोरङ मिकल्लाजुङ गाउपालिका ५ का ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको छ ।
बिभिन्न ठाँउमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ५ जना घाईते ।
विराटनगर, २०७८ असोज १ गते ।
हिजो १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाऊपालिका ३ कोशीराजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक मोरङ बेलबारी १ का ३८ बर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गिता लिम्बु, ३० बर्षीया चन्द्रकला राई र ५५ बर्षीया कानी धिमाल घाईते भएका छन् । घाईते मध्ये हिजै दिउसो साढे १२ बजे चन्द्रकला राईको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको छ भने अन्य घाईतेको सोही अस्पतालमानै उपचार भईरहेको छ ।
यसै गरी हिजो बेलुका साढे ८ बजे झापा मेचिनगर नगरपालिका १२ कालीझोडा स्थित पुर्व-पश्चिम राजमार्गमा को २०प ४ नम्बरको मोटरसाईकले सोहि दिशा तर्फ जादै गरेको मे.१ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार मेचीनगर १३ का ३० बर्षीय युवराज लिम्बुको उपचारको लागी B&C अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो भने मोटरसाईकल चालक झापा कन्काई नगरपालिका ६ दुर्गापुर का ४३ बर्षीय दिल कुमार कार्की सोही अस्पतालमानै उपचार भईरहेको छ । ट्याक्टर, ट्याक्टर चालक झापा मेचिनगर २ का २६ बर्षीय सुवास नेम्वाङ प्रहरीको नियन्त्रणमा रहेको छ ।
यसै गरी हिजो राती साढे १० बजे झापाकै बुद्धशान्ती गाऊपालिका ३ सातनम्बर चौक स्थित मेची राजमार्गमा मे.१० प ६०७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०१-००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका स्कुटी चालक मेचीनगर नगरपालिका १३ का ३२ बर्षीय पर्शुराम लिम्बुको B&C अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो भने सोही स्कुटीमा पछाडी सवार मेचीनगर नगरपालिका १३ की ३० बर्षीया मनिषा लिम्बु समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । पिकअप र चालक ईलाम सुर्योदय नगरपालिका १० का २७ बर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यसै गरी हिजो राती १२ बजे मोरङ विराटगर महानगरपालिका १२ कोशी प्रोजेक्ट स्थित भित्रीसडक खण्डमा को २१प ५६१२ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भिर घाईते भएका स्कुटी चालक विराटनगर महानगरपालिका १ का ४२ बर्षीय रंजित कुमार शर्माको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरी कार्यालयहरुले थप अनुसन्धान तथा कानुनि प्रकृया पुरा गरि रहेको छ ।
पौडी खेल्ने क्रममा डुबी मृत्यु
भोजपुर, २०७८ असोज १ गते ।
भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । हिजो दिउसो १२ बजे आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको स्थानियबाट खबर प्राप्त हुन साथ प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालय घोडेटरबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका सभा ४ बजे मृत अबस्थामा परियारको लास फेला परेको थियो । घटना सम्बन्धमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट समेत प्रहरी टोली खटि गएको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु
ओखलढुंगा, २०७८ असोज १ गते ।
ओखलढुङगा सुनकोशी गाऊपालिका १० सोलुङपाखा का ५८ बर्षीय लोकनाथ गिरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे गिरी आफ्नै घरको भुईतलाको कोठा भित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेण्ट लागी घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु
सुनसरी, २०७८ भदौ ३१ गते ।
सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो । ट्रिफर र चालक धनकुटा सहिद भुमी गाऊपालिका ४ का ३० बर्षीय हेमराज राई ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ
झापा, २०७८ भदौ २९ गते ।
झापाको बिर्तामोड-३ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन । हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अनारमनिबाट खिटएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो । पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसार पसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाइ समेत पक्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
लागूऔषध सहित ३ जना पक्राउ
सुनसरी, २०७८ भाद्र २८ गते ।
सुनसरीको कोशी गाऊपालिका ८ कोशीकटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिजो दिनको ३ बजे सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् ।
हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद रु. २० हजार सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका तिनैजना उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ब्राउन सुगर सहित एक जना पक्राउ
झापा, २०७८ भदौ २८ गते ।
झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । हिजो दिनको ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।
बससँग ठक्कर खाई मोटरसाईकल यात्रीको मृत्यु
धनकुटा, २०७८ भदौ २८ गते ।
धनकुटा सागुरीगढी गाऊपालिका ६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाऊपालिका ४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् । हिजो बेलुका पौने ५ बजे संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको थियो भने मोटरसाईकल चालक ईलाम चुलाचुली गाऊपालिका ६ का ३३ बर्षीय रत्न कुमार राई समेत सामान्य घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । बस र बस चालक सुनसरी धरान १३ का ५८ बर्षीय कृष्ण बहादुर पाख्रिन ईलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको छ । घटना बारेमा थप अनुसन्धान भईरहेको छ ।
टाटा सफारी गाडी दुर्घटनाबाट ‍१ जनाको मृत्यु, ९ जना घाईते
ओखलढुंगा, २०७८ भदौ २७ गते ।
ओखलढुङगा मानेभन्याङ गाऊपालिका ६ हिलेपानीको मितेरिभन्ज्याङ स्थित सिद्धिचरण राजमार्गमा टाटा सफारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा बारा सिमरा महानगरपालीका १५ का ४५ बर्षीय पृथ्वी बहादुर श्रेष्ठ रहेका छन् । आज दिउसो १२ बजे ओखलढुंगाबाट रामेछाप तर्फ जादै गरेको बा११च ५२१० नम्बरको टाटा सफारी गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसि दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी हर्कपुर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी खटि गई घाईतेहरु काभ्रे धुलिखेल ११ आरुबोट का ३२ बर्षीय मानकाजी तामाङ, ओढु मानेभन्ज्याङ १ मोलीका २६ बर्षीय टेक बहादुर गिरी, उनकै छोरा ४ बर्षीय निर्जल गिरी र रामेछाप गोकुलगंगा ४ बेताली का १२ बर्षीय अभिषेक योगीलाई एम्बुलेन्सद्धारा काठमाण्डौ ट्रमा सेन्टर पठाइएको छ भने अन्य घाईते सोही गाडीका चालक ओखलढुंगा सिद्धिचरण २ ठुलाछाप का २९ बर्षीय केशब कट्वाल, टेक बहादुर गिरीको श्रीमती २५ बर्षीया हिरामाया गिरी, रामेछाप गोकुलगंगा ४ बेताली की २८ बर्षीया राधीका योगी, उनकै छोरी १ बर्षीया अनुषा योगी र ओखलढुंगा लिखु २ सत्लुन का १२ को पर्वत गिरीलाई हेलिकप्टरद्धारा काठमाडौको सोही अस्पतालमा लगिएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
प्रतिबन्धित औषधी सहित एक जना पक्राउ
मोरङ, २०७८ भदौ २७ गते ।
मोरङ पथरी शनिश्चरे नगरपालिका १ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो । उनि बिरुद्ध थप अनुसन्धान भईरहेको छ ।
एकै परिवारका ६ जनाको हत्यामा संग्लग्न अभियुक्त पक्राउ
संखुवासभा, २०७८ भाद्र २७ गते ।
संखुवासभाको मादी नगरपालिका-१ मा भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संग्लग्न स्थानीय २५ बर्षीय लोक बहादुर कार्की पक्राउ परेका छन् । कार्कीले भाद्र २१ गते छिमेकी ५५ बर्षीय तेज बहादुर कार्की, ५४ बर्षीया कमला भन्ने मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ बर्षीय बिपिन भनिने दिपेन कार्की, ५ बर्षीया गोमा कार्की र ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेका थिए ।
२१ गते बिहान करिव साँढे ६ बजेको समयमा कार्की परिवरको हत्या भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि घई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानको लागी संघिय प्रहरी ईकाई कार्यालय धरानबाट डग सहितको प्रहरी टोली, १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली तथा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली समेत परिचानल भएको थियो ।
घटनाको सुक्ष्म तथा गहन अनुसन्धान गरिरहेको प्रहरी टोलीलाई थप सहजताको लागी अनुसन्धानको नेतृत्व गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिनुभएका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी. सहितको अनुसन्धान टोलीले सामुहिक हत्यामा संग्लग्न रहेका कार्कीलाई घटना भएको छैटौ दिनमा पक्राउ गरी प्रदेश प्रहरी प्रमुख सहितको उपस्थितीमा आज ईलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । पक्राउ परेका कार्की बैदेशीक रोजगारीको शिलशिलामा पटक पटक बिदेश गएता पनी स्थास्थ्यमा समस्या आई घर फर्की बसिरहेको र आफु बिदेशमा रहदा केही कमाउन नसकेको प्रति हिनताबोध भई समय समयमा बिक्षिप्त हुने गरेको र आफै आवेश तथा आक्रोश आई परिवारकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
अभियुक्तका काका समेत रहेका मृतक तेज बहादुर कार्कीले समय समयमा सम्झाई बुझाई गर्दै आईरहेकोमा घटना भएको दिन बिहान मृतक तेज बहादुर कार्की अभियुक्तको घरमा खेताला भन्न गई फर्कने क्रममा अभियुक्तले बिगतमा आफुलाई सम्झाई बुझाई गरेको शब्दहरुलाई गाली गलौजको रुपमा लिई तत्काल आवेशमा आई नजिकै रहेको दाउराको चिर्पटले टाउको पछाडी प्रहार गरी हत्या गरेको तथा आफुलाई चिर्पटले प्रहार भए पश्चात हार गुहार गर्दा श्रीमती र बुहारी समेत घटनास्थलमा पुगेकोमा निजहरुलाई समेत प्रहार गरेको साथै घर नजिक बाटोको डिलमा रहेका दुई जना नावालकलाई समेत चिर्पटले प्रहार गरी हत्या गरी घरमा रहेकी पार्वता कार्कीलाई कपालमा समातेर भित्तामा टाउको ठोकाई हत्या गरी घटनामा प्रयोग भएको दाउरा घरमा लगेर आगो बालेको अनुसन्धानको क्रममा खुल्न आएको छ । शुरुमा तेज बहादुरको हत्या गरेका लोक बहादुरले तेज बहादुरको हत्या गरेको घर परिवारका अन्य सदस्यले समेत देखेको हुँदा घटनालाई ढाकछोप गर्न परिवारकै हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।
खुकुरी प्रहार गरि हत्या
ओखलढुंगा, २०७८ भदौ २५ गते ।
ओखलढुंगा खिजिदेम्बा गाऊपालिका ५ ढाडखर्क का ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको छ । हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ बर्षीय बिर बहादुर तामाङ रहेका छन् । आज दिउसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटि गई खुकुरी सहित हत्यामा सम्लग्न दुवै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाऊ सहित पक्राउ गरेको छ । उनिहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको हो । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल खटि गएको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम उत्तर रहेको छ ।
सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्ने पक्राउ
सुनसरी, २०७८ भदौ २५ गते ।
हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरि ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर ४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका ५ तल्लो देउराली दिपक लिम्वुको घरमा डेरा गरी बस्ने ५२ बर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछाने रहेका छन् । आफु लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भनि प्रलोभन देखाई सर्वसाधरण मानिसहरुलाई ठगी प्रलोभनमा पारी नगद रकम लिई लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो वापत मोटो रकम माग समेत लिए पश्चात लेनदेन प्रकृतीको कागज बनाई झुक्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको थियो । प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप थान -१, लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ लेखेको रवरको छाप थान -१ (एक), गोप्य लेखेको रवरको छाप थान -१ (एक), जिबछ लामिछाने समेत लेखेको रवरको छाप थान -१ (एक), नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ लेखेको रवरको छाप थान -१ (एक), प्रहरी निरीक्षक लेखेको रवरको छाप थान -१ (एक), उपसचिव लेखेको रवरको छाप थान-१ (एक) राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप थान -१ (एक), लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप थान -१ (एक), शाखा अधिकृत लेखेको छाप थान -१ (एक) लगायत सो सम्बन्धित बिभिन्न कागजातहरु फेला बरामद गरेको छ । पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) को म्यादथप गरी थप अनुसन्धान भईरहेको छ ।
गाँजा सहित १ जना पक्राउ
मोरङ, २०७८ भदौ २५ गते ।
मोरङ बिराटनगर महानगरपालिका ४ कन्चनबारी स्थितमा प्रहरीले ५ केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाऊपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् । हिजो बेलुका साढे ८ बजे CRV पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।
मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
सुनसरी, २०७८ भदौ २५ गते ।
सुनसरी रामधुनी ६ कान्छिचौक-चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा मोरङ कानेपोखरी गाऊपालिका ६ का १८ बर्षीय रितिक राई रहेका छन् भने पछाडी सवार सोही स्थानका २१ बर्षीय निरज राईको उपचार भईरहेको छ । गत राती १२ बजे उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाईते भई उपचारको लागी घोपा धरानमा पठाईएको थियो । उपचारको क्रममा रितिकको आज बिहान ३ बजे मृत्यु भएको छ । अर्का घाईते निरजलाई थप उपचारको लागी बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ । दुर्घटना भएको मोटरसाईकल ईलाका प्रहरी कार्यालय पकलीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
JCB Backhoe Loader दुर्घटनाबाट एक जनाको मृत्यु
संखुवासभा, २०७८ भदौ २५ गते ।
संखुवासभा मकालु गाऊपालिका ३ समटार स्थित निर्माणाधिन खाँदवारी-किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको JCB Backhoe Loader दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदवारी नगरपालिका ६ माथिल्लो पाङ्ठा का २४ बर्षीय श्याम बि.क. रहेका छन् । हिजो दिउसो २ बजे बि.क.ले चलाएको ज.१क.४१२ नम्बरको JCB Backhoe Loader काम गर्ने क्रममा पल्टेर १०० मिटर तल झरी दुर्घटना हुँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईप्रका हेदाङनाबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लाशलाई पोष्ट मार्टमको लागी जिल्ला अस्पताल खादबारी पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
भाडा माझ्ने क्रममा करेन्ट लागी एक महिलाको मृत्यु
सुनसरी, २०७८ भदौ २४ गते ।
सुनसरी इटहरी उपमहानगरपालिका १७ बडहरा की ५०बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । आज दिउसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी बिराट टिचिङ हस्पिटल लाने क्रममा दिउसो साढे २ बजे मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते
सोलु, २०७८ भदौ २४ गते ।
सोलुखुम्बु थुलुङदुधकोशी गाऊपालिका ८ दिप्लीघाट स्थितमा लु३त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउत रहेका छन् भने सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ बर्षीय प्रदिप दाहाल समेत सामान्य घाईते भई स्थानिय स्वास्थ्ये केन्द्रमा उपचार भईरहेको छ । हिजो दिउसो १० बजे सल्लेरीबाट सोताङ तर्फ जाने क्रममा आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खसी दुर्घटना भएको थियो । घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गई आवश्यक कानुनि प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल फाप्लुमा पठाईएको छ ।
करेन्ट लागेर मृत्यु
मोरङ, २०७८ भदौ २४ गते ।
मोरङ ग्रामथान गाऊपालिका गिदनिया ५ का ३० बर्षीय सन्तोस बिश्वास करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो सँवा १ बजे ग्रामथान ५ लवारे स्थितमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बोहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
ढुंगाले हानेर बेहोस बनाई लुटपाट गर्ने पक्राउ
उदयपुर, २०७८ भदौ २३ गते ।
उदयपुर कटारी नगरपालिका ८ बर्मी स्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौ रुपैया लुटपाट गर्ने व्यक्ती २ घन्टा भित्रै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ओखलढुङगा चिसंम्खु गाऊपालिका ३ का ५४ बर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । हिजो बेलुका ५ बजे उदयपुर कटारी नगरपालिका ४ का २५ बर्षीय प्रकाश श्रेष्ठले चलाई ल्याएको प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुंङगा खाद्यन पुराई काटारी तर्फ आउने क्रममा रमेशले म पनि ब्यापारी हो समान लिन कटारी जाने भनि उक्त गाडिमा लिफ्ट मागी आएका थिए । आउने क्रममा बर्मी जंङगलमा पिसाव फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडीबाट ढुङगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम रु. १३ लाख ७७ हजार ८ सय ९५ रुपैया र मोबायल समेत लुटपाट गरी फरार भएका थिए । केही समय पश्चात होसमा आई प्रहरीलाई खबर गर्न साथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ गबुवा जंगलबाट बेलुका ७ बजे लुटपाटमा संलग्न रमेशलाई लुटपाट गरेको नगद र मोबाईल सहित पक्राउ गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध गाँजा सहित ३ जना पक्राउ
मोरङ, २०७८ भदौ २३ गते ।
लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई हिजो बेलुका ५ बजे प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानु राज राई र धनकुटा शहीद भुमि गाऊपालिका ३ का २८ बर्षीय महेश्वर राई रहेका छन् । प्रहरी टोलीले उनीहरुलाई गाँजा १९ केजी ६५० ग्राम सहित पक्राउ गरेको हो । गाँजा बिक्रि बितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको सन्तोषको घरकोठाबाट ४ केजी ६५० ग्राम र ज्ञानुको घरकोठाबाट १५ केजी गाँजा बरामद गरे पछी पक्राउ परेका उनिहरुलाई अनुसन्धान गर्ने क्रममा सो गाँजा महेश्वरबाट खरिद गरेको भन्ने खुल्न आए सगै प्रहरीले महेश्वर समेत ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।
मोटरसाईल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
मोरङ, २०७८ भदौ २३ गते ।
मोरङ विराटनगर १५ हनुमान मन्दिर स्थित रानी सडक खण्डमा दक्षिण जादै गरेको BR 38 T 2164 नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते भएका छन् । हिजो दिउसो साढे २ बजे भएको दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक भारत जोगबनी का ३५ बर्षीय कुन्दन साहको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार भारत जोगबनीकै ३२ बर्षीय अर्जुन सिंहको सोही अस्पतालमानै उपचार भईरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
गाँजा सहित एक जना पक्राउ
मोरङ, २०७८ भदौ २२ गते ।
मोरङ बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । हिजो दिउसो ११ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समूहबाट खटिएको प्रहरी टोलीले उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम बरामद गरेको हो । सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागी एक जनाको मृत्यु
मोरङ, २०७८ भदौ २२ गते ।
मोरङ मिक्लाजुङ्ग गाऊपालिका ६ का २९ बर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो साढे १ बजे आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको छ ।
मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाईते
झापा, २०७८ भदौ २२ गते ।
झापा कचनकवल गाऊपालिका ६ बिशाल बस्ति नजिक भित्री सडक खण्डमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाईते भएका छन् । हिजो बेलुका ८ बजे पुर्व तर्फ जादै गरेको मे१०प ५३८९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे८प २१३७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका २१३७ नम्बरको मोटरसाईकल चालक सोही स्थानका ३७ बर्षीय सोम दाहाल B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको छ भने ५३८९ नम्बरको मोटरसाईकल चालक सोही पालिका ५ का २६ बर्षीय करण राजबंशी र पछाडी सवार कचनकवल ३ की १८ बर्षीया जयमती राजबंशी घाईते भई उपचार भईरहेको छ । दुर्घटना भएका दुवै मोटरसाईल ईलाका प्रहरी कार्यालय बनियानी झापाको नियन्त्रणमा रहेको छ ।
संखुवासभामा एकै परिवारका ६ जना मृत अबस्थामा फेला
संखुवासभा, २०७८ भदौ २१ गते ।
संखुवासभा मादि नगरपालिका १ उमलिङ स्थितमा एकै घरपरिवारको छ जना मृत अबस्थामा फेला परेका छन् । आज बिहान पौने १० बजे उक्त स्थानमा मानिसहरु मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय चैनपुरमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझ्दा छ जना मृत अबस्थामा फेला परेका हुन । मृत अबस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्की रहेकी छन् । घटनास्थल ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्व रहेको साथै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरि रहेको छ ।
दाजुको हत्या अभियोगमा भाई पक्राउ
झापा, २०७८ भदौ २१ गते ।
आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान साढे ७ बजे कचनकवल गाऊपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ स्थितमा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई बुझ्दा हत्या भएको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानी हत्या गरेको खुल्न आएको छ । दाजुको हत्या गरि फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले हिजै राती ९ बजे मेचीनगर १५ स्थितबाट मार्तल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।
भरुवा बन्दुक बनाई बेचबिखन गर्ने पक्राउ
मोरङ, २०७८ भदौ २१ गते ।
आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् । हिजो बेलुका ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान त्यस्तै फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजार सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।
ब्राउन सुगर सहित एक जना पक्राउ
झापा, २०७८ भदौ २१ गते ।
झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् । हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
ट्याक्टरले किचिरे सहचालकको मृत्यु
पाँचथर, २०७८ भदौ २१ गते ।
पाँचथर मिक्लाजुङ गाऊपालिका २ लक्ष्मीचौक स्थितमा ट्याक्टरले सह-चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिकाको लक्ष्मीचौकका २९ बर्षीय अविशेक आङदम्वे रहेका छन । हिजो दिनको सँवा ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउदै प्रदेश नम्वर १-०१-००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्यक्टरका सहचालक रहेका अविशेक ओर्लदा पछाडीको चक्काले किचेर गम्भिर घाईते भएका उनको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको थियो । ट्याक्टर र चालक सोही स्थानका २८ बर्षीय आईतहाङ आङदेम्वे ईलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको छ । घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
भरुवा बन्दुक सहित २ जना पक्राउ
खोटाङ, भदौ २० गते ।
खोटाङ हलेसि तुवाचुङ नगरपालिका १० स्थितबाट प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४९ बर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् । हिजो दिउसो साढे १ बजे भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनहरुको घर खानतलासी गर्दा दुवैजनाको घरबाट अबैध रुपमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक बरामद गरेको हो । बन्दुक बरामद भए पछी उनिहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान गरिरहेको छ ।
लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु
झापा, भदौ २० गते ।
झापा शिबसताक्षी नगरपालिका ११ झिलझिले स्थित पुर्व-पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका ८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छन् । हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र२ -०३-००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाईते भएकी उनको उपचारको लागी B&C अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ बर्षीय प्रबिन लामा ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ ।
करेन्ट लागी पोलबाट लडेर एक जनाको मृत्यु
ओखलढुंगा, २०७८ भदौ १९ गते ।
ओखलढुङगा सिद्धिचरण नगरपालिका ४ का २१ बर्षीय निखिल फुयल करेन्ट लागी सोलारको पोलबाट लडेर मृत्यु भएको छ । आज बिहान १० बजे मानेभन्ज्याङ गाऊपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागी पोलबाट लडी घाईते भएका उनको उपचारको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
पानीको खाल्डोमा डुबेर एक जनाको मृत्यु
मोरङ, २०७८ भदौ १८ गते ।
मोरङ धनपालथान गाऊपालिका ७ कदमाहा का ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज दिउसो पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबी मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु
मोरङ, २०७८ भदौ १८ गते ।
मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।
पिकअपको ठक्करबाट बालकको मृत्यु
झापा, २०७८ भदौ १८ गते ।
झापा कमल गाऊपालिका ५ आदीबासी रङशाला अगाडी पुर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् । आज दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३-००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो । पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
ढुंगाले किचेर एक जनाको मृत्यु
ताप्लेजुङ, २०७८ भदौ १७ गते ।
ताप्लेजुङ फुङलिङ नगरपालिका १० सिम्ले स्थितमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज दिउसो साढे १ बजे तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरी किचेर घटनास्थलमानै मृत्यु भएको छ । उनि सोही हाईड्रोपावरमानै खाना पकाउने काम गर्ने बुझिएको छ । घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ
मोरङ, २०७८ भदौ १७ गते ।
मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ स्थित रातोहोली बस्ने २७ बर्षीय अनिश श्रेष्ठ र २१ बर्षीय सुजन श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुको घर कोठाबाट Tramadol 158 Capsules र Spaspain 14 Tablet प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । त्यस्तै रतुवामाई नगरपालिका २ घरुचौकबाट ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका १ का २१ बर्षीय माधव श्रेष्ठलाई नाईट्रोभेट ६६० र कोरेक्स –DX – १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ भने सोही स्थानमा हिजै राती सँवा १० बजे सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपाल तर्फ आउदै गरेको मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधी स्पासपेन ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार ट्याब्लेट बरामद गरी अटोमा सवार रहेका मोरङ उर्लाबारी ५ का २३ बर्षीय समिर मगर, झापा दमक १४ का २९ बर्षीय अब्दुल आमिर खान र उर्लाबारी ५ का २४ बर्षीय घनश्याम गुरुङलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर बालकको मृत्यु
उदयपुर, २०७८ भदौ १७ गते ।
उदयपुर त्रियुगा नगरपालिका ८ देउरी का बिरेन्द्र प्रसाद चौधरीको छोरा १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । हिजो बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागी अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुन्धान भईरहेको छ ।
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
ओखलढुंगा, २०७८ भदौ १७ गते ।
ओखलढुङगा मानेभन्याङ गाऊपालिका ५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् । हिजो बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी उनको मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो । मोटरसाईकल र चालक सोही स्थानका २१ बर्षीय रेवत बहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
हतियार सहित दुई जना पक्राउ
मोरङ,२०७८ भदौ-१६ गते ।
मोरङ कानेपोखरी-६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्र बहादुर क्षेत्री हतियार सहित पक्राउ परेका छन । क्षेत्रीको घरमा हतियार लुकाई राखेको छ भन्ने बिशेष सुराकका आधारमा हिजो राती सँवा ११ बजे खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्ने क्रममा १ थान पेस्तोल र ३ राउण्ड गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका क्षेत्री उपर थप अनुसन्धान गर्ने क्रममा अर्का सोही स्थानका ४० बर्षीय पूर्ण बहादुर बोहरा समेतलाई पक्राउ गरी उनिहरु उपर ईलाका प्रहरी कार्यालय पथरीबाट हातहतियार मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको छ ।
खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ
झापा,२०७८ भदौ -१६ गते ।
झापा अर्जुनधारा-४ मदनपुर स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुनधारा-२ का १८ बर्षीय एबिट बुढाथोकी,३० बर्षीय सजित समाल र अर्जुनधारा-३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन । उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । साथै उनिहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैया समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा लागुऔषध मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रहरी जवान आधारभुत तालिम १३८ औ समुहको दिक्षान्त समारोह सम्पन्न
बिराटनगर, २०७८ भदौ १५ गते ।
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।
मिति २०७७ साल मंसिर ३ गते देखी संचालित प्रहरी जवान १३८ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा १ नम्बर प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी १३३ जना महिला सहित ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका हुन । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ४८० जना, १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा- ९५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित गरिएको हो ।

दिक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक बिनोद शर्माले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भएको थियो । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले शब्दमा सफत ग्रहण गराउनु भएको थियो ।

प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान उतम कुमार मगर लगायत विभिन्न ८ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले कोभिड -१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेशगर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिनु भएको छ ।

दिक्षान्त समारोहमा तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले धन्यवाद ज्ञापन गर्नुहुदै समाज गतिशील छ र हाम्रा समस्याहरु पनि गतिशील नै हुन्छन् यसर्थ हाम्रो प्रयाश पनि गतिशील नै हुनुपर्छ । सिकाईको स्तरलाई परिस्कृत गर्दै लैजानु हुनेछ भन्ने बिश्वासका साथ प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गर्‍यो अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहको बताउदै समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्नु हुनेछ भन्ने दिक्षित प्रहरी जवानरहरुबाट बिश्वाश गरिएको साथै वहाँले दिक्षित भई जाने प्रहरी जवानहरुलाइ कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको थियो ।

नौ महिनाको आधारभूत तालिम अवधी समाप्त गरी दिक्षित भएका ६ सय ७१ जना प्रहरी जवानहरुलाई उनिहरुको आ-आफ्नो कार्य क्षेत्रमा खटाईने छ ।

अबैध रुपमा ल्याएको सखुवाको काठ सहित २ जना पक्राउ
मोरङ, २०७८ भदौ १३ गते ।
मोरङ बेलबारी नगरपालिका ३ स्थितबाट अबैध रुपमा गाडीमा ल्याएको सखुवाको गोलिया काठ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चालक सोही स्थानका ३८ बर्षीय दल बहादुर तामाङ र केरावारी गाउँपालिका ८ का ४०बर्षीय जित बहादुर तामाङ रहेका छन् । गत भदौ ११ गते बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बा२१च १८२९ नम्बको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडीमा अबैध रुपले ल्याएको ३८.५ क्यू.फिट सखुवाको काठ फेला पारी बरामद गरेको हो । बरामद गरिएको काठ, गाडी र चालक सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय सलकपुर मोरङमा बुझाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रतिबन्धित औषधी सहित एक जना पक्राउ
मोरङ, २०७८ भदौ १३ गते ।
मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी Tramadol - ५७५ ट्याब्लेट र Spaspain - ५७० ट्याब्लेट बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
श्रीमतीको हत्या पछी आफैले गरे आत्महत्या
भोजपुर, २०७८ भदौ १२ गते ।
भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्म हत्या गरेका छन् । आज बिहानको राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुण्डिएको अबस्थामा फेला परेका थिए । घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनिहरुकै ८ बर्षीय छोराले स्थानियलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाऊन साथ स्थानियबासी गई हेर्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनलाई खोजतालस गर्दा झुन्डिएको अबस्थामा फेला परे पश्चात प्रहरी जानकारी गराएका हुन । घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
फरार प्रतिबादी गाँजा सहित पक्राउ
मोरङ, २०७८ भदौ १२ गते ।
लागू औषध मुद्धाका फरार प्रतिबादी गाँजा सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागू औषध गाँजा ४ केजी ३०० ग्राम र नगद रु. ५० हजार सहित पक्राउ गरेको हो । माझी सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७५ पुस ५ गतेको फैसलाले लागु औषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना रु.३ हजार ठहर भएका फरार प्रतिवादी हुन । उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप लिई अनुसन्धान अगाडी बढाएको छ ।
घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु
खोटाङ, २०७८ भदौ १२ गते ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर घाईते भएकी राईलाई उपचारको लागी हलेसी तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनाको बारेको ईलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको छ ।
बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
झापा, २०७८ भदौ १२ गते ।
झापा कमल गाऊपालिका ४ चुलाचुलिमोड स्थित पुर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका ६ का ५० बर्षीय हेमसागर थापा रहेका छन् । हिजो दिउसो साढे १ बजे पश्चिम जादै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा थापाको मृत्यु भएको हो । बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका ७ का ४२ बर्षीय सम्पतलाल धिमाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।
पहिरोले बालकको मृत्यु
उदयपुर, २०७८ भदौ १२ गते ।
उदयपुर कटारी नगरपालिका २ मिलन चौकका पोष्ट बहादुर मगरको छोरा ७ बर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ । हिजो दिउसो साढे १ बजे घर देखी अन्दाजी ४०० मिटरमा रहेको आँप खहरे खोलामा गई खेल्ने क्रममा माथीबाट पहिरो झरी पुरिएर गम्भिर घाईते भएका उनको उपचारको लागी कटारी अस्पताल ल्याउदा ल्याउदै बाटैमा मृत्यु भएको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानुनि प्रकृया पुरा गरेको छ ।
आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ
खोटाङ, भदौ-११ गते ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय पक्राउ परेका छन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानको राती पौने २ बजे घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परे पश्चात प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई घटनाको प्रकृती हेर्दा हत्या गरेको हुन सक्ने आशंकमा प्रहरीले गहन रुपमा अनुसन्धान थालेको थियो । घटनाको प्रकृती, स्थानियबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाई नारायण र भतिजालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसी हत्या गरेको भनि प्रारम्भिक अनुसन्धानमा खुलाई दिए पश्चात कर्तब्य ज्यान मुद्धामा कानुनि कारबाही अगाडी बढाई घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
सुनसरी, भदौ-११ गते ।
सुनसरी कोशी गाऊपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाऊपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २ -०३-००१ च ३००७ नम्बरको पिकअप ले बिपरित दिशाबाट आउदै गरेको प्र २ -०१-००२ प ५६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक राम नाथको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा हिजो दिउसो साढे १२ बजे मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका ११ का १९ बर्षीय सन्तोष कुमार मण्डलको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा ९ का २३ बर्षीय अंश कुमार साह प्रहरीको नियन्त्रणमा रहेको छ ।
मोरङ प्रहरीले विचौलियामा संलग्न थप १० जनालाई पक्राउ
मोरङ, २०७८ भदौ-१० गते ।
मोरङको विराटनगरबाट प्रहरीले विचौलियामा संलग्न थप १० जनालाई भदौ ८ पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहवी का ५४ बर्षीय श्रीराम चौधरी, सिरहा-२ का २० बर्षीय सुर्य नारायण यादव, मोरङ कटहरी ३ का ४२ बर्षीय मो.जलिद, विराटनगर ७ का १८ बर्षीय विश्वास मण्डल विराटनगर १४ का २३ बर्षीय रोशन गुप्ता, विराटनगर ४ का १९ बर्षीय सुजित यादव त्यस्तै गरी विराटनगर ५ का २२ बर्षीय फिरोज रोय, २१ बर्षीय समिर खान, १८ बर्षीय सरोज खान र विराटनगर ३ का १८ बर्षीय अमित यादव रहेका छन् । उनिहरुले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी "यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन" भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने गरेको पाईएको छ । पक्राउ परेका उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ । यस अघी पनि जिल्ला प्रहरी कार्यालय मोरङबाट २ जनालाई यसै बिषयमा कानुन बमोजिम कारबाही भई सकेको छ ।
ब्राउन सुगर सहित एक जना पक्राउ
झापा, २०७८ भदौ १० गते ।
झापा कचनकबल गाऊपालिका ५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय उपेन्द्र लाल गणेश रहेका छन् । हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ७ ग्राम ४०० मिलि ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका गणेशलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
मोरङ, भदौ-९ गते ।
मोरङ विराटनगर महानगरपालिका १२ बखरी स्थितबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई भारतको जोगवनीबाट EFFIKEX ५ कार्टुन ( प्रति कार्टुन ७२ पिस, MICROSHOT १ कार्टुन (१८ पिस) , N-BIMELOX ७ कार्टुन ( प्रति कार्टुन ७२ पिस) प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका अलीलाई आज औषधी सहित आबश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाईएको छ ।
लागूऔषध सहित एक जना पक्राउ
मोरङ, भदौ-९ गते ।
मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २० बर्षीय निखिल राय रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरी महेन्द्रनगरमा थप एक जना ब्राउन सुगर सहित पक्राउ
सुनसरी, भदौ-८ गते ।
सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका ८ शुक्रवारेबाट हिजो साँझ साढे ६ बजे थप १ जना लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी ३ का २५ बर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् । गत ६ गते ब्राउन सुगर सहित पक्राउ परेका मानिसहरुले दिएको सुचनाको आधारमा यादवलाई ब्राउन सुगर ५२ ग्राम र उनले प्रयोग गरेको BR.50K0386 नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका यादव सोधपुछ गर्दा यस अघीनै पक्राउ परेका पुरुषोतम मेहताको घरमा थप ब्राउन सुगर लुकाई राखेको छ भनि खुलाई दिए पश्चात प्रहरी गई मेहताको घरमा खानतलासी लिदा थप १७ ग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।
लडेर मृत्यु
पाँचथर, भदौ-८ गते ।
पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटे स्थितमा रहेको भिरबाट अन्दाजी १०० मिटर तल झरी मृत अबस्थाममा उनकै छोराले फेला पारेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
पोखरीमा डुबी मृत्यु
मोरङ, भदौ-७ गते ।
मोरङ मिक्लाजुङ्ग गाऊपालिका ७ सिसौली का १८ बर्षीय नारायण बोहोरा माछा पोखरीमा डुबेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे आफ्नै घर छिउमा रहेको माछा पोखरीमा माछालाई चारो दिन जाँदा पोखरीमा डुबी बेपता भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट प्रहरी टोली खटि गई स्थानिय बासी समेतको सहयोगमा खोजतलास गर्दा दिउसो सँवा ३ बजे बोहरालाई मृत अबस्थामा फेला पारिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
गाडीको ठक्करबाट मोटरसाईकल सवार १ जनाको मृत्यु, १ जना घाईते
सुनसरी, भदौ-७ गते ।
सुनसरी ईटहरी उपमहानगरपालिका २० पानीपियाको जंगलम स्थित कोशी राजमार्गमा धरानबाट ईटहरी जादै गरेको प्रदेश १ -०२-००१ ख ८४४५ को सेप्टिट्याङकी जडित गाडीले बिपरति दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार रहेका मोरङ बिराटनगर १४ भट्टिमोड का १८ बर्षीय सफल राजबंशीको उपचारको क्रममा दिउसो १ बजे घोपा धरानमा मृत्यु भएको थियो भने चालक भट्टिमोडकै २२ बर्षीय अभिनाष राजबंशी सोही अस्पतालमानै उपचार भईरहेको छ । आज दिउसो पौने १ बजे भएको सो दुर्घटनाको जानकारी पाउन साथ प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाएको थियो । दुर्घटना हुँदा मोटरसाईकलमा आगोलागी जलेको हुँदा नम्बर भने तत्काल खुल्न सकेको छैन । गाडी र गाडी चालक सुनसरी ईटहरी ४ का २८ बर्षीय फुलमान राई प्रहरीको नियन्त्रणमा रहेको छ ।
गाँजा र भरुवा बन्दुक सहित २ जना पक्राउ
खोटाङ, भदौ-७ गते ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको छ । हो दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद भएको छ । गाँजा र बन्दुक बरामद भए सगै दुवैजना मगम र खगेन्द्रलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित ६ जना पक्राउ
सुनसरी, भदौ-७ गते ।
सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका ७ बजे बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थितबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटिएको ‍प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान ६ का पुरुषोतम मेहता, २९ बर्षीय बिशाल बस्नेत, सोही स्थान ९ का २८ बर्षीय पाथे चन्द्रबंशी, र २८ बर्षीय जयन्त माईला रहेका छन् । प्र १-०२-०४४प ४५५६ र प्र१-०२-०४२ प ४२२९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुलाई शंका लागी चेक जाँच गर्ने क्रममा मेहताको साथबाट ब्राउन सुगर ७ ग्राम ४३० मिलिग्राम फेला परेकोले दुवै मोटरसाईकल र चारै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगी थप अनुसन्धान भईरहेको छ ।
त्यस्तै सुनसरीकै धरान १० स्थित रहेको ड्रिमल्याण्ड होटलबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सप्तरी राजविराज नगरपालिका ११ का ३० बर्षीय वर्मदेव चौधरी र धरान ३ का २४ बर्षीय मो. नुरदिनलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु
ईलाम, भदौ-७ गते ।
इलाम रोङ गाऊपालिका ६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो साढे १० बजे आफ्नै पुरानो घरमा घाँस काट्नको लागी घास काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा करेन्ट लागी घाईते भएकी तामाङको उपचारको लागी लैजान घरमा ल्याई पुर्‍याउदा दिउसो ११ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जिर्मले र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु
उदयपुर, भदौ-७ गते ।
उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश १-०२-०४१ प १८०८ नम्बरको मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ८० बर्षीय राम बहादुर श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका श्रेष्ठको धरान घोपामा उपचारको क्रममा बेलुकै साढे ८ बजे मृत्यु भएको हो । मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुमका का २४ बर्षीय रोयल कुमार चौधरी र पछाडी सवार सोही स्थानका २४ बर्षीय सुरज कुमार चौधरी समेत समान्य घाईते भएका छन् । स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात मोटरसाईकल चालक र मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ ।
करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
मोरङ, भदौ-६ गते ।
मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर १ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी होली स्थित पैनीमा बिद्युतिय करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागि मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
सडक दुर्घटनाबाट ३ जनाको मृत्यु, एक जना घाईते
विराटनगर, भदौ-६ गते ।
हिजो शनिबार खोटाङ, सोलु र उदयपुर जिल्लामा भएको सडक दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो बेलुका साढे ८ बजे बालुवा लोड गरी आउदै गरेको ना५त ६६०१ नम्बरको ट्याक्टर खोटाङ केपिलासगढी ५ स्थित भुताप्सु स्थित जङगलको भीर बाट अन्दाजी १५० मिटर तल खसेर दुर्घट्ना हुँदा सोही ट्याक्टरमा सवार चालक सहित तिन जना मध्ये सोही स्थानका २३ बर्षीय दिनेश राईको घट्नास्थलमै मृत्यु भएको छ भने ट्याक्टर चालक सोही स्थानका १९ बर्षीय उमेश राई घाईते भई स्थानिय मेडिकलमा उपचार भईरहेको छ त्यस्तै अर्का सवार एक जना ट्याक्टरबाट हाम फाली सकुशल अबस्थामा रहेका छन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बाक्सिला र ईलाका प्रहरी कार्यालय एसैलुखर्कबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान गरिरहेको छ ।
यसै गरी सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका ५ स्थित दियाले स्थितमा हिजो दिउसो साढे २ बजे बा५४प ७७२९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना भएको हुँदा चालक सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका २ खालि का ३० बर्षीय सुमन राईको घट्नास्थलमानै मृत्यु भएको छ ।
यसै गरि उदयपुर त्रियुगा नगरपालिका ३ लच्का स्थित कदमा-गाईघाट सडक खण्डमा हिजो बेलुका सँवा ६ वजे गाईघाटबाट मोतिगडा तर्फ जादै गरेको प्र१००-५००१प३७१४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदाँ गम्भिर घाईते भएका चालक सोही स्थानका ३२ बर्षीय शान्तिराम राईको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुकै पौने ७ बजे मृत्यु भएको छ ।
विचौलीयामा संलग्न २ जना पक्राउ
मोरङ, भदौ-५ गते ।
मोरङको विराटनगरमा विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह रहेका छन् । उनिहरुले विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी "यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन" भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागी प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने गरेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समुहको प्रहरी टोलीले भदौ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ । यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको प्रहरीलाई खबर गर्नु हुन समेत अनुरोध गरिएको छ ।
ब्राउन सुगर सहित दुई जना पक्राउ
झापा, भदौ-५ गते
झापा बिर्तामोड नगरपालिका ९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड नगरापालिका ८ स्थितमा DDR फार्मेसी संचालन गरी बस्ने २० बर्षीय भिष्म वुढाथोकी रहेका छन् । हिजो बेलुका साढे ४ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्राम सहित प्रकाउ गरिएको हो । पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान भईरहेको छ ।

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, भदौ-०४ गते ।

जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर RIT शाखामा कार्यरत प्रहरी जवान टिकाराम खापुङ साउन महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कर्तव्य ज्यान जस्ता जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी जवान टिकाराम खापुङलाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय "क" स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

नियन्त्रित औषधी सहित ३ जना पक्राउ
मोरङ, भदौ-२ गते ।
मोरङको बेलबारी नगरपालिका १० भाउन्ने चोक स्थित झापाली होटलबाट नियन्त्रित औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ बर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ बर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ बर्षीय बिशाल राई रहेका छन् । हिजो बेलुका ५ बजे प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरी टोलीले झापाली होटलमा बसेका उनिलाई चेकजाँच गर्दा प्रमाडोल क्याप्सुल ७०० पिस, स्पास्पेन गोटी ७०० पिस फेला पारेको थियो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित ४ जना पक्राउ
झापा, भदौ-२ गते ।
झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे बिर्तमोड ५ जात्रुबारी स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो । त्यस्तै हिजै बेलुका ५ बजे बिर्तामोड १ चारपाने स्थितबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ कि २२ बर्षीया देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरिएको छ । पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित दुई जना पक्राउ
झापा, भदौ-१ गते ।
झापा बिर्तामोड नगरपालिका ५ नयाँ बसपार्क मिलन चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ को सुमन तामाङ रहेका छन् । आज दिउसो १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर २० ग्राम र उनिहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ
मोरङ, भदौ-१ गते ।
मोरङ मिक्लाजुङ गाऊपालिका ३ स्थित सुन्दरी चौक स्थितबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाऊपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् । हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधी Tramadol Capsule -२८८२ र Spas pain Tablet - २९२० सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
सिटी सफारी पल्टदा एक जनाको मृत्यु, एक घाईते
सुनसरी, भदौ-१ गते ।
सुनसरीको कोशी गाऊपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । हिजो बेलुका ५ बजे भएको दुर्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी घाईते भएका थिए । घाईते मध्ये यादबको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको थियो भने माझीको घोपा धरानमा उपचार भईरहेको छ । सिटी र चालक कोशी गाऊपालिका २ का २० बर्षीय रंजित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु
सुनसरी, श्रावण-३२ गते ।
सुनसरी ईटहरी १७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाऊपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।
कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते
झापा, श्रावण-३२ गते ।
झापा बाह्रदर्शी गाऊपालिका ७ सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् । हिजो राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश-१ -०१-०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १-०१-००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाऊपालिका ७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भई उपचारको लागी B&C अस्पतालमा पुर्‍याउन साथ सरस्वतीको मृत्यु भएको छ भने कार्कीको उपचार भईरहेको छ । दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई २ का २४ बर्षीय जंग बहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
मोरङ, श्रावण-३० गते ।
मोरङ बेलबारी छट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ बर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ बर्षीय लोकबन्धु दर्नाल रहेका छन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो । पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनि खुलाई दिए पश्चात तत्काल प्रहरी टोली खटि गई दर्नाललाई बेलबारी नगरपालिका ३ पशुहटिया स्थितबाट लागूऔषध ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।
अफिम सहित एक जना पक्राउ
संखुवासभा, श्रावण-३० गते ।
संखुवासभा खाँदवारी नगरपालिका -७ का ६९ बर्षीय जय चापागाईलाई लागूऔषध अफिम सहित पक्राउ गरिएको छ । हिजो दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो । पक्राउ परेका चापागाई उपर थप अनुसन्धान भईरहेको छ ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
मोरङ, श्रावण-३० गते ।
मोरङ जहदा गाऊपालिका ३ जयरामपुर बस्ने रबिया ऋषिदेवको १० बर्षीय गोलु ऋषिदेव खोलामा डुबेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि साथीहरुसंग खद्रा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबी घाईते भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली खटि गई घाईते बालकलाई उपचारको लागी कोशी अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
भरुवा बन्दुक सहित एक जना पक्राउ
सुनसरी, श्रावण-२९ गते ।
सुनसरी बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो । खोजतलासकै क्रममा हिजो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो । पक्राउ परेका राईको घर कोठा भित्र आज प्रहरी टोली खटि गई लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी हो -- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
बिराटनगर, २०७८ श्रावण २८ गते ।
शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताउनु भएको छ । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीको हाता भित्र आज बिहान भएको भवन उद्घटान कार्यक्रममा बोल्दै वाहाले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापाले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उचित बासस्थानको भरपर्दो ब्यबस्था बिना नै काम कारवाही गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरक्षित बासस्थान प्राप्त भए संग संगै अब थप हौशलाका साथ काम कारवाही गर्ने र बिबिध अपराधीक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा ब्यक्त गर्नु भएको थियो । यसैगरी ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बिकास निर्माणको पहिलो आधार भनेकै शान्ति सुरक्षा रहेको हुँदा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवार रहेको नेपाल प्रहरी साधन श्रोतले सम्पन्न भएमा मात्र जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न सक्ने हुँदा यस्ता किसिमका सुबिधा सम्पन्न नव निर्मित भवनले केही हद सम्म सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रतक्ष्य असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संग संगै नागरीक सेवामा अब बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बिश्वास ब्यक्त गर्नु भयो । २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । जिल्ला प्रहरी कार्यालय सुनसरीको साँढे २ तले कार्यालय भवन तथा तिन तले आवास गृह ९ करोड, ७० लाख, ७२ हजार, ३२० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
भिरबाट लडेर एकको मृत्यु
उदयपुर, श्रावण-२८ गते ।
उदयपुर रौतामाई गाऊपालिका ८ का ३० बर्षीय चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर मृत्यु भएको छ । हिजो पुवारे भंज्याङ गएका मगर आज बिहान सम्म पनि घर नआए पछी आफन्तले खोजतलास गर्दै जाने क्रमा बाटोमा पर्ने पुवारे भंज्याङको भिरबाट लडेर मृत्यु भएको अबस्थामा मगरको लाश फेला परे पश्चात प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
जगंली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
सुनसरी, श्रावण-२८ गते ।
सुनसरी कोशी गाऊपालिका ४ खत्वे टोल का ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै प्रहरी टोली खटि गई स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटिएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लाश पोष्ट मार्टमको लागी जिल्ला अस्पताल ईनरुवा पठाएको छ ।
कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरुको मृत्यु
मोरङ, श्रावण-२८ गते ।
मोरङ रतुवामाई नगरपालिका ३ का राजु ताजपुरियाले संचालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरु मरेका छन् । गत राती पानीसगै परेको चट्याङबाट सो परिमाणमा कुखुराको मृत्यु हुँदा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको छ ।
बिनम्र बन्नुस तर कमजोर नबन्नुस- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
बिराटनगर, २०७८ श्रावण २७ गते ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनु भएको छ । आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु हुँदै वँहाले उक्त कुरा बताउनु भएको हो । प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरीकहरुलाई प्रत्याभुत हुने गरीको सुरक्षा व्यवस्था मिलाउन तथा बिबिध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा काम कारवाही गर्न निर्देशन दिनु भयो । अवलोकन भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसंग अन्तरक्रिया समेत गर्नु भएको थियो । प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो जिल्लाको बारेमा प्रस्तुतिकरण गरेका थिए भने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी. ले समग्र प्रदेशको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । प्रस्तुतिकरण पश्चात प्रहरी प्रमुखहरुलाई निर्दैशन दिनुहुँदै प्रहरी महानिरीक्षक थापाले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन तर्फ बिशेष ध्यान दिन साथै लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तर्फ बिशेष चनाखो हुन र महिला तथा बालबालिका माथी हुने हरेक घटनालाई गम्भिरता पुर्वक लिन समेत निर्देशन दिनु भयो । वाहाँले कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरु संग शिष्ट व्यवहार गर्न समेत निर्देशन दिनु भयो । यसका साथै बर्षातको समय भएकोले बाढी, पहिरो डुवान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरु सहित तयारी अवस्थामा रहन तथा COVID-19 को रोकथाम तथा नियन्त्रण तर्फ बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भयो । प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको समेत निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरु समेतलाई निर्देशन दिनु भयो ।
झगडा भई कुटाकुट हुँदा एक जनाको मृत्यु, एक जना घाईते
ओखलढुंगा, श्रावण-२७ गते ।
ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा पासाङको मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरी प्रहरीले १ महिनाको अबधीमा २३८ जना फरार प्रतिबादी पक्राउ
सुनसरी, श्रावण-२६ गते ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् ।
श्रावण १ गते देखी हाल सम्म सम्मानित सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी सम्मानित जिल्ला अदालतमा पेश गरेको हो । कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैया जरिवाना समेत असुल भएको छ ।
सुनसरी प्रहरीको फरार पक्राउको यस अभियानले अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।
फरार प्रतिबादी पक्राउका क्रममा मिति २०६६ बैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिला कुमारी खत्वेलाई घाटी वटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वे समेत रहेका छन् । उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाटट जन्म कैद सजाय तोकिएको थियो ।
प्रतिबिन्धित औषधी सहित एक जना पक्राउ
मोरङ, श्रावण-२६ गते ।
मोरङ लेटाङ नगरपालिका ९ बुढौली चौक स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लेटाङ ८ का २४ बर्षीय पदम बहादुर राई रहेका छन् । हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी चौकी जातेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित ५ जना पक्राउ
सुनसरी, श्रावण-२६ गते ।
सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व-पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ५ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ बर्षीय फुल कुमार मुखिया रहेका छन् । हिजो बेलुका ८ बजे बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो । ब्राउन सुगर फेला परे पश्चात थप अनुसन्धानको लागी कार सहित पाचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
गाँजा सहित सिटी सफारी चालक पक्राउ
मोरङ, श्रावण-२५ गते ।
जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ७ स्थितबाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेका छन् । आज दिनको साढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको CT सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परे पश्चात राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको हो । सिटी सफारी सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।
घर बनाउने क्रममा पर्खाल सहित लडेर एक जनाको मृत्यु, एक जना घाईते
सुनसरी, श्रावण-२५ गते ।
सुनसरी कोशी गाऊपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नया घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा एक जना मस्त्रिको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ईनरुवा नगरपालिका १० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् । आज दिउसो १ बजे भएको सो घटनामा देवानगंज गाऊपालिका ३ का २४ बर्षीय मो. सतार अंसारी समेत घाईते भई जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भईरहेको छ । घटनास्थलमा ईलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
भिरबाट लडेर एक जनाको मृत्यु
संखुवासभा, श्रावण-२४ गते ।
संखुवासभा मकालु गाऊपालिका ३ स्थित नयाँ बस्ती भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालीका २ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् । शनिबार हेदाङना बजार गई बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट अचानक लडी अन्दाजी ६०/७० मिटर तल झरी मृत अबस्थामा गुरुङको सव आज बिहान ११ बजे फेला परेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, श्रावण-२४ गते ।
झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् । हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा लगी थप अनुसन्धान भईरहेको छ ।
रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत्यु, तिन जना घाईते
उदयपुर, श्रावण-२४ गते ।
उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पुमा बसेकी एक जना महिलाको घटनास्थलमानै मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका ४ कि ३८ बर्षीय निशा दनुवार रहेकी छन् । हिजो दिउसो ३ बजे उनि आफ्नै श्रीमान् श्याम दनुवारसंग मोटरसाईकल चढी अधेरी झरना घुम्न गएकी थिईन् । सोही क्रममा उनि त्यही ठाँउमा रोकी राखेको प्र२-०१-००१ह०५६० नम्बरको टेम्पोमा गएर बसेकी बेला रुख ढलेर टेम्पुलाई किच्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो । उक्त रखले टेम्पु नजिकै रहेका कटारी ४ की २७ बर्षीय मिना दनुवार, कटारी ५ का टेम्पु चालक ४८ बर्षीय कुमार तामाङ र मृतककै श्रीमान समेत घाईते भएका थिए । घाईते मध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मृतकको श्रीमान् श्यामको स्थानिय मेडिकलमानै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
मोटरसाईकल अनियन्त्रित हुंदा एक जनाको मृत्यु
सुनसरी, श्रावण-२४ गते ।
सुनसरी भोक्राहा नरसिंह गाऊपालिका ४ चिरौली चोक स्थितमा को८प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३५ बर्षीय हेमन्त उराउ गम्भिर घाईते भई जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा राती सभा ९ बजे मृत्यु भएको थियो । मोटरसाईकल र चालक ईनरुवा नगरपालिका ९ बबिया का ४० बर्षीय बाबुराम उरावलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
ब्राउन सुगर सहित एक जना पक्राउ
झापा, श्रावण-२४ गते ।
झापा भद्रपुर नगरपालिका ३ किचकबध स्थितबाट एक जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् । हिजो दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
घरको पर्खालले किचेर एक जनाको मृत्यु
झापा, श्रावण-२१ गते ।
झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर गम्भिर घाईते भएका सिंहको B&C अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको हो । सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आईरहेका थिए । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
बसको ठक्करबाट मोटरसाईकल यात्री एक जनाको मृत्यु र एक जना घाईते
सुनसरी, श्रावण-२० गते ।
सुनसरी धरान उपमहानगरपालिका ८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाईकल पछाडी सवार यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् । आज बिहान साढे ९ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को१ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई बिपरित दिशाबाट जादै गरेको प्रदेश-१ -०२-०४०प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिएको थियो । सो दुर्घटनाबाट मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय बिमल साह समेत २ जना घाईते भई घोपा धरानमा उपचारको क्रममा दिउसो ११ बजे मिरा देवी साहको मृत्यु भएको छ भने बिमलको सोही अस्पतालमानै उपचार भईरहेको छ । दुर्घटनामा सम्लग्न तिनवटै सावारी साधन र बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
खोला तर्ने क्रममा डुबी मृत्यु
झापा, श्रावण-२० गते ।
झापा गौरीगंज गाऊपालिका ६ खजुरगाछी बस्ने ६५ बर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबी मृत्यु भएको छ । आज बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
ब्राउन सुगर सहित एक जना पक्राउ
झापा, श्रावण-२० गते ।
झापा गौरादह नगरपालिका १ गौरादह बजार स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । हिजो दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे७ प ६७६७ नम्बरको मोटरसाईकल चालक रहेका ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो । पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा मैले गौरादह २ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट खरिद गरेको हो भनि जानकारी गराएका थिए । जानकारी पाए पश्चात तत्कालै प्रहरी टोली खटि गई कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको छ । सुमन कुमार कार्की भने तत्काल फरार रहेकोले खोजतालस भईरहेको छ ।
लागूऔषध सहित ३ जना पक्राउ
झापा, श्रावण-१९ गते ।
झापाको बिभिन्न स्थानबाट लागूऔषध सहित ३ जनलाई पक्राउ गरिएको छ । हिजो बेलुका ६ बजे गौरीगंज गाऊपालिका ६ जनता चौक स्थितबाट ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० बर्षीय सुरेश ताजपुरियालाई लागूऔषध ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतल सहित पक्राउ गरिएको छ । त्यसै गरी हिजै बेलुका पौने ८ बजे झापा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको WB74R 6504 नम्बरको भारतिय मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलको भाईजरमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध ब्राउन सुगर १ ग्राम फेला परेकोले मोटरसाईकलमा सवार मेचीनगर नगरपालिका १ का २१ बर्षीय सुलन देवान र पछाडी सवार सोही स्थानका २० बर्षीय मिङमा तामाङलाई नियन्त्रणमा ईलाका प्रहरी कार्यालय काकडभिट्टामा लगी थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित दुई जना पक्राउ
झापा, श्रावण-१८ गते ।
झापा बिर्तामोड नगरपालिका ३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा हल्दिबारी गाऊपालिका १ बस्ने २० बर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका १० ईलामेली टोल का २४ बर्षीय समिर राई रहेका छन् । आज दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे८प ७३९२ नम्बरको मोटरसाईकल चढी आएका न्यौपानेको साथबाट लागूऔषध ब्राउन सुगर १२ ग्राम बरामद भए सगै आबश्यक अनुसन्धानको लागी मोटरसाईकल पछाडी सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध गाँजा सहित दुई जना पक्राउ
मोरङ, श्रावण-१८ गते ।
उदयपुर बेलका नगरपालिका ८ कोठू स्थितबाट लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाऊपालिका ८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेम राज राई रहेका छन् । हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को१ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो । गाँजा फेला परे पश्चात सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराज राईको खुल्न आएसगै उनहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगी थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित एक जना पक्राउ
मोरङ, श्रावण-१८ गते ।
मोरङ बिराटनगर महानगरपालिका २ दुर्गा चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे-६ का २३ बर्षीय निरज गोडी रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
होटलबाट तास खेलिरहेको अबस्थामा नगद सहित ६ जना पक्राउ
झापा, श्रावण-१७ गते ।
झापा दमक नगरपालिका ८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक ५ का २९ बर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ बर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ बर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० बर्षीय प्रेम सुब्बा र सोही स्थानका ५० बर्षीय भिम सुब्बा रहेका छन् । हिजो बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास ३ बुङ, नगद १ लाख ६० हजार सहित पक्राउ गरिएको हो । पक्राउ परेका उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, श्रावण-१७ गते
झापा अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनलाई पक्राउ गरिएको छ । हिजो दिउसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ बर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ बर्षीय बिबेक बानियाको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलि ग्राम र नगद रु. २० हजार बरामद भएको हो । प्रहरीले उनिहरुलाई अटो सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धान गरिरहेको छ ।
ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ
झापा, श्रावण-१५ गते ।
झापा मेचिनगर नगरपालिका - ९ स्थित लिलाबस्तीको लिलाचोक स्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका - १ वस्ने २६ बर्षीय सरोज भुजेल र सोही स्थानका ३५ बर्षीय निर्मल भुजेल रहेका छन् । हिजो दिनको साढे ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर कारोबार गर्न लागेको अबस्थामा फेला पारी खानतलासी गर्दा झोला भित्र लागूऔषध ब्राउन सुगर ३४ ग्राम र नेपाली रु. २ लाख ५१ हजार फेला पारे पश्चात उनिहरुले प्रयोग गरेको मे.४ प ४०९७ र मे६प ३२१३ नम्बरको दुई वटा मोटरसाइकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु र एक जना घाईते
मोरङ, श्रावण-१५ गते ।
मोरङ बेलबारी नगरपालिका ९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् । हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र.१-०२-०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । सो दर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय श्रवण कुमार विश्वास समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । मोटरसाईकल अस्थाई प्रहरी चौकी डाँगाबजारमा रहेको छ ।
भारतिय नोट सहित २ जना पक्राउ
मोरङ, श्रावण-१४ गते ।
मोरङ विराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतिय नोट सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जोगमुनी अहमदपुर १६ बस्ने ३० बर्षीय मो. ईमरान र सोही स्थानका २० बर्षीय मो. कुबेर रहेका छन् । आज दिउसो पौने १२ बजे भारतबाट नेपाल आउदै गरेका उनिहरुलाई साथबाट भारतीय नोट २००० को ७ थान, ५०० को १९४ थान, २०० को ४७ थान, १०० को ३६ गरी जम्मा भारतिय रुपैया १ लाख २४ हजार बरामद गरिएको छ । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा लगि थप अनुसन्धान भईरहेको छ ।
अत्याधुनिक हतियार देखाई लुट्न खोज्ने पक्राउ
मोरङ, श्रावण-१३ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका १० त्रिबेणी चोक स्थितमा रहेको शिव पंञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने हतियार धारी समुहलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा संखुवासभा बारबिसे ६ घर हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय चिरञ्जिवि राई, संखुवासभा सभापोखरी ४ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३९ बर्षीय चन्द्र बहादुर राई, मोरङ सुन्दरहरैचा ५ बस्ने २२ बर्षीय मिशन राई, भोजपुर पौवादुम्मा गापा ३ घर भई हाल ईटहरी २० तरहरा डेरा गरी बस्ने ३० बर्षीय नगेन्द्र राई र मोरङ सुन्दरहरैचा ७ बस्ने ३१ बर्षीय संतोष राई रहेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ, १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले श्रावण १३ गते बिहान सुनसरी र मोरङको बिभिन्न स्थानबाट पक्राउ गरेको हो । गत श्रावण १ गते दिउसो साढे १ बजे SMG र पेस्तोल सहित आएका उनिहरुले हतियार देखाई ज्वेलर्समा लुटपाटको असफल प्रयास गरेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरीले गहन अनुसन्धान थालेको थियो । पक्राउ परेका उनिहरुको साथबाट SMG थान-१, ऐ. को म्याग्जिन थान-१, ऐ. को राउण्ड -६२, कटुवा पेस्टोल थान-१, अटोमेटिक पेस्तोल थान-१, ऐ.को म्याग्जिन थान-१, ३०३ राईफलको राउण्ड थान- ४ र BMR लेखेको हेण्ड सेट थान-२ बरामद गरेको छ । त्यस्तै उनिहरुले प्रयोग गरेका सवारी साधनहरु को २ ह २७३६ अटो टेम्पु, प्रदेश १-०२-०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३, को २१ प ६७०३ मोटरसाईकल नियन्त्रणमा लिईएको छ । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार खरखजना तथा संगठित अपराध अन्तर्गत कानुनी प्रकृया अगाडी बढाईएको छ ।
लडेर बृद्धको मृत्यु
सुनसरी, श्रावण-१३ गते ।
सुनसरी बर्जु गाऊपालिका ६ सुक्रहाट टोल का ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ । आज दिउसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी टोली खटि गई मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो । मण्डलको उपचारकै क्रममा दिउसो पौने ३ बजे मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु
झापा, श्रावण-१३ गते ।
झापा दमक नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा कन्काई ३ का ४३ बर्षीय पुर्ण बहादुर बिष्ट र पछाडी सवार निजकै श्रीमती ३६ बर्षीया भिमा बिष्ट रहेका छन् । हिजो राती सभा १० बजे पश्चिम तर्फ आउदै गरेको ना४ ख ८७३० नम्बरको ट्रकले बिपतरित दिशाबाट आईरहेको प्रदेश २-०३-०१३ प ४७८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका उनिहरुको उपचारको लागी दमक लाईफ लाईन अस्पतालमा पुर्‍याउन साथ दुवै जनाको मृत्यु भएको थियो । दुर्घटना गराई फरार भएको सो ट्रक र ट्रक चालक मोरङ विराटनगर ४ बस्ने ४८ बर्षीय सुजन थापालाई अस्थाई प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको छ ।
प्रतिबन्धित औषधी सहित एक जना पक्राउ
सुनसरी, श्रावण-१३ गते ।
सुनसरीको धरान ८ तिनकुने स्थितबाट अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा सागुरगढी नगरपालिका -९ बस्ने २१ बर्षीय सुजन लिम्बु रहेका छन् । हिजो राती १० बजे कोशी राजमार्गमा ईटहरीबाट धरान तर्फ कालो झोला बोकी पदैल आउदै गरेको उनको साथबाट प्रतिबन्धित औषधी Tramadol - ६६० ट्रयाबलेट र spaspain - ७७० ट्याव्लेट फेला पारी ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको छ ।
आफ्नै छोराले कुटपिट गरि घाईते भएका बृद्ध बुबाको मृत्यु
ईलाम, श्रावण-११ गते ।
इलाम देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ । गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा हिजो राती ९ बजे मृत्यु भएको हो । कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ ।
पौडी खेल्ने क्रममा डुबी मृत्यु
मोरङ, श्रावण-११ गते ।
मोरङ लेटाङ नगरपालिका ५ बस्ने शरन कुमार राईको छोरा १५ बर्षीय समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो दिनको ३ बजे सोही स्थानमा रहेको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
बालकको खेल्ने क्रममा नहरमा डुबी मृत्यु
मोरङ, श्रावण-११ गते ।
मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राज कुमार महतो हिजो दिउसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
रुखको हाँगाले लागेर एक जनाको मृत्यु
धनकुटा, श्रावण-११ गते ।
धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ बर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । हिजो दिनको साढे ३ बजे आफ्नै बारीमा घाँस काटीरहेको अबस्थामा उनकै बैनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको थियो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।
सामान सार्ने क्रममा लडेर एक जनाको मृत्यु
संखुवासभा, श्रावण-१० गते ।
संखुवासभा सिलिचोङ गाऊपालिका १ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राई स्वास्थ्ये चौकीको समान सार्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । हिजो दिउसो साढे २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्ये चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी आउदै गर्दा बाटो साधुरो भएको कारण आफै सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध सहित एक जना पक्राउ
मोरङ, श्रावण-०९ गते ।
मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट लागूऔषध सहित एक जनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लेटाङ ६ मिलन चोक का २२ बर्षीय रमेश पाचकोटी रहेका छन् । हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, डाइजाल्याप १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
भारतिय नोट सहित दुई जना भारतिय नागरिक पक्राउ
मोरङ, श्रावण-०९ गते ।
मोरङ बिराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतिय र अमेरिकी डलर सहित २ जना बारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् । हिजो दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १ को ४ थान सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाईएको छ ।
पिलरले लागेर बालकको मृत्यु
ईलाम, श्रावण-०९ गते ।
इलाम नगरपालिका १ नेपालटार स्थित हर्क बहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेलडाडा घर भएका बचासदिप रिजालको छोरा ८ बर्षीय ग्रेसधीफ रिजालको सिमेन्टको पिलर ढली लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागी बनाई राखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको अचानक ढली किचेर गम्भिर घाईते भएका बालकको उपचारको लागी जिल्ला अस्पताल ईलाम पुर्‍याउदा मृत्यु भई सकेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामबाट थप अनुसन्धान भईरहेको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मोरङ, श्रावण-०९ गते ।
मोरङ वेलबारी नगरपालिका ६ का ६३ बर्षीय पदम बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।
पहिरोले पुरेर मजदुरको मृत्यु
पाँचथर, श्रावण-८ गते ।
पाँचथर हिलिहाङ गाऊपालिका ५ सुभाङ स्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेहथुम आठराई गाऊपालिका ५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् । हिजो दिउसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अबस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटि गई पहिरोबाट उद्धार गरि निकाल्दा मुक्तानको मृत्यु भईसकेको थियो । घटना सम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाँचथरबाट भईरहेको छ ।
गत आर्थिक बर्षमा ७ हजार ३ सय ८४ मुद्धा दर्ता, ४० करोड भन्दा बढी राजश्व संकलन
बिराटनगर, २०७८ श्रावण-०७ गते ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मिति २०७७ साल श्रावण देखी असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता तथा ४० करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
गत आर्थिक बर्षको १२ महिना अवधीमा ७ हजार ३ सय ८४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरी ७३५ बर्ष कैद भुक्तान भई , ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ३५१६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १७८९.१११ केजी गाँजा बरामद भएको छ ।
यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १९० जना मानिस पक्राउ गर्नुका साथै १९ करोड ०१ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १७० जना मानिस र ७८५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३०० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३२६१ क्यू.फिट. काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारवाही गर्दा १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको छ । यसरी गत आर्थिक बर्षको श्रावण देखी असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता भई ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व संकलन भएको हो ।
प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
सुनसरी, श्रावण-७ गते ।
सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई जनता ग्यारेज संचालन गरी बस्ने सोही स्थानका ३० बर्षीय नविन चौधरी उनकै ग्यारेजमा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी Spaspain - १००० ट्याव्लेट, Opatab-50 - ४०० ट्याव्लेट र Tramadol Hydrochloride -२२ ट्याव्लेट सहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । त्यस्तै हिजो राती साढे ११ बजे धरान १६ नौलो बस्तीका २४ बर्षीय प्रभु साहलाई Spaspain - १४५ ट्याव्लेट, र Tramadol - १६३ ट्याव्लेट सहित पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
खुकुरी प्रहार गरी हत्या
उदयपुर, श्रावण-७ गते ।
उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान सभा ५ बजे हत्या गरेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई खुकुरी सहित सदालाई नियन्त्रणमा लिईएको छ । सदा चौधरीको घरमा काम गर्ने गरेको र सामान्य बिबादको कारण चौधरीको घरमानै खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ
सुनसरी, श्रावण-६ गते ।
सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धीत औषधी Spaspain - १५०० ट्यव्लेट र Tramol-50 -१५०० ट्याव्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
उदयपुर, श्रावण-६ गते ।
उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका छन् । हिजो दिउसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर,श्रावण-५ गते ।
जिल्ला प्रहरी कार्यालय ईलाम अपराध अनुसन्धान दरवन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कर्तव्य ज्यान जस्तो जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई तत्काल घटनास्थलमा खटि अनुसन्धान पश्चात पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा, श्रावण ०५ गते ।
झापाको गौरादह नगरपालिका-१ मा सोमवार राती मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ५९९० नंम्बरको मोटरसाईकलले पैदलयात्री गौरादह नगरपालिका-३ का ७२ बर्षीय चेत बहादुर दाहाललाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट घाईते भएका दाहालको उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसनधान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ
झापा, श्रावण ०४ गते ।
मोरङ रंगेली-९ सखुवाथान घर भई झापा गौरादह-१ सितल चौक बस्दै आएका ३९ बर्षीय सजिलाल रिख्यासनलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । रिख्यासनले गत असार ३१ गते आफ्नै श्रीमती ३४ बर्षीया संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगि कुटपिट गरी हत्या गरेर उनि फरार भएका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धान तथा खोजतलसामा खटिएको प्रहरी टोलीले फरार रहेका सजिलाल रिख्यासनलाई आज पक्राउ गरी सार्बजनिक गरेको हो । पक्राउ परेका रिख्यासन उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारवाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हत्यामा सग्लग्न पक्राउ
संखुवासभा, श्रावण ०४ गते ।
भोजपुरको साल्पासिलिचो गाउँपालिका- ४ घर भई बिगत ३ बर्षदेखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्ने २५ बर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् । असार ३० गते खाँदवारी नगरपालिका-९ का ४७ बर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परे संगै निजको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने युवराज राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा निजले घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ
फरार प्रतिवादी पक्राउ
बिराटनगर, श्रावण ०४ गते
बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरि सम्बन्धीत अदालतमा उपस्थित गराईएको छ । बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७/१०/२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालिका-८ का ३३ बर्षीय दिवस कुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी कर्तव्य ज्यान मुद्धामा सम्मानीत जिल्ला अदालत चितवनको २०७७/१०/१२ गतेको फैसलाले १६ बर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ-४ काठमाण्डौका १९ बर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आईतवार सुनसरीको तरहराबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सम्बन्धीत जिल्ला अदालतमा बुझाएको छ ।
चोरीको मोटरसाईकल सहित १ जना पक्राउ
सुनसरी, श्रावण ०४ गते ।
सुनसरीको बर्जुगाँपालिका-२ बाट चोरीको मोटरसाईकल सहित चोरीमा संग्लग्न १ जना पक्राउ परेका छन् । आईतवार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका-३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै तत्काल खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न देवानगंज-५ का ४० बर्षीय बिरेन्द्र रामलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अटो दुर्घटना १ जनाको मृत्यु
सुनसरी, श्रावण ०४ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-३ मा आईतवार भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ । ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा अटोमा सवार रहेकी ईटहरी-४ की ३३ बर्षीया रिया पोखरेल घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागी बिराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेरको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
जलेर चार बर्षीया बालिकाको मृत्यु
ओखलढुङगा,साउन-०३ गते ।
सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ-६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । यसै गरी गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको छ। घटना स्थलमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।
अबैध समान बरामद
झापा, श्रावण ०३ गते ।
झापाका दुई छुट्टाछुट्टै स्थानबाट अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-४ आमडागीबाट शनिवार राती साँढे ९ बजे अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको जुस, लत्ता कपडा र सुर्तिजन्य पदार्थ बराबद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ११ बजे मेचीनगर नगरपालिका-६ बाट भारतबाट नेपाल तर्फ अबैध रुपमा भित्र्याउदै गरेको अन्दाजी ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । अबैध रुपमा बरामद भएको समानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय काकडभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
बिराटनगर, श्रावण ०३ गते ।
झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् । शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-३ का ३० बर्षीय प्रफुल राजंशीलाई २ ग्राम २३० मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । राजवंशीको साथबाट प्रहरीले लागुऔषध सहित डिजिटल काटा १ थान , नगद. ५,२३० रुपैयाँ र बिभिन्न कम्पनीको ४ थान मोवायल समेत बरामद गरेको छ । यसैगरी उदयपुरको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-९ बाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे ७५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित स्थानिय ३६ बर्षीय दिनेश खड्का, बेलका नगरपालिका-२ का ३७ बर्षीय बिनोद परियार, बेलका नगरपालिका-७ का २८ बर्षीय मेजरमान राई र २९ बर्षीय बोगटी भनिने जिवन राई लाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पोखरीमा डुबेर १ जनाको मृत्यु
सुनसरी, श्रावण ०३ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-१९ का ७३ बर्षीय शेर बहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । शनिवार बिहान सवा ११ बजे आफ्नै पोखरीमा माछा मार्ने क्रममा अचानक सोही पोखरीमा डुबेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले राती साँढे ११ बजे मृत अबस्थामा उद्धार गरेको थियो । उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर २ जनाको मृत्यु
सुनसरी, श्रावण ०३ गते ।
सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-२ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाईते भएका घिमिरेको उपचारको क्रममा बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको हो । यसैगरी ईटहरी-१७ का मनोज खत्रीको पनी करेन्ट लागेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका खत्रीलाई उपचारको लागी बिराट टिचिङ हस्पिटल बिराटनगर लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुक सहित १ जना पक्राउ
पाँचथर, श्रावण ०३ गते ।
पाँचथरको फिदिम नगरपालिका-९ लुम्फाबुङका ३० बर्षीय शुक्रराज राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् । प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो लोड भएको १ थान भरुवा बन।दुक सहित राईलाई पक्राउ गरेको हो । हतियार सहित पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोटरसाईकल दुर्घटना चालकको मृत्यु
पाँचथर, श्रावण ०३ गते ।
पाँचथरको कुम्मायक गाउँपालिका-३ तमोर करिडोर सडकखण्डमा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । कार्तिकेबाट तेह्रथुम तर्फ जाँदै गरेको को २८ प ६८११ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक म्याङलुङ नगरपालिका-१ का ४५ बर्षीय याम बहादुर लिम्बुको मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ
झापा, श्रावण ०२ गते ।
झापा दमक नगरपालिका-७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक-७ का ४० वर्षीय कर्ण वहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौरादह-३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह-८ का ३८ वर्षीय ईन्दु कुमार राजवंशी रहेका छन । यस्तै गौरादह-२ का ३२ वर्षीय निर्मल थापा, दमक-२ का ४२ वर्षीय राम वहादुर धिमाल, दमक-६ का ३३ बर्षीय विजय सिंह, सुनसरी ईटहरी-४ का ३५ बर्षीय विक्रम गुरुङ र ईटहरी १९ का २६ बर्षीय मिलन राई रहेका छन । हिजो बेलुका ६ बजे पक्राउ परेका मध्ये कर्ण वहादुर राईको घरमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैया समेत फेला पारी बरामद गरेको छ । पक्रउ परेका उनिहररु उपर जुवा ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित १ जना पक्राउ
झापा, श्रावण ०१ गते ।
झापाको भद्रपुर नगरपालिका-३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका-३ का २२ बर्षीय चन्दन रजकलाई १२ ग्राम ४५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिहिवार अपरान्ह साँढे ४ बजे देउनिया पुल छेउबाट पक्राउ गरेको हो । पक्राउ परेका रजकको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर एकको मृत्यु
झापा,असार-३१ गते ।
झापा मेचीनगर-३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ । आज दिउसो साढे २ बजे सोही स्थितमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनि आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगेका थिए ।
पानी सर्कीएर एकको मृत्यु
झापा,असार-३१ गते ।
झापा भद्रपुर-६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्कीएर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।
मोटरसाईकल दुर्घटनाबाट वडा सदस्यको मृत्यु
ईलाम,असार-३१ गते ।
इलाम माङसेबुङ गाँउपालिका-४ मार्चेबुङ बस्ने ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो दिउसो ४ बजे मार्चेबुङ वडा नम्बर-४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घर तर्फ आउदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुदा उनि उम्भीर घाईते भएका थिए । टाउकोमा चोट लागी गम्भीर घाईते भएका वडा सदस्य राईको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
नवजात शिशुको हत्यामा संलग्न ४ जना पक्राउ
मोरङ, असार ३० गते ।
मोरङ रंगेली-५ आँपगाछी टोल स्थितमा बस्ने ४ जनालाई नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-५ आँपगाछी टोलका २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् । गत आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याँग्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले संचालन गर्दै आएको रंगेली नगरपालिका-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनिहरु चारै जनालाई मंगलबार ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनामा चारै जनाको संलग्नता रहेको अनुसन्धानकै क्रममा खुल्न आएकोले उनीहरु उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
चट्याङले लागेर दुई जनाको मृत्यु
उदयपुर,असार-३० गते ।
उदयपुर त्रियुगा-३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा र ३९ बर्षीया ललिता सदा रहेकी छन । हिजो अपरान्ह सवा ५ बजे घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा दुबै जनालाई बर्षासँगै आएको चट्याङले लाग्दा उनिहरु बेहोस भएका थिए । बेहोस भएका उनिहरुको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा सवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ईलाममा मृत भेटिएकी महिलाको हत्या भएको पुष्टी- हत्यामा संग्लग्न पक्राउ
ईलाम, असार २९ गते ।
उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसर भित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ । जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका-७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ बर्षीया बिमला देवी निरौला पराजुली २८ गते सोमवार बिहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिईन् । १ जना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको र थप अनुसन्धानको लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुर सहितको बिशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ बर्षीय युवराज बानियाको संग्लग्नता रहेको देखिएसंगै बानियालाई पक्राउ गरीएको हो । पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
लडेर पानी जमेको खाल्डोमा पर्दा डुबेर एकको मृत्यु
मोरङ,असार-२९ गते ।
मोरङ जहदा-२ स्थित मुसहरी टोल बस्ने ४० बर्षीय दिलचन रिषिदेवको डुबेर मृत्यु भएको छ । आज बिहान साढे ११ बजे आफ्नै घर नजिकै हिडिरहेको अवस्थामा एक्कासी लडेर पानी जमेको खाल्डोमा पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको । घटना सम्बन्धमा प्रहरी टोली खटि गई कानुनी कार्बाही भईरहेको छ ।
बैकिङ कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ
बिराटनगर,असार-२८ गते ।
बैकिङ कसुर मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहेका १ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।
ईटहरी उप-महानगरपालिका-९ का ३६ बर्षीय माधव रिसाललाई बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको २०७५।११।११ गतेको फैसला आदेशले १ बर्ष १० महिना कैद र रु.१२,३८,०००/- जरिवाना तथा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७/१०/२६ गतेको फैसला आदेशले रु.२,२६०००/- जरिवाना फैसला भएको थियो । जरिवाना तथा कैद फैसला भएता पनी हाल सम्म फरार रहदै आएका रिसाललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान RIT) समुहबाट खटिएको प्रहरी टोलीले ईटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालत सुनसरीमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी क्षेत्रीय कारागार झुम्का पठाईएको छ ।
ठुलो परिणामको लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ
सुनसरी, असार २८ गते ।
सुनसरीको ईटहरी उपमहानगरपालिका-५ बाट ठुलो परिणामको लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । उक्त स्थानमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-५ का २२ बर्षीय मनिर उदिम मिया र ईनरुवा नगरपालिका-३ का ५७ बर्षीय नारायण प्रसाद सिवाकोटीलाई लागूऔषध Nitrosun एक हजार ट्याव्लेट, २ थान मोवायल र नगद ४० हजार ५ सय सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
बिराटनगर, असार २८ गते ।
१ नम्बर प्रदेशका झापा, ईलाम र सुनसरी जिल्लाका तिन छुट्टाछुट्टै स्थानबाट आईतवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ क्षितिज मार्गमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले तेह्रथुम म्याङलुङ ६ घर भई हाल ईटहरी उपमहानगरपालिका-४ बस्ने ३४ बर्षीय दुर्गा रसाईलीलाई लागुऔषध सहित पक्राउ गरेको हो । रसाईलीको साथबाट प्रहरीले ५३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, मोवायल सेट ३ थान र नगद ९८ हजार १ सय ७५ बरामद गरेको छ । यसैगरी झापाको शिवसताक्षी नगरपालिका-६ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । आईतवार राती ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय रियाज अन्सारी र शिवसताक्षी नगरपालिका-४ का २१ बर्षीय संजय प्रधानलाई लागुऔषध सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले ५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, नगद रुपैयाँ १३ हजार, मोवायल ४ थान र निजहरुले प्रयोग गरेको को ७ प ४९०७ नम्बरको मोटरसाईकल समेत बरामद छ । यस्तै ईलामको चुलाचुली गाउँपालिका-५ का २९ बर्षीय प्रसाद लिम्बु नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । आईतवार राती १० बजेको समयमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले ३३० मिलिग्राम लागुऔषध ब्राउनसगुर र नगद २० हजार २१० सहित लिम्बुलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
बिराटनगर, असार २८ गते ।
१ नम्बर प्रदेशका झापा, ईलाम र सुनसरी जिल्लाका तिन छुट्टाछुट्टै स्थानबाट आईतवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ क्षितिज मार्गमा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले तेह्रथुम म्याङलुङ ६ घर भई हाल ईटहरी उपमहानगरपालिका-४ बस्ने ३४ बर्षीय दुर्गा रसाईलीलाई लागुऔषध सहित पक्राउ गरेको हो । रसाईलीको साथबाट प्रहरीले ५३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, मोवायल सेट ३ थान र नगद ९८ हजार १ सय ७५ बरामद गरेको छ । यसैगरी झापाको शिवसताक्षी नगरपालिका-६ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । आईतवार राती ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय रियाज अन्सारी र शिवसताक्षी नगरपालिका-४ का २१ बर्षीय संजय प्रधानलाई लागुऔषध सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले ५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, नगद रुपैयाँ १३ हजार, मोवायल ४ थान र निजहरुले प्रयोग गरेको को ७ प ४९०७ नम्बरको मोटरसाईकल समेत बरामद छ । यस्तै ईलामको चुलाचुली गाउँपालिका-५ का २९ बर्षीय प्रसाद लिम्बु नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । आईतवार राती १० बजेको समयमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले ३३० मिलिग्राम लागुऔषध ब्राउनसगुर र नगद २० हजार २१० सहित लिम्बुलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु
बिराटनगर, असार २८ गते ।
मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ५० बर्षीय आस बहादुर लिम्बुको बेतनी सिमसार क्षेत्रमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का अरुण कुमार मेहेताको ३ बर्षीय छोरा कुनाल मेहेताको माछा पोखरी छेउमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । आईतवार अपरान्ह भएका यी दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ
बिराटनगर,असार-२७ गते ।
सुनसरी ईटहरी-१ का २४ बर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका प्रदिबादी ईटहरी-२ का ३१ बर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ । मिति २०६५ साल पौष १ गते रबिन चौधरीको ईटहरी-५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो । घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रतिबादीहरुको खोजतलासलाई अभियानकै रुपमा तिब्रता दिईसंगै रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई हिजो १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान RIT) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्धामा दोषी ठहर भई २० बर्ष कैद भुक्तानका लागी क्षेत्रीय कारागार झुम्का पठाईएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ
सुनसरी, असार २७ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त स्थानमा रहेको एक होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित शनिवार राती पौने १२ बजे ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका-१२ घर भई ईटहरी उप-महानगरपालिका-५ बस्दै आएका २७ बर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी-५ का १६ बर्षीय १ बालक र ईटहरी-४ का १८ बर्षीय जोन चौलागाई रहेका छन् । निजहरुको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र नगद रु. २०००।- समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी ४ का २३ बर्षीय बिबेक खड्काको समेत संग्लग्नता रहेको खुल्न आए संगै खड्कालाई समेत २९ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर र १ थान मोवायल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
करेन्ट लागेर बालकको मृत्यु
ताप्लेजुङ, असार २७ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ का लाक्पा शेर्पाको १३ बर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बिहान घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको छ ।
लागुऔषध मुद्धाका फरार प्रतिबादी पक्राउ
बिराटनगर, असार २६ गते ।
सम्मानित सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा दोषी ठहर भई फरार रहेका दुई प्रतिबादीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी-२ का २८ बर्षीय बिकाश कार्की र मोरङ कानेपोखरी-३ का ४१ बर्षीय लक्ष्मण सार्की रहेका छन । फरार प्रतिबादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान RIT) समुहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो पक्राउ गरेको हो । पक्राउ परेका लक्ष्मणलाइ सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ ४ गते ४ बर्ष कैद र ४० हजार रुपैया जरिवाना तोकिएकोमा उनि फरार रहदै आएका थिए । यसै गरी पक्राउ परेका अर्का बिकाशलाई पनि सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ २७ गते १ बर्ष कैद र ७ हजार रुपैया जरिवाना तोकिएकोमा उनि पनि फरार रहदै आएका थिए । फरार पश्चात पक्राउ परेका दुबै जनालाइ सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुल उपरको लागि क्षेत्रिय कारागार झुम्का पठाईएको छ ।
धारिलो हतियार प्रहार गरि दाजुको हत्या
मोरङ, असार २६ गते ।
मोरङको बिराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षिय दाजु भोला सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हिजो राती साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरि एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
करेन्ट लागेर एकको मृत्यु
ईलाम,असार,२६ गते ।
ईलाम सन्दकपुर-२ घर भई झापा बिर्तामोड-१ बस्दै आएका ३८बर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागी उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ
संखुवासभा, असार-२५ गते ।
संखुवासभा खादबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाऊपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् । आज बिहान ९ बजे मृतकको घरदेखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई मुकेस तामाङलाई नियन्त्रणमा लिईएको थियो । पुरानो रिसिईबीको कारण गत राती २ बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित ३ जना पक्राउ
मोरङ, असार-२५ गते ।
मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् । हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको थियो । प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।
बोलेरो गाडीले किचेर एक जनाको मृत्यु
उदयपुर, असार-२४ गते ।
उदयपुर ताप्ली गाउपालिका ५ डुढे स्थित सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २-०१-००-१ च-००५० नम्वरको बोलेरो गाडीले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाडीमा सवार रहेका सोही स्थान बस्ने २५ बर्षीय रमेश नेपाली रहेका छन् । आज बिहानको राती २ बजे सो स्थामा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपालीलाई किचेर गम्भिर घाईते बनाएको थियो । घाईतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पुर्‍याउदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ । गाडी चालक सोही स्थानका ३० बर्षीय ईस्वर श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेका छन् ।
लडेर एक जना महिलाको मृत्यु
ओखलढुंगा, असार-२४ गते ।
ओखलढुङगा खिजिदेम्बा गाँउपालिका ८ कास्पु की ४३ बर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ । हिजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाईते अबस्थामा स्थानियले फेला पारेका थिए । उनको स्थानियले बोकेर घर तर्फ ल्याउने क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
खुकुरी प्रहार गरी हत्या
ईलाम, असार-२३ गते ।
ईलाम ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ बर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ बर्षीय धन बहादुर राईको हत्या गरेका छन् । आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटी गई हत्या गर्ने यम बहादुर सावालाई खुकुरी सहित पक्राउ गरेको छ । तत्काल हत्या गर्ने कारण खुल्न सकेको छैन् । घटना सम्बन्धना थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।
बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी मृत्यु
झापा, असार-२३ गते ।
झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागी भुईमा लड्दा टाउकोमा चोट लागी गम्भिर घाईते भएका भट्टराईको उपचारको लागी B&C अस्पताल बिर्तामोड पुर्याउन मृत्यु भएको हो । उनि अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी रहेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको छ ।
स्कारपियो गाडीको ठक्करबाट घाईते भएका पैदल यात्रीको मृत्यु
सुनसरी, असार-२३ गते ।
सुनसरी धरान उपमहानगरपालिका ८ सिद्धकाली चौंक स्थित कोशी राजमार्गमा इटहरीतर्फ आउदै गरेको वा१३च ३०८३ नम्बरको स्कारपियो गाडीले ठक्कर दिई घाईते भएका पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५४ बर्षीय डिक प्रसाद वास्तोला रहेका छन् । हिजो दिउसो १ बजे स्कारपियोको ठक्करबाट घाईते भएका बास्तोलाको घोपा धरानमा उपचारको क्रममा हिजो राती पौने १२ बजे मृत्यु भएको थियो । स्कारपियो र चालक मोरङ वेलबारी ५ का ३६ बर्षीय बुद्ध शेर्पा ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ ।
ब्राउन सुगर सहित १ जना पक्राउ
सुनसरी, असार-२३ गते ।
सुनसरी धरान उपमहानगरपालिका ८ गैरीटोल बस्ने २५ बर्षीय सन्तोष लिम्वुलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय धरान र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई घरमा लुकाई छिपाई राखेको लागूऔषध ब्राउन सुगर ४ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
लागुऔषध सहित २ जना पक्राउ
सुनसरी, असार-२३ गते ।
सुनसरी धरान उपमहानगरपालिका ६ तीनकुने जंगलबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ बस्ने २१ बर्षीय सुमन कार्की र धनकुटा नगरपालिका ९ बस्ने २१ बर्षीय सुदिप राई रहेका छन् । हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ईटहरीबाट धरानतर्फ आउँदै गरेको प्र१-०६-००१प ००१८ नम्बरको मोटरसाईललाई चेकजाँच गर्दा सवार कार्की र राईको साथबाट लागूऔषध डाइजेल्याप ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल, एभिल ५ एम्पुल र फेनर्गन ५ एम्पुल बरामद भएकोले मोटरसाईकल सहित उनिहरुलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।
नालीको पानीमा डुबी बालकको मृत्यु
सुनसरी, असार-२३ गते ।
सुनसरी ईनरुवा नगरपालिका ३ मुसहरी टोल बस्ने जय प्रकाश शाहको छोरा ६ बर्षीय आयुस शाहको नालीको पानीमा डुबी मृत्यु भएको छ । हिजो बेलुका सँवा ४ बजे खेल्ने क्रममा सोही स्थानमा रहेको सडकको छेउको नालीमा डुबेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
नुहाउने क्रममा डुबेर बालकको मृत्यु
मोरङ, असार-२२ गते ।
मोरङ् सुन्दरहरैचा नगरपालिका १ डांगीटोल का याम लुङ्गेली मगरको छोरा ८ बर्षीय अनमोल मगर घर छेउको कलबर्ड मुनी पानी जमेको ठाँउमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउसो साढे २ बजे अन्य २ जना बच्चाहरुसंग नुहाउन गएका अनमोलको पानी डुबी अचेत भएको जानकारी साथीहरुले घरमा गई गराएको थिए । अचेत भएका अनमोलको पानीबाट निकाली उपचारको लागी बिराटनगर कोशी अस्पताल लगी चेकजाँच गर्दा मृत्यु भई सकेको जनाईएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
एक सय पचास केजी गाँजा बोकेको गाडी सहित २ जना पक्राउ
सुनसरी, असार-२२ गते ।
सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् । आज बिहान राती १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको को२च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा १५० के.जि, र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल सहित फेला परेको थियो । प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भिरबाट लडेर एक जनाको मृत्यु
ताप्लेजुङ, असार-२२ गते ।
ताप्लेजुङ मेरिङदेन गाँउपालिका २ आजुङ टोल का ५२ बर्षीय खेम्जु शेर्पाको भिरबाट लडेर मृत्यु भएको छ । हिजो राती साढे १० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा सोही स्थानमा रहेको खाम्दाके भिरबाट अन्दाजी २० मिटर तल खसी घाईते भएका उनको राती ११ बजे मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी चौकी सानथाक्रा र ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
टेङग्रा खोलामा डुबी बेपता
सुनसरी, असार-२२ गते ।
सुनसरी बर्जु गाँउपालिका ५ टेङग्रा खोला किनारमा बाख्रा चराउन गएकी भारत बसमतिया घर भई हाल सितागंज बस्ने ९ बर्षीया जिबीका यादबको हिजो बेलुका साढे ५ बजे सोही खोलामा डुबी बेपता भएकी छन् । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरी टोली खटि गई खोजतालस भईरहेको छ ।
पानी जमेको खाल्डोमा परी बालकको मृत्यु
मोरङ, असार-२२ गते ।
मोरङ सुनबर्षी नगरपालिका ९ स्थित चन्दनखाडीमा बस्ने नारायण राजबंशीको छोरा ५ बर्षीय उमङ्ग राजबंशी जमेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । हिजो बेलुका सँवा ४ बजे खेल्ने क्रममा उक्त पानीको खाल्डोमा परी डुबेर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी डाईनिया र ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
विराटनगर, असार-२२ गते ।
झापा, मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ३ बजे ईटहरी २ आपगाछी स्थित कोशी राजमार्गमा तरहराबाट ईटहरी तर्फ आउदै गरेको को१क ३४४१ नम्बरको दुध बोक्ने गाडीले बाटो काट्दै गरेको स५प ७३०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा ५ का २९ बर्षीय नरेश यादबको सोही दिनको बेलुका सँवा ४ बजे धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने गाडी र चालक बिराटनगर १ बस्ने ४९ बर्षीय रमाकान्त चौधरी ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको छ । त्यस्तै मोरङको विराटनगर ५ भित्री सडक खण्डमा हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको को ३२ प ८८१० नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका स्कुटी चालक विराटनगर १४ का ४० बर्षीय टिका मेचेको हिजो बेलुका पौने ८ बजे गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै हिजो बेलुका पौने ७ बजे झापा बुद्धशान्ती गाँउपालिका ४ जोगी डाँडा स्थित मेची रार्जमार्ग सडक खण्डमा दक्षिण तर्फ आउदै गरेको ना३च ४०३३ नम्बरको पिकअप र विपरित दिशा तर्फ जादै गरेको मे.९प ९२०३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा B&C अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । पिकअप र चालक ईलाम सन्दकपुर १ बस्ने ३६ बर्षीय बिरेन्द्र राई ईलाका प्रहरी कार्यालय बुधबारे झापाको नियन्त्रणमा रहेको छ ।
आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा बिशेष जोड- प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.
बिराटनगर, २०७८ असार २१ गते ।
आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा बिशेष जोड दिईने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले बताउनु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको सभाहलमा आज दिउँसो भएको सञ्चारकर्मीहरु संगको भेटघाट कार्यक्रममा वाहाँले उक्त कुरा बताउनु भएको हो । आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता बृद्धी गरी आर्थिक पारदर्शिता र कार्य प्रतिको जवाफदेहितामा बिशेष जोड दिईने पनी वहाँले बताउनु भयो । सञ्चारकर्मीहरुले राखेका बिबिध जिज्ञासाहरुको सम्बोधन गर्नुहुँदै वाँहाले विपद व्यवस्थापन लगायतका कार्यमा विशेष सकृयताका साथ लागी पर्दे, प्रहरी कति पनी बिचलित नभई आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रही रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्ने समेत वाहाँले जानकारी दिनु भयो । शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट १ नं प्रदेशका जनताहरुलाई प्रत्याभुत हुने गरी सुरक्षा व्यवस्था गर्ने कुरामा बिशेष जोड दिनु भयो । सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी तस्करी तथा सिमावर्ती क्षेत्रमा हुने बिबिध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा अगाढी बढ्ने पनी वाहाँले प्रस्ट पार्नु भयो ।
गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने - प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.
बिराटनगर, असार २१ गते ।
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रहरी कर्मचारीले कुनै पनि गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने बताउनु भएको छ। नेपाल सरकार, गृह मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७८ साल असार ७ गतेको निर्णयले १ नम्बर प्रदेश सरुवा भई पदभार ग्रहण गर्नु भए संगै १ नम्बर प्रदेश मातहत रहेका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिनुहुँदै वाँहाले उक्त कुरा बताउनु भएको हो । वाहाँले प्रमाणमूखी अपराध अनुसन्धानलाई जोड दिन, फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौटको लागि जोड दिन, हिरासत व्यवस्थापनमा बिशेष ध्यान दिन र लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तथा सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी निकाशी नियन्त्रणका लागी दत्तचित्त भएर लागी पर्न समेत निर्देशन दिनु भएको छ । प्रहरी महानिरीक्षक द्वारा जारी गरिएको प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्ने र राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्ने तथा खराव आचरण प्रस्तुत गर्नेलाई तत्काल कारवाहि गर्न समेत निर्देशन दिनु भयो । वाहाँले कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरु संग शिष्ट व्यवहार गर्ने र माथिल्लो कार्यालय र सम्बन्धीत कार्यालयको सम्पर्क नम्बर तथा प्रमुखको नम्बर स्पष्ट देखिने स्थानमा राख्न, बर्षातको समय भएकोले बाढी, पहिरो डुवान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरु सहित तयारी अवस्थामा रहन, प्राकृतिक श्रोतसाधनको अवैध दोहन हुन नदिने तर्फ बिशेष चनाखो हुन तथा COVID-19 को रोकथाम तथा नियन्त्रण तर्फ बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भएको छ ।
पौडी खेल्न गएका दुई जना बालकलाई खोलाले बगाएर बेपत्ता
पाँचथर, असार-२१ गते ।
पाँचथरको याङवरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जना मध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा सोही स्थानका १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन् । आईतवार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनिहरु मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपता भएका हुन् । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा उद्धार सामाग्री सहितको प्रहरी टोली खटि गई खोजतलास भईरहेको छ ।
भर्‍याङबाट लडेर मृत्यु
सोलुखुम्बु, असार-२१ गते ।
सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाँउपालिका -१ खरिखोला का ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भर्‍याङबाट लडेर मृत्यु भएको छ । सोताङ गाँउपालिका ५ स्थितमा रहेको बिरेन्द्र ज्योती माध्यामिक बिद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गरि सोही स्थानमा नै कोठामा बस्दै आएका रिन्जी आईतवार राती ११ बजे भर्‍याङबाट लडेर कंचटमा चोट लागी गम्भिर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएकोमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।
पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
सुनसरी, असार २१ गते ।
सुनसरीको कोशी गाउँपालिका-५ का अजल मियाको ९ बर्षीय छोरा ईर्फान मियाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो ३ बजेको समयमा घर नजिकै खेल्ने क्रममा सोही स्थानमा रहेको पानी जमेको खाल्डोमा अचानक डुबेर घाईते भएका मियाको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भीरबाट लडेर बालकको मृत्यु
उदयपुर, असार २१ गते ।
उदयपुरको रौतामाई नगरपालिका-४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका बालकको आईतवार अपरान्ह पौने ५ बजेको समयमा सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको छ ।
भन्सार छली ल्याउदै गरेको सामान सहित गाडी र चालक नियन्त्रण
मोरङ, असार-२० गते ।
मोरङ रतुवामाई नगरपालिका ९ भौडा चौक स्थितमा भारतबाट भन्सार छली ल्याउदै गरेको चिनी, बिस्कुट सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याउदै गरेको को२च १०९ नम्बरको पिकअप गाडीमा चिनी १३ सय केजी र ईन्डियन बिस्कुट १८ कार्टुन फेला पारेको थियो । उक्त सामानहरु भन्सार छली गरी ल्याएको खुल्न आएकोले पिकअप चालक लेटाङ नगरपालिका २ का २७ बर्षीय बिकास लिम्बु सहितलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार बुझाउने कार्य भईरहेको छ ।
प्रतिबन्धित औषधी सहित एक जना पक्राउ
सुनसरी, असार-२० गते ।
सुनसरी धरान ११ नगरकोट कोठा भाडामा बस्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधी CETADOL-50 ३९० क्याप्सुल र SPASPAIN ३९० क्याप्सुल फेला पारेको थियो । दासको सप्तरी अग्नीसर कृष्णसरवन ४ घर भई हाल धरान कोठा भाडामा बस्दै आएका थिए । पक्राउ परेका दासको थप अनुसन्धान भईरहेको छ ।
खोलाले बगाई मृत्यु
उदयपुर, असार-२० गते ।
उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित मदन चोक का ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटि गई खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट अन्दाजी २०० मिटर दक्षिणमा राईको मृत लाश फेला परेको हो । लाशको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागी स्वास्थ्ये चौकी बेलटार पठाईएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
ईलाम, असार-२० गते ।
ईलाम, माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु
ताप्लेजुङ, असार-१९ गते ।
ताप्लेजुङ सिरिजंघा गाऊपालिका २ पुल्चोक स्थित रहेको सुन्तली हाईड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २२ बर्षीय प्रमोद कुवर रहेका छन् । आज दिउसो २ बजे हाईट्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको हो । घटना सम्बन्धमा अप्रचौ खाम्दिम्बे र ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
श्रीमानद्वारा श्रीमतीको हत्या, हत्यामा सम्लग्न पक्राउ
मोरङ, असार-१९ गते ।
मोरङ वेलबारी नगरपालिका ७ का ४८ बर्षीय सिता घिमिरेलाई उनकै श्रीमान् ५६ बर्षीय अम्बिका घिमिरेले हत्या गरेका छन् । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई हत्यामा संलग्न अम्बिका घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा गुवालीमा लुकी छिपी बसेको अबस्थामा आज बिहान ५ बजे पक्राउ गरिएको हो । हिजो बेलुका अम्बिका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठी एक्कासी आवेसमा आई काठको मुङ्ग्रोले निधाई रहेकी श्रीमती सिताको वाँया कन्चटमा चार/पाँच पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका अम्बिका घिमिरे उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।
लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ
सुनसरी, असार-१९ गते ।
सुनसरी ईटहरी १६ स्थित पुर्व पश्चिम राजमार्गमा लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत अररिया जोगवनी १० घर भई हाल मोरङ विराटनगर १० वरगाछीमा डेरा गरी वस्ने ३४ बर्षीय सुरज चौधरी रहेका छन् । हिजो दिउसो साढे १ बजे बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको टेम्पोमा पछाडी सवार रहेका चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर ८४ ग्राम बरामद गरेको छ । पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको छ ।
घर भत्किदा एक जनाको मृत्यु दुई जना घाईते
खोटाङ, असार-१९ गते ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ नमुनाभञ्ज्याङ बस्ने मन कुमार सार्कीको खाली रहेको पुरानो घर भत्किदा घर भित्र खेलिरहेका ३ जना बालकहरु मध्ये १ जना बालकको मृत्यु भएको छ भने २ जनाबालक घाईते भएका छन् । हिजो दिउसो ११ बजे अबिरल बर्षाको कारण सो घर भत्किदा सोही स्थानका १४ बर्षीय राज कुमार सार्कीको घरले पुरेर मृत्यु भएको छ भने सोही स्थानका १० बर्षीय मिलन सार्की र १० बर्षीय लुने सार्की सामान्य घाईते भएका छन् । घाईतेहरुको सामान्य उपचार पश्चात घर फिर्ता भईसकेका छन् । घटना स्थलमा प्रहरी चौकी धितुङ र ईलाका प्रहरी कार्यालय हेलसीबाट प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।
चोरीको आरोपमा दुई जना पक्राउ
सुनसरी, असार १८ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका एरियाका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-३ का २९ बर्षीय सुमन तामाङ र धरान उप-महानगरपालिका-१९ का २४ बर्षीय सुरज परियार रहेका छन् । तामाङ ईटहरी-३ का अनन्त प्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मुल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । जेष्ठ १२ गते बिहान अन्दाजी ६ बजेको समयमा पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत बरामद गरेको छ । यसैगरी ईटहरी-६ मा रहेको कुलनयन ट्रेडसबाट नाईट्रोजन ग्यास सिलिण्डर चोरी गर्ने सुरज परियारलाई मोरङको सुन्दरहरैचा-३ बाट चोरी भएको नाईट्रोजन ग्यास सिलिण्डर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । चोरीको आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, असार-१७ गते ।
झापा कमल गाँउपालिका ३ पुर्व-पश्चिम मुख्यराजमार्गको केर्खा बजार स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० बर्षीय सुवास मेचे र सोही नगरपालिका १० का २५ बर्षीय सुरज लामिछाने रहेका छन् । हिजो बेलुका साढे ३ बजे टेम्पु चढी आउदै गरेको अबस्थामा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर ८८ ग्राम सहित उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान भई रहेको छ ।
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
उदयपुर, असार-१७ गते ।
उदयपुर बेलका नगरपालिका २ रामनगर ४० बर्षीय कमल यादबको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । हिजो राती साढे १० बजे गाँउ छिरेको १ वटा जंगली हात्तीले यादवलाई घर बाहिर निस्केको बेलामा लछारपछार गरि घटनास्थलमानै मारेको थियो । हात्तीलाई प्रहरी र स्थानियको सहयोगमा रातीनै जंगल तर्फ लखेटिएको छ ।
ट्याक्टर दुर्घटनाबाट एक जनाको मृत्यु, तिन जना घाईते
पाँचथर, असार-१७ गते ।
पाँचथर फालेलुङ गाँउपालिका ३ माङलेबुङ स्थितमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र तिन जना घाईते भएका छन् । हिजो बेलुका ५ बजे माङलेवुङबाट मेमेङ तर्फ जस्ता तथा खाद्यन्न लिई जादै गरेको मे१त ६५७७ नम्बरको ट्याक्टर अचानक सडकबाट अन्दाजी ३० मिटर तल झरेको थियो । सो दुर्घटनाबाट सोही स्थानका ५४ बर्षीया लक्ष्मी बिष्टको घटनास्थलमानै मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटि गई घाईतेहरु सोही स्थानका चालक ४० बर्षीय अक्कल बहादुर लिम्वु, सोही स्थानका ४६ बर्षीय कर्ण राई र सोही स्थानका ३० बर्षीय मन कुमार राईलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथरमा पठाईएकोमा चालक लिम्बुलाई थप उपचारको लागी बिर्ता सिटी अस्पताल बिर्तामोड पठाईएको छ भने बाकी घाईते डिस्चार्ज भई घर फर्केका छन् ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ
बिराटनगर, असार १६ गते ।
मोरङ, झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । मोरङको बेलवारी नगरपालिका-१ हटिया लाईनबाट लागुऔषध ट्याब्लेट सहित ४ जना, झापाको मेचीनगर नगरपालिका-६ बाट ब्राउनसुगर सहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स डि.सी. सहित १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो बेलवारी नगरपालिका-१ का २५ बर्षीय रिकल कोईराला, २४ बर्षीय केशव गुरुङ, २७ बर्षीय बिशाल गुरुङ र ३५ बर्षीय सुरज गुरुङलाई Diazelab १७ एम्पुल, Phenergan १७ एम्पुल, Avil १७ एम्पुल र LUPIGESIC १७ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे, ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-६ का २७ बर्षीय देवेन्द्र थापालाई पक्राउ गरेको हो । यस्तै ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१२ घर भई ईटहरी बस्दै आएका ४२ बर्षीय दुधिर श्रेष्ठलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित कोशी गाउँपालिका-१ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ
बिराटनगर, असार १६ गते ।
झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका-५ घर भई शिवसताक्षी नगरपालिका-९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो । मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बुको साथबाट नियन्त्रीत लागुऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो । यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-८ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय बिमल भुजेल र धरान-१५ का ४१ बर्षीय आईतराज लिम्बनुलाई तिन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि.सी. सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नगद सहित लागूऔषध ब्राउन सुगर कारोबारमा सम्लग्न ४ जना पक्राउ
झापा, असार-१५ गते ।
झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनिहरुले खरिद गरि ल्याएको स्थान खुल्न आए सगै ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरि बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनिहरुको घरमा गई खानतलासी गर्दा बिक्रम कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । पक्राउ परेका चारैजना उपर ईलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको छ ।
ATM तोडफोड गर्ने २ जना पक्राउ
मोरङ, असार-१४ गते ।
मोरङ बुढिगंगा गाउँपालिका २ टंकिसिनवारी स्थितमा सरस्वती खड्काको घरमा संचालनमा रहेको NIC ASIA बैंकको ATM बुथमा तोडफोड गरिरहेको अबस्थामा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ९ का २४ बर्षीय मो. ईम्तियाज र २५ बर्षीय मो. अनिष हुसेन रहेका छन् । आज बिहानको राती पौने ३ बजे बिभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो । हाते औजार सहित पक्राउ परेका उनिहरुलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको छ ।
गाँजा सहित महिला पक्राउ
उदयपुर, असार-१४ गते ।
उदयपुर, बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँजा सहित एक जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छन् । हिजो बेलुका ४ बजे अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लुकाई ल्याएको लागुऔषध गाँजा १ केजी बरामद गरेको हो । मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला लगी थप अनुसन्धान भईरहेको छ ।
सवारी दुर्घटनाबाट तिन जनाको मृत्यु २ जना घाईते
सुनसरी, असार-१३ गते ।
सुनसरी कोशी गाऊपालिका ८ नङ्खु टोल स्थित पुर्ब-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउदै गरेको स६प ४६६१ नम्बरको मोटरसाईकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाईकल पछाडी सवार मोरङग बिराटनगर ९ का ४५ बर्षीय राम प्रसाद साह र पिकअप चालक बिराटनगर ७ का ४० बर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको छ । उक्त दुर्घटनाबाट घाईते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ बर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ बर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भईरहेको छ । दुर्घटना भएका तिन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।
छोराबाट आफ्नै बुबाको हत्या
खोटाङ, असार-१३ गते ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको छ ।
पानीमा डुबी बालकको मृत्यु
झापा, असार-१३ गते ।
झापा गौरादह नगरपालिका ४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराई पैनीमा डुबी मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक ढुबी घाइते भई उपचारको लागी उनकै बुबाआमाले गौरादह स्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
रूखबाट लडेर १ जनाको मृत्यु
संखुवासभा, असार-१३ गते ।
संखुवासभा पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगे का ६५ बर्षीय लिला बहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र वानामा पुर्‍याउन साथ मृत्यु भएको थियो ।
तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ
तेह्रथुम, असार-१२ गते ।
तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । हिजो दिउसो सँवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भईरहेको छ ।
भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुनसरी, असार-१२ गते ।
सुनसरी ईटहरी १२ खनार सोमबारे चोकमा भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी ११ की ५६ बर्षीया गंगा ढकाल रहेकी छन् । हिजो राती ९ बजे ईटहरीबाट दुहबी तर्फ जादै गरेको को.१० च. ५५७३ नम्बरको पिकप भेनले पैदल यात्री ढकाललाई ठक्कर दिई गम्भिर घाईते बनाएको थियो । घाईते ढकालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको हो । ठक्कर दिने भेन प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।
बिजुलीको पोलबाट करेन्ट लागी मृत्यु
उदयपुर, असार-१२ गते ।
उदयपुर ताप्लि २ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ बर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो १ बजे भैसी चराउन गएका परियारको सोही स्थानमा रहेको बिजुलीको पोलमा चड्दा अचानक करेन्ट लागी घट्नास्थलमै मृत्यु भएको स्थानियले बताएका छन् । घटनाको जानकारी पाऊन साथ ईलाका प्रहरी कार्यालय लिमचुङबुङ र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, असार-११ गते ।
झापाको छुट्टा छुट्टै स्थानमा लागू औषध सहित २ जनालाई पक्राउ गरिएको छ । गत राती साढे १२ बजे झापा बाह्रदशी गाँउपालिका २ जनता बजार स्थितमा ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको मे८प १६४ नम्बरको मोटरसाईकलमा सवार सिन्धुपाल्चोक मेलम्ची ६ का २७ बर्षीय प्रशान्त बिक्रम थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाईकल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ । यसै गरी आज बिहान १० बजे झापा गाँउपालिका २ स्थितम बजारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले सोही स्थानका ३२ बर्षीय बिशाल मडिलाई लागूऔषध ब्राउन सुगर ७ ग्राम ३०० मिलि ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।
प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
सुनसरी, असार-११ गते ।
सुनसरी धरान १ पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् । हिजो बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १ पुरानो बजारमा रहेको खातुनको कोठामा खातुन सहित मण्डललाई फेला पारी खानतलासी गर्दा मण्डलको साथबाट Spasmo-proxyvon®plus १८ पत्ता -१४४ क्याप्सुल र खातुनको कोठामा लुकाई राखेको Spasmo-proxyvon®plus ३०६ पत्ता २४४८ क्यापसुल फेला पारेको पश्चात दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, असार-११ गते ।
झापा मेचीनगर नगरपालिका ५ पिपल चोक स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २९ बर्षीय राम बहादुर निरौला रहेका छन् । हिजो दिउसो साढे २ निरौलालाई लागूऔषध ब्राउन सुगर ३९ ग्राम र तौल गर्ने डिजिटल तराजु थान- १ सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
रुखबाट लडेर १ जनाको मृत्यु
खोटाङ, असार-१० गते ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो । घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।
चट्याङमा परी १ जनाको मृत्यु, ४ जना घाईते
मोरङ, असार-९ गते ।
मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथान स्थितमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा १ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । आज दिउसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाईते भएका सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रबिन मण्डल घाईते भएका हुन् । घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
मोरङ, असार-९ गते ।
मोरङको बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतिय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल बिराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागी गम्भिर घाईते भएका आलमको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे १ बजे मृत्यु भएको छ ।
प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ
सुनसरी, असार-९ गते ।
सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय मुकेश कार्की रहेका छन् । उनलाई प्रतिबन्धीत औषधी Opotab-2000 Tablet, Spasmo-1230 Tablet र Spasmo (फोक्सिबोन)- 250 क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीको थप अनुसन्धान भईरहेको छ ।
खानेतेलको गिलेनमा लागूऔषध
मोरङ, असार-९ गते ।
मोरङ बिराटनगर १६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
ट्रिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, असार-८ गते ।
मोरङ रंगेली नगरपालिका ७ रंगेली बजार स्थितमा पश्चिम तर्फ जादै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाईकल चालक रतुवामाई ६ सौठा का ४२ बर्षीय तिलक राज खड्का रहेका छन् । आज बिहान सभा ९ बजे सोही दिशा तर्फ जादै गरेको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका खड्काको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो । ट्रिफर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।
लागूऔषध सहित ५ जना पक्राउ
मोरङ, असार-८ गते ।
मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् । हिजो बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको तिन जना सवार रहेको प्र.न.१-०२-०४५ प ४८७३ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारी मोटरसाईकल सहित पक्राउ गरिएको हो । यसै गरी सोही स्थान सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा हिजो राती सँवा ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ बर्षीय प्रकाश लिम्बु र २० बर्षीय बिमल तामाङ रहेका छन् । दक्षिणबाट आउदै गरेको को ४ प ९१३८ नम्वरको मोटरसाईकलमा सवारी उनिहरुको साथबाट Diazelab १० पिस 2m.l., फेनारगन १० पिस 2 m.l., IPEL१० पिस र ट्रमोल २०० ट्याब्लेट फेलापारी मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका ५ जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीमा लगि थप अनुन्धान भईरहेको छ ।
ट्याक्टरबाट लडी सहचालकको मृत्यु
उदयपुर, असार-८ गते ।
उदयपुर रौतामाई गाँउपालिका १ टाट्ने स्थितमा ट्याक्टरबाट लडेर सहचालक रौतामाई ७ का ३२ बर्षीय तुल बहादुर केप्छाकी मगरको मृत्यु भएको छ । हिजो दिउसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स१त ६८५८नम्बरको ट्याक्टरबाट अचानक लडेर गम्भिर घाईते भएका उनको बेलुका पौने ५ बजे जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालक रौतामाई ७ का २५ बर्षीय चेतु दमाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।
पोखरीमा माछा मार्ने क्रममा डुबी मृत्यु
झापा, असार-७ गते ।
झापा अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधारा बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो बेलुका पौने ६ बजे उनि घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबि बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणी र १ नम्बर प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापाबाट प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा आज बिहान १० बजे माईकल सोरेनको मृत लाश फेला पारेको हो । लाशलाई कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाईएको छ ।
पहिरोमा परी १ जनाको मृत्यु १ जना घाईते
पाँचथर, असार-७ गते ।
पाँचथर याङवरक गाऊपालिका २ स्थितमा पहिरो सगै झरेको ढुंगाले लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाऊपालिका २ लेखेवा का ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको , शरिरमा ढुंगाले लागी घट्नास्थलमानै मृत्यु भएको हो भने सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भएका छन् । आज बिहान सँवा ७ बजे उनिहरुलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथीबाट पहिरो संगै आएको ढुंगाले लागेको थियो । घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फलैचा र सिमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी स्थानिय स्वास्थ्ये चौकीमा पठाईएको छ ।
लागूऔषध कारोबार गर्ने १ जना पक्राउ
मोरङ, असार-७ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका -६ डिपुचोक स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान ५ का २६ बर्षीय गोपाल बिश्वकर्मा रहेका छन् । हिजो दिउसो २ बजे लागूऔषधको कारोवार भईरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्माले बोकेको ब्यागबाट DIALEX-DC 100 ML को २५ बोतल, NITRAVET-10 -३७५ ट्याबलेट, NITRAVET-10 -६० ट्याबलेट र SPASMO-PROXYVON PLUS -१४४ ट्याबलेट बरामद भएको हो । पक्राउ परेका बिश्वकर्मा उपर थप अनुसन्धान भईरहेको छ ।
सेफ्टीटङकीमा खसी २ जनाको मृत्यु
संखुवासभा, असार-७ गते ।
संखुवासभा खादबारी नगरपालिका ४ सेखा का नरेश गुरुंङको घरमा नया ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टीटेङकीमा खसि २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा खादबारी ५ का ३७ बर्षीय ताराबिर गुरुङ र सोही स्थान ४ का २४ बर्षीय ईश्वर बहादुर राई रहेका छन् । हिजो साढे ६ बजे सेफ्टीटङकी खसि बेहोस भएका उनिहरुको तत्काललै उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खादबारीमा लगेकोमा उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
५ लाख भन्दा बढि नगद सहित सरसामानहरु चोरी गर्ने २ जना पक्राउ
मोरङ, असार-६ गते ।
मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनिहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि थान-१, कानमा लगाउने झुम्का थान-३, LCD टिभि थान-१, मोवाईल थान-२, फलामे कराई थान-१, फलामे औजार थान-४, चाँदीको सिक्री थान-१ र नेपाली नगद रू ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का बिनोद कुमार नुनियाले संचालन गरेको महाविर इलेकट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद रु. ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंकरोड का समिर लामाको wineart पसलमा राती झ्याल फुटाई नगद रु. ८९ हाजर १ सय ४५ र २ वाट मोवाईल, त्यसै गरी गत जेष्ठ १६ गते विराटनगर ९ महेन्द्र चौक स्थित अनिस रिजालले संचालन गरेको Next terms education visa serves ढोका फुटाई धाराको टुटी ७ थान र गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलले संचालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलबाट पछाडी छतबाट पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद रु. १७ हजार र ग्याँस सिलिण्डर थान १ चोरी गरेको खुलेको छ । पक्राउ परेका द्धय चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।
जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, असार-६ गते ।
नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दीका प्रहरी जवान राजेश कुमार यादव जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराधिक कार्यमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याई अबैध भन्सार छली चोरी निकासी तथा पैठारीको सामानहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने लगायत विभिन्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दीका प्रहरी जवान राजेश कुमार यादवलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल जेष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
१८ केजी गाँजा र ७ लाख नगद सहित ६ जना पक्राउ
मोरङ, असार-६ गते ।
लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतिय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई रहेका छन् भने यसै गरी भारतिय नागरिक भारत अररिया फार्बिजगन्ज का १९ बर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुर का २८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० बर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् । बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद रु ७ लाख १६ हजार ६ सय, भारतिय नगद रु २ हजार लगायत विभिन्न कम्पनीको मोवायल थान-६ फेला पारी बरामद गरेको छ । प्रहरीले थप अनुन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसार पसारमा प्रयोग गरेको को १च २४१२ नम्बरको मारुती भेन र उनिहरुले विराटनगर महानगरपालिका ६ रामपुर स्थित झाँडीमा लुकाई छिपाई राखेको १८ केजी गाँजा समेत फेला पारी बरामद गरेको छ । पक्राउ परेका मध्ये सुर्य राई भेन चालक रहेको खुल्न आएको छ । पक्राउ परेका ६ जना उपर लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।
रकम ठगी गर्ने २ जना पक्राउ
मोरङ, असार-६ गते ।
मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेका छन् । गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स-मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको साथबाट नगद रु.३२ हजार ९ सय ९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान-१, उठाएको रकम अभिलेख भएको डायरी थान-१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान-१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१ बरामद भएको छ । बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ । उनिहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । पक्राउ परेका द्धय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।
करेन्ट लागेर मृत्यु
मोरङ, असार-५ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका ८ सलकपुर का १५ बर्षीय आनन्द मेहताको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे आफ्नै सब्जिबारीमा जाँदा सिचाई गर्न मोटरको तारमा करेन्ट लागी घाईते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा सोही दिने बेलुका साढे ८ बजे मृत्यु भएको छ ।
लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ
मोरङ, असार-४ गते ।
मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ । त्यस्तै हिजो राती साढे १० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका २ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
सेल्फी खिच्दा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु
मोरङ, असार-४ गते ।
मोरङ सुनवर्षी नगरपालिका ८ कुरेली स्थितमा सोही स्थान का २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको १ वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए । घाईते मियाको बिहान सँवा ८ बजे न्युरो अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको छ । हात्ती अहिले रतुवामाई तर्फ गएको छ ।
लडेर २ जनाको मृत्यु
विराटनगर, असार-४ गते ।
ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । ओखलढुङगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ । त्यस्तै आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ बर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाडाको भिरबाट लडि मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
लडेर मृत्यु
ओखलढुंगा, असार-४ गते ।
ओखलढुङगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ ।
क्र्याक ब्यान्डेजले घाटीमा बाधी हत्या गर्ने पक्राउ
झापा, असार-३ गते ।
झापा मेचीनगर नगरपालिका ५ का ४० बर्षीय भिमराज लिम्बुको हत्या गरी फरार रहेका सोही स्थानका ५६ बर्षीय सुकराज लिम्बुलाई पक्राउ गरिएको छ । हिजो राती पौने ९ बजे मेचीनगर नगरपालिका ५ ईटाभट्टा अधेरी टोल स्थित ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा भिमराज मृत अबस्थामा फेला परेका थिए । तत्काल घटनास्थलमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले उनको हत्या भएको पुष्टी गरे सगै घटनामा संलग्न भई फरार रहेका सुकराजलाई पक्राउ गरेको हो । पक्राउ परेका सुकराजले आपसी झगडा हुदाँ खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाधी घटना घटाएको अनुसन्धानको क्रममा स्विकार गरेका छन् । उनि उपर थप अनुसन्धान तथा कानुनि कारबाही भईरहेको छ ।
लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, असार-३ गते ।
झापा मेचीनगर नगरपालिका ६ शान्तिनगर टोल स्थितबाट आज दिउसो सँवा १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय पबन राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको हो । पक्राउ परेका राई उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट थप अनुसन्धान भईरहेको छ ।
अटोमेटिक पेस्तोल सहित १ जना पक्राउ
उदयपुर, असार-३ गते ।
उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट अटोमेटिक (Made in USA) लेखिएको पेस्तोल थान १ र गोली ५ राउण्ड फेला पारेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला पारेको थियो । पक्राउ परेका चौधरी उपर थप अनुसन्धान तथा कानुनि कारबाही अगाडी बढाईएको छ ।
भिरबाट ट्रिफर खस्दा १ जनाको मृत्यु, १ जना घाईते
संखुवासभा, असार-३ गते ।
संखुवासभा चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनद्धारा संचालनमा रहेको बा.५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रिफरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भटराई रहेका छन् भने घाईते ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० बर्षीय नवराज श्रेष्ठ रहेका छन् । बुधबार बेलुका ९ बजे ट्रिफरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडी सार्दा ट्रिफर अनियन्त्रीत भई भिरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी बेश पुखुवा दोभानबाट प्रहरी टोली खटि गई घाईतेलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी तर्फ पठाएको छ ।
७८ बर्षीय बृद्धको लडेर मृत्यु
सोलु, असार-२ गते ।
सोलुखुम्बु थुलुङ दुधकोशी गाउपालिका ४ क्यामे का ७८ बर्षीय अगम शेर राईको लडेर मृत्यु भएको छ । आज बिहान के कुन समयमा घरबाट हिडेका राईको घर नजिकै पैनीको डिलमा चिप्लिएर लडी मृत अबस्थामा बिहान ९ बजे फेला परेका हुन । घटनास्थलमा प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरी टोली रहेको छ भने थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गएको छ ।
रोलरमा ठोकिएर मोटरसाईकल चालकको मृत्यु
मोरङ, असार-२ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका ८ चिउरा मिल छेउ पुर्व-पश्चिम राजमार्गमा मंगलबार बेलुका ८ बजे भएको सवारी दुर्घटनामा मोटरसाईकल चालक नबलपरासी गैडाकोट ९ घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका ८ बस्ने २५ बर्षिय गोकुल थापा भन्ने याम बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा परी घाईते भएका थापाको सोही दिनको बेलुका ९ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पुर्वबाट आउदै गरेको One Test रोलरमा सोही दिशा तर्फ आउदै गरेको को३५प ५९७१ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको थियो । सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय रुपक खड्का समेत घाईते भई धरानमा उपचार भईरहेको छ । रोलर र चालक कटहरी गाऊपालिका ४ का ३३ बर्षीय सरोज कुमार गौतम ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।
करेन्ट लागेर १ महिलाको मृत्यु
झापा, असार-१ गते ।
झापा बुद्धशान्ति गाऊपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटाको हाती जोगाउन राखेको करेन्टमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागी घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, असार-१ गते ।
मोरङ रतुवामाई नगरपालिका ९ भौडा चोक स्थितबाट प्रहरी चौकी इटहरा मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पौने ८ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का २८ बर्षीय सन्देश भट्टराई रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट ७१ ट्याब्लेट, ESKUF २ बोतल र मोटरसाईकल सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
लडेर मृत्यु
ईलाम, असार-१ गते ।
ईलाम फाकफोकथुम गाँउपालिका २ कोलबोटे का ५२ बर्षीय लाल बहादुर राईको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ५ बजे गाँउबाट घर फर्कने क्रममा घर नजिकै चिप्लिएर बाटोबाट अदान्जी ७ मिटर तल खसेर मृत्यु भएको अबस्थामा स्थानियले फेला पारेका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
झापा र ईलाममा ब्राउन सुगर सहित ५ जना पक्राउ
विराटनगर, जेष्ठ-३१ गते ।
झापा र ईलामामा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । आईतबार दिनको ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाऊपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो । त्यस्तै आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका ४ शंकरगाउँ स्थितबाट लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुले प्रयोग गरेको प्रदेश १-०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।
पानीमा डुबी छुट्टा छुट्टै स्थानमा २ जना बालिकाको मृत्यु
सुनसरी, जेष्ठ-३१ गते ।
सुनसरीको छुट्टा छुट्टै स्थानमा पानीमा डुबी २ जना बालिकाहरुको मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबी उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ पुर्‍याउदा मृत्यु भई सकेको थियो । त्यस्तै आईतबार दिनको साढे ३ बजे सुनसरीकै बराहक्षेत्र नगरपालिका ५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भई घोपा धरानमा लगी उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
रुखको हागाले लागेर मृत्यु
उदयपुर, जेष्ठ-३० गते ।
उदयपुर त्रियुगा नगरपालिका ७ पानीतारे स्थितमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका ८ धितुङ का २२ बर्षीय सरोज राई रहेका छन् । आज दिउसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमानै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै कानुनि प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिएको छ ।
बोलेरो अनियन्त्रीत भई सडकबाट २०० मिटर तर खस्दा १ जनाको मृत्यु र ३ जना घाईते
उदयपुर, जेष्ठ-३० गते ।
उदयपुर ताप्ली गाउपालिका ४ पोखरी स्थितको कच्ची सडकमा शनिबार बेलुका साढे ७ बजे लहानबाट लखनडाँडा तर्फ मिलको मेशिन बोकेर जादै गरेको बा१८च १५६७ नम्वरको वोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा बोरेलोमा सवार ४ जना मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षीय इन्द्र वहादुर बि.क. रहेका छन् । सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ बर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरे का ३० बर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वर बहादुर तामाङ घाईते भएका छन् । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली खटि गई घाईतेहरु मध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएको छ भने अर्का घाईते तामाङ सामान्य हात खुट्टा चोट लागेकोले सामान्य उपचार पश्चात घरमानै रहेका छन् । दुर्घटनामा परि मृत्यु भएका बि.क.को लास घटनास्थलमानै रहेकोले कानुनी प्रकृया पुरा गर्नको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्र.ना.उ.को टोली खटि गएको छ ।
करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान् श्रीमतीको मृत्यु
सुनसरी, जेष्ठ-२९ गते ।
सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेका छन् । आज बिहान ६ बजे स्थानियले घर नजिकै खार्सल खोलामा मृत अबस्थामा फेला परे पछी प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गएको थियो । घटनास्थलमा उनिहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको थियो । उनिहरुले गत राती के कुन समयमा खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कोठामा उनिहरुहरुको ४ बर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाईएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
श्रीमतीको हत्या गर्ने पक्राउ
ईलाम, जेष्ठ-२९ गते ।
आफ्नै श्रीमतीको हत्या गर्ने भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङ पक्राउ परेका छन् ।शुक्रबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटीमा काटेर हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोली खटिगई उनलाई नियन्त्रणमा लिएको हो । घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भईरहेको छ ।
प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ
मोरङ, जेष्ठ-२९ गते ।
मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब बसपार्क नजिकबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१ बर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी Tramadol १७० क्याप्सुल र Spaspain २०० क्याप्शुल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
ईलाम, जेष्ठ-२९ गते ।
ईलाम ननगरपालिका ७ ताराकुटीडाँडा फूलगाछीका ५० बर्षीय बीर बहादुर लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे २ बजे लाईन बनाउन भर्‍याङ लगाई बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा सोही दिनको पौने ३ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ ।
क्रेन बोकेको ट्रकमा करेन्ट लाग्दा ट्रकमा सवार २ जनाको मृत्यु, २ जना घाईते
सोलु, जेष्ठ-२८ गते ।
आज बिहान पौने ९ बजे सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा बिद्युतको तारमा क्रेनले छुईन गई करेन्ट लाग्दा २ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ मिश्रीखोला गाऊपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार क्रेन चालक स्याङजा का २३ बर्षीय राम परीयार रहेका छन् । घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाऊपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु
पाँचथर, जेष्ठ-२८ गते ।
पाँचथर हिलिहाङ गाऊपालिका १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई क्रेन अप्रेटर बारा सखुवाघाट गाऊपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागेर २ जनाको मृत्यु
झापा, जेष्ठ-२८ गते ।
झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भईसकेको थियो । त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजानै क्रममा बाटैमा मृत्यु भएको छ । घटना भएको दुवै स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ
सुनसरी,जेष्ठ-२७ गते ।
सुनसरीको कोशी गाँउपालिका-८ भान्टाबारी स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन । उनलाइ बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ९ ग्राम ५४० मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनि उपर जिल्ला प्रहरी कार्यालय सनुसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।
ट्याक्टरबाट लड्दा कामदारको मृत्यु
सुनसरी, जेष्ठ २६ गते ।
सुनसरी धरान-८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे को १ त ६७ नम्बरको धरान उप-महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह-६ का ५० बर्षीय बाबुराम पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका पौडेलको घोपा धरानमा उपचारको क्रममा दिउसो १२ बजे मृत्यु भएको थियो । ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई नियन्त्रणमा लिईएको छ ।
करेन्ट लागेर नाबालकको मृत्यु
झापा, जेष्ठ २६ गते ।
झापा बिर्तामोड-१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ बर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।
पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ
मोरङ, जेष्ठ २६ गते ।
मोरङको केरावारी गाउँपालिका-९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका-२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बुलाई मंगलवार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो । प्रहरीले गणेश लिम्बुको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र पेस्तोलको गोली १ थान बरामद गरेको थियो । यसैगरी निजकै घरमा पार्किङ गरी राखिएको पदम कुमार लिम्बुको नाममा रहेको को १ च ८३८६ नम्बरको कारबाट धारिलो हतियार खुकुरी १ थान र चक्कु १ थान बरामद भएको थियो । हातहतियार र गोली सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ
सुनसरी, जेष्ठ २५ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका मध्येका २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका हुन् भने ३० बर्षीय बसन्त राई र ३२ बर्षीय रेगन लिम्बु धनकुटाको छथरपोखरी-४ बाट जेष्ठ २४ गते पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लडेर पानीमा डुबी मृत्यु
ओखलढुंगा, जेष्ठ-२५ गते ।
ओखलढुङगाको मोलुङ गाऊपालिका ७ का २५ बर्षीय रबिन अधिकारी लडेर पानीमा डुबी मृत्यु भएको छ । सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसंग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबि मृत्यु भएको भन्ने जानकारी प्राप्त भए लगतै प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
चट्याङमा परी १ जनाको मृत्यु
मोरङ, जेष्ठ-२५ गते ।
मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई थप बुझ्ने कार्य भईरहेको छ ।
४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद
मोरङ, जेष्ठ-२४ गते ।
मोरङ जहदा गाउँपालिका १ बुधनगर स्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । आज राती साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको छ ।
करेन्ट लागेर मृत्यु
सुनसरी, जेष्ठ-२३ गते ।
सुनसरी गढी गाऊपालिका २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ
मोरङ, जेष्ठ-२२ गते ।
मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी १३ का २८ बर्षीय राजेश मेहता, ईटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, ईटहरी ३ का ३० बर्षीय मचिन राई, ईटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् । गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ प-००६१ नम्बरको रातो कलरको २०० सिसिको NS मोटरसाईकल घरबाटै चोरी भए पश्चात ईलाका प्रहरी कार्यालय बेलबारीबाट सुक्ष्म रुपमा अनुसन्धान तथा खोजतलास थालेको थियो । खोजतालसको क्रममा प्रहरीले गत जेष्ठ २१ गते चोरी भएको मोटरसाईकल राजेश मेहताको घरबाट फेला पारी मेहता सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । मेहता पक्राउ परे पश्चात चोरीमा संलग्न बाकी ६ जना आ-आफ्नै घरबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
झापा, जेष्ठ-२२ गते ।
झापा कचनकवल गाऊपालिका ६ का ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ ।
छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट २ जनाको मृत्यु
विराटनगर, जेष्ठ-१८ गते ।
आज बिहान साढे ८ बजे भएको सडक दुर्घटनाबाट सुनसरी र ईलाममा २ जनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक स्थितमा दक्षिण तर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाऊपालिका १ डाँडागाँउ का २२ बर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडी डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक का ४५ बर्षीय भिम बहादुर कार्की ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा रहेको छ ।
त्यस्तै इलाम नगरपालिका ११ आले चोक स्थित भित्रि सड्क खण्डमा बिर्तामोडबाट जितपुर तर्फ जादै गरेको ना२ ख ९२०५ नम्बरको ट्रकले सोही स्थान बस्ने पैदल यात्री ८२ बर्षीय पदम बहादुर तामाङलाई ठक्कर दिँदा घटना स्थलमानै मृत्यु भएको हो । ट्रक र चालक पाँचथर हिलिहाङ ७ का २३ बर्षीय चन्द्र बहादुर तामाङ प्रहरी चौकी चिसापानी ईलामको नियन्त्रणमा रहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
सुनसरी, जेष्ठ-१८ गते ।
सुनसरी कोशी गाऊपालिका ३ नहर चोक स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान-५०२. नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको छ ।
औषधी कालोबजारी गर्ने मेडिकल स्टोर संचालक पक्राउ
मोरङ, जेष्ठ-१७ गते ।
औषधी कालोबजारी गर्ने मोरङ विराटनगर १५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने ३५ बर्षीय रवि कुमार रजकलाई पक्राउ गरिएको छ । आईतबार दिउसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरु र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो । उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसंगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भईरहेको छ ।
१ सय ६५ केजी गाँजा सहित मानिस पक्राउ
सुनसरी, जेष्ठ-१७ गते ।
सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारी स्थित पुर्ब-पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय गणेश यादव रहेका छन् । आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।
मोटरसाईकल अनियन्त्रित भई चालकको मृत्यु
झापा, जेष्ठ-१७ गते ।
झापा शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ । आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर खाई दुर्घट्ना हुदाँ गम्भिर घाईते भएका दर्जीको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको छ ।
एम्बुलेन्स दुर्घटनबाट १ जनाको मृत्यु
पाँचथर, जेष्ठ १७ गते ।
जिल्ला पाँचथर फिदिम नगरपालिका ३ सुङनिमाचौक स्थितमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १-०१-००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा जिल्ला पाँचथर याङवरक गाऊपालिका २ बस्ने ५० बर्षीया ममता राई, सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राई घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । घाईते मध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको छ भने अन्य घाईतेहरुको अबस्था सामान्य रहेको छ । एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८बर्षीय बिरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा रहेको छ ।
ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, जेष्ठ-१६ गते ।
झापा बुद्धशान्ती गाऊपालिका ३ धाईजन चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान भईरहेको छ ।
पानीको खाल्डोमा डुबी बालिकाको मृत्यु
मोरङ, जेष्ठ-१६ गते ।
मोरङ सुनवर्षी नगरपालिका ४ स्थित जागीटोल बस्ने बल बहादुर ताजपुरीयाको ८ बर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । शनिबार बेलुका सँवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको निजकै आमाले देखी तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई थप बुझ्ने कार्य भईरहेको छ ।
नालीमा डुबेर नाबालिकाको मृत्यु
संखुवासभा, जेष्ठ १५ गते ।
खाँदबारी-३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन । उनको खादबारी १ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा ल्याई उपचार भईरहेकोमा उपचारकै क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
मोरङ, जेष्ठ १४ गते ।
मोरङको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहिवार साँझ ६ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका-२ केरौनका ३२ बर्षीय दिलिप चौधरी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको हो भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कोशी नदीमा हामफालेका एक ब्यक्तिको शकुसल उद्धार
सुनसरी, जेष्ठ १४ गते ।
सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको शकुशल उद्धार गरिएको छ । बिहिवार अपरान्ह पौने ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० बर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै शकुसल उद्धार गरेको हो । उद्धार गरिएका पुरुषलाई उपचारको लागी ईनरुवा अस्पताल पठाएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित २ जना पक्राउ
झापा, जेष्ठ-१२ गते ।
झापा गौरीगंज गाऊपालिका २ लालमाटी स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ बर्षीय कमल दाहाल रहेका छन् । उनिहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, WIN Spasmo48 -२८ ट्याब्लेट र Nitravet -३० ट्याब्लेट फेला पारेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भईरहेको छ ।
रुखले किचेर १ जनाको मृत्यु
धनकुटा, जेष्ठ-१२ गते ।
जिल्ला धनकुटा सहिदभुमी गाऊपालिका ३ छिन्ताङ ४२ बर्षीय नारायण कुमार राईको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिनको ३ बजे छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्न डोरीले तान्ने क्रममा सोही रुखले किचेर राईको घटनास्थलमानै मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान गरिरहेको छ ।
एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जना पक्राउ
सुनसरी, जेष्ठ-११ गते ।
सुनसरी धरान उपमहानगरपालिका २ रत्नरोड स्थितबाट प्रहरीले एम्बुलेन्सबाट १०० के.जी. गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका ७ बजे अस्थाई प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाको भेडेटारबाट धरानतर्फ आउदै गरेको को१च ५५५९ नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५/२५ के.जी. को ४ वटा झोलामा जम्मा १०० के.जी. लागूऔषध गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा सहित एम्बुलेन्स, एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बल बहादुर लिम्बु र सोही एम्बुलेन्समा सवार धनकुटा घर भई हाल धरान ११ बस्ने २८ बर्षीय पोशन राईलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
रुखले किचेर मृत्यु
धनकुटा, जेष्ठ-११ गते ।
धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ । आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलि किचेर घटनास्थालमानै मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जितपुरबाट र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु
झापा, जेष्ठ-१० गते ।
झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी B&C अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, जेष्ठ-१० गते ।
जिल्ला मोरङ बिराटनगर १६ दरैया स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । आईतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४३ बर्षीय सजजु साहीलाई DIALEX – DE २ बोतल, NITRAVET ३० ट्याब्लेट, SPASMO-PROXYVON PLUS ८ ट्याब्लेट सहित पक्राउ गरिएको छ । पक्राउ परेका साहीलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
पोखरीमा डुबी मृत्यु
मोरङ, जेष्ठ-९ गते ।
पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका छन् । शनिबार बेलुका ६ बजे कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबी बेपत्ता भएको खबर प्राप्त भए लगतै ईलाका प्रहरी कार्यालय पथरीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि गई स्थानियको सहयोगमा खोजतलास गर्दा आज बिहान १० बजे पाण्डेको मृत अबस्थामा लाश फेला परेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, जेष्ठ-९ गते ।
मोरङ बिराटनगर १७ मटेरुवा चौक स्थितबाट लागूऔषध सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध DIALEX-DC ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, SPASMO –PROXYVON PLUS -४३२ चक्की सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
माछा मार्ने क्रममा नदिले बगाई बेपत्ता
भोजपुर, जेष्ठ-९ गते ।
भोजपुर अरुण गाऊपालिका ७ का २४ बर्षीय युवराज अधिकारीलाई नदिले बगाई बेपत्ता भएका छन् । गत राती १२ बजे उनि सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा ९/१० जना साथीहरुसंग मिलेर माछा मार्ने क्रममा अरूण नदिले बगाई लगी बेपत्ता पारेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी जरायोटाटबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, जेष्ठ-८ गते ।
झापा मेचीनगर नगरपालिका ६ बद्री टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राई रहेका छन् । शुक्रबार दिउसो १ बजे लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधरमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनिहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको छ ।
लागूऔषध सहित २ जना पक्राउ
उदयपुर, जेष्ठ-८ गते ।
उदयपुर त्रियुगा नगरपालिका ७ धरमपुर स्थितबाट लागूऔषध सहित २ जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय अमिर खड्का र २० बर्षीय सुरज कार्की रहेका छन् । शुक्रबार दिउसो २ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध PHENERGAN १२ एम्पुल, NOOPHIN १२ एम्पुल र DIAZELAB १२ एम्पुल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।
हत्यामा संग्गल्न १ जना पक्राउ
मोरङ, जेष्ठ ०७ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेका छन् । आज बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उक्त हत्याको घटनामा राईको संग्लग्नता रहेको पाएसंगै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
औषधी कालोबजारी गर्ने १ जना पक्राउ
मोरङ, जेष्ठ ०७ गते ।
मोरङको बिराटनगर महानगरपालिका-३ बाट औषधी कालोबजारी गर्ने १ जना पक्राउ परेका छन् । सिरहा धनगढीमाई नगरपालिका-७ फुलकाहाकट्टी घर भई हाल विराटनगर महानगरपालिका -३ विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी संचालन गर्ने २२ बर्षिय रविन्द्र महतो औषधी कालोबजारी गरेको आरोपमा पक्राउ परेका हुन् । महतोले सिरहा बरियारपट्टी गाउँपालिका -३ का ४५ को राम नारायण मुखियालाई २०७८।०१।२५ गते देखि २०७८।०१।३० गतेसम्म फार्मेसीमा औषधी बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधीको बास्तविक मुल्य लेख्ने र अर्को खातामा बढि मुल्य लेख्ने तथा ग्राहकलाई त्यही बढि मुल्यको खाता देखाई औषधीको बढि मुल्य लिने गरेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले महतोलाई फार्मेसीबाट नै पक्राउ गरेको हो । पक्राउ परेका महतोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
झापा, जेष्ठ ०७ गते ।
झापाको कमल गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-३ सानो केर्खामा बिहिवार राती पौने ९ बजे प्रदेश ३-०१-०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा शिवसताक्षी नगरपालिका-१ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भईरहेको छ ।
हुण्डी कारोवारमा संलग्न ३ जना नगद सहित पक्राउ
मोरङ, जेष्ठ ०६ गते ।
हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । आज दिउँसो मोरङको बिराटनगर महानगरपालिका-११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर-१३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका-१ की २५ बर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर -१३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो । साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१,७१,५००।– (एकाई लाख एकत्तरहजार पाँच सय) र भारतीय रुपैयाँ २३,०००।– (तेईस हजार) तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको थियो । त्यस्तै अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवायल तथा नगद डिपोजिट रसिद बरामद भएको हो । यसरी ठुलो मात्रामा नगद रकम सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने तयारी भईरहेको छ ।
ट्याक्टर दुर्घटना १ जनाकोमृत्यु २ जना घाईते
खोटाङ, जेष्ठ ०६ गते ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १-०२-००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट २० मिटर जती तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी-४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ट्याक्टरका चालक र सह-चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनकोशी नदीले बगाएर बालक बेपत्ता
ओखलढुङगा, जेष्ठ ०६ गते ।
ओखलढुङगाको सुनकोशी गाउँपालिका-१ नबिन राईको १३ बर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका छन् । आज बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा बालक बेपत्ता भएका हुन् । बेपत्ता भएका बालकको प्रहरी तथा स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको छ ।
बेलिब्रिज बनाउने क्रममा कामदारको मृत्यु
ताप्लेजुङ, जेष्ठ ०६ गते ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ रानीपुल स्थितमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लडेको र सोही क्रममा पुल लगाउन राखिएको फलाम समेतले किच्दा बारा सिमराका २६ बर्षीय श्याम सुन्दर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
भिरबाट लडेर २ जनाको मृत्यु
बिराटनगर, जेष्ठ ०६ गते ।
सोलुखुम्बु र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ बर्षीय सिताराम बस्नेतको स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको हो । बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा देखी प्रहरीलाई खबर गरे संगै ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ । यसैगरी उदयपुरको कटारी नगरपालिका-८ मरुवाखानी बस्ने २९ बर्षीया गिता बि.क.को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भिरबाट लड्दा बि.क.को घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
पानीमा डुबिरहेको अवस्थामा मृत फेला
पाँचथर, जेष्ठ ०६ गते ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् । नेम्वाङ , बुधवार राती ९ बजेको समयमा निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
देवर द्धारा भाउजु हत्या, हत्यामा संग्लग्न पक्राउ
मोरङ, जेष्ठ ०५ गते ।
मोरङको रङगेली नगरपालिका-३ का १९ बर्षीय बिनोद यादव भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ७ बजेको समयमा रङगेली नगरपालिका-३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी निजलाई पक्राउ गरेको हो । मृतक अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै-झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।

बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, जेठ ०५ गते ।
जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मालाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल बैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।


प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।


सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु
सोलुखुम्बु, जेठ ०५ गते ।
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो । मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल भईरहेको छ ।
जंगली हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु
झापा, जेष्ठ-४ गते ।
झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।
मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु
मोरङ, जेष्ठ-४ गते ।
मोरङको बुढीगंगा गाऊपालिका ३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् । सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षीण तर्फ जादै गरेको प्र १-०२-०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही दिन राती ९ बजे मृत्यु भएको हो । सो दुर्घटनामा मोटरसाईकल चालक सुनसरी ईटहरी ७ का २५ बर्षीय समराज्य चौधरी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ ।
खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ
झापा,जेष्ठ-३ गते ।
झापाको झापा गाँउपालिका-२ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा-१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन । पैदल हिडिरहेका तिनै जनालाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद गरेको हो । यसरी ब्राउनसुगर सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
भरुवा बन्दुक सहित ४ जना पक्राउ
खोटाङ, जेष्ठ-२ गते ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बि.क. रहेका छन् । गत राती १० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको टोली खटि गई डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु सहित नियन्त्रणमा लिएको छ भने बि.क.लाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट थान १ लगाएत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जना उपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।
करेन्ट लागेर २ जनाको मृत्यु
विराटनगर, जेष्ठ-१ गते ।
सुनसरी र पाँचथरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे सुनसरी गढि गाऊपालिका २ औराबनी का ३५ बर्षीय अरुण चौधरीको ईनरुवा ७ बलाहा छेउमा रहेको ओम सक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बिहान साढे ९ बजे मृत्यु भएको छ भने आज दउसो साढे ११ बजे पाँचथर याङबरक ५ का २२ बर्षीय रोमी लिम्बुको घर बनाउने मजदुर काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा दिउसो सवाँ १२ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।
छुरा प्रहार गरि हत्या, हत्यामा संलग्न ३ जना पक्राउ
मोरङ, जेष्ठ-१ गते ।
मोरङ लेटाङ-३ त्रिशुली चोक स्थितमा सोही स्थानका २२ बर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या भएको छ । हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बु रहेका छन् । उनिहरुले शुक्रबार राती पौने ९ बजे पुरानो रिसिईबीको कारण राईलाई पेटमा छुरा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईतेको विराट नर्सिङहोम विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको छ । छुरा प्रहार गरि फरार रहेकाहरुको ईलाका प्रहरी कार्याल लेटाङबाट प्रहरी टोली खटि गई खोजतालस गरि घटनामा संलग्न रहेका तिनै जनालाई पक्राउ गरि उनिहरु उपर आबश्यक अनुसन्धान भईरहेको छ ।
भर्‍याङबाट लडेर मृत्यु
पाँचथर, जेष्ठ-१ गते ।
पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ बर्षीय राजु राईको भर्‍याङबाट लडि मृत्यु भएको छ । शुक्रबार राती १ बजे आफ्नै घरको भर्‍याङबाट अचानक चिप्लेर लडि घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रबार दिउसो साढे १२ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
हिमाल आरोहण गर्ने क्रममा २ बिदेशी नागरीकको मृत्यु
सोलुखुम्बु, बैशाख ३१ गते ।
सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहिवार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय PUWEILIU को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो । यसैगरी सगरमाथा आरोहणका लागी हिडेका स्विजरल्याण्डका नागरीक पासपोर्ट नम्बर x४०३४४४६ का ४१ बर्षीय abdulwaheed/aawaraich सोही स्थानमा हिउँमा चिप्लिएर मृत्यु भएको हो । मृतक दुवै जनाको उद्धारको लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पहल गरिरहेको छ ।
जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
झापा, बैशाख ३० गते ।
झापाको कमल गाउँपालिका-३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई आज बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको छ ।
मोटरसाईकल दुर्घटना चालकको मृत्यु
झापा, बैशाख ३० गते ।
झापाको मेचीनगर नगरपालिका-१० टिकापुरमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधवार राती सवा ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किदा मोटरसाईकल चालक मेचीनगर नगरपालिका-१२ का ३० बर्षीय कुजैहाङ लिम्बु घाईते भएका थिए । घाईतेलाई उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा, बैशाख २९ गते ।
झापाको कन्काई नगरपालिका-३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका-७ की ७१ बर्षीया कमला माया कामीलाई ठक्कर दिंदा कामीको घटनास्तलमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अरुण तेस्रोको सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु
संखुवासभा, बैशाख २९ गते ।
संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा(लुज) खस्दा शुक्लाफाँट नगरपालिका-१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ढुङगाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएका छन् । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अटो टेम्पु भिरबाट खस्दा १ जना बालकको मृत्यु, ४ जना घाईते
खोटाङ, बैशाख-२९ गते ।
खोटाङ जन्तेढुंगा गाउपालिका ५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ । उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमानै मृत्यु भएको हो । उक्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको हो । मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१ स. ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली खटि गई घाइतेहरुलाई उद्धार गरि उपचारको लागी घोपा धरान तर्फ पठाईएको हो ।
पानीमा डुबी मृत्यु
मोरङ, बैशाख-२९ गते ।
जिल्ला मोरङ रंगेली ५ आँपगाछी का रमेश मण्डलको धान खेतमा बोडिङको पानी जमेको खाल्डोमा डुबेको अबस्थामा १ जना महिला मृत अबस्थामा फेला परेको छ । मंगलबार बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय रंगेलीमा खबर प्राप्त भए पश्चात प्रहरी टोली खटिगई बुझ्दा सोही स्थान बस्ने ५५ बर्षीय पारु देवी रिसिदेव रहेको खुलेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
घाँस काट्न जाँदा लडेर मृत्यु
ओखलढुंगा, बैशाख-२९ गते ।
ओखलढुङगा मोलुङ गाऊपालिका ५ लिस्पु का ६५ बर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे उनि घरबाट गढी जंगलमा घास काट्न गएकोमा अबेर सम्म पनि घर फर्कि नआए पछी परिवारले खोजतालस गर्दै जाँदा बाटो देखी अन्दाजी २५ मिटर तर लडी घाईते अबस्थामा फेला पारेका थिए । घाईतेको घरमा ल्याई उपचारको लागी लैजाने तयारी गर्दै गर्दा दिनको ३ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई बुझ्ने कार्य भईरहेको छ ।
पानी खान जाँदा लडेर बृद्धको मृत्यु
ईलाम, बैशाख-२९ गते ।
ईलाम, ईलाम नगरपालिका ११ बस्ने ८० बर्षीय बृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ । मंगलबार दिनको २ बजे उनि घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको जानकारी प्रहरीलाई गराउन साथ प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।
करेन्ट लागी मृत्यु
भोजपुर, बैशाख-२८ गते ।
भोजपुर पौवादुम्मा गाऊपालिका १ अरुणडाडा का ३० बर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकोले उनि साथीहरुसंग आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भर्‍याङ लगाई चड्ने क्रममा करेन्ट लागी अन्दाजी २५ फिट माथीबाट खस्दा घटनास्थलमानै मृत्यु भएको छ । घटनाको बारेमा जानकारी पाऊन साथ ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
सिटी सफारी दुर्घटनाबाट बालिकाको मृत्यु
मोरङ, बैशाख-२८ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका ५ तीनपैनी स्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार बालिकाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे को१ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार रहेकी सोही स्थान बस्ने रुद्र खड्काको छोरी ५ बर्षीय बालिका रबिना खड्का घाईते भएकी थिईन । घाईते बालिकाको धरान घोपामा उपचारको क्रममा दिउसो ११ बजे मृत्यु भएको छ । सिटी सफारी र चालक सोही स्थानका हरि नारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, बैशाख-२८ गते ।
मोरङ बिराटनगर १३ का २८ बर्षीय बिर नारायण यादवलाई लागूऔषध सहित पक्राउ गरिएको छ । सोमबार बेलुका ८ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया बस्तीबाट उनलाई लागूऔषध Spascore–von plus ४८ चक्की , नाईट्रोसन ६२ चक्की, Diaiex DX १० बोतल सहित पक्राउ गरेको हो । पक्राउ परेका यादव उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
करेन्ट लागेर बालकको मृत्यु
धनकुटा, बैशाख-२८ गते ।
धनकुटाको धनकुटा नगरपालिका ५ बाल मन्दिर स्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० बर्षीय संजोग श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागी घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ढुंगाले किचिर बालकको मृत्यु
ताप्लेजुङ, बैशाख-२७ गते ।
ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ शान्थाक्रा का १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको छ । आज दिउसो साढे २ बजे फूङलिङ नगरपालिका ७ स्थित सव-बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सन द्वारा भिर चट्टान फोर्ने कार्य भई रहेकोमा सोही बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग गई ढुङगा ओसार्ने क्रममा माथीबाट ढुङ्गा झरी किचेर बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पानीमा डुबेर बालकको मृत्यु
मोरङ, बैशाख-२७ गते ।
मोरङ रंगेली नगरपालिका ९ बेदमारी स्थितमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ । आज बिहान पौने १० बजे भारत बिहार घर भई सोही स्थानमा रहेको देवि इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको छोरा १० बर्षीय अलिअर मिया खेल्ने क्रममा उक्त पानीको खाल्डोमा डुबी गम्भिर घाईते भएका थिए । घाईते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
आगोलागीबाट ७ वटा बाख्रा र १ वटा गाईको जली मृत्यु
मोरङ, बैशाख-२७ गते ।
मोरङ बुढिगंगा गाऊपालिका ६ कोयलपुर का जंग बहादुर तामाङको गाई गोठमा आगोलागी हुँदा गोठ सहित ७ वटा बाख्रा, १ वटा गाई जली मृत्यु भएको छ भने २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् । गत राती २ बजे तामाङको गाईगोठमा आगोलागी हुन साथ प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । उक्त आगो गाईगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आगोबाट अन्दाजी ३ लाख बराबरको क्षेती भएको र अन्य मानबीय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।
ज्याननै जाने गरी हतियार प्रहार गरी लाखौको धनमाल लुट्ने ३ जना पक्राउ
सुनसरी, बैशाख-२६ गते ।
सुनसरी धरान १५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी-३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् । यही बैशाख ११ गते बिहान सँवा ९ बजे सोही स्थानका झरना बिश्वकर्मा र उनको छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरना कि आमा गोबिन्द माँया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद रु. २ लाख र घरमा रहेका सुनका गरगहना गरी जम्मा रु. ११ लाख ४० हजार ९५० बराबरको धनमाल डाँका गरी लगेका थिए । सो घटनामा घाईते भएकी गोबिन्द मायाको न्यूरो अस्पताल विराटनगरमा पठाईएकोमा उपचारको क्रममा बैशाख १९ गते मृत्यु भएको थियो । उक्त घटनामा सम्लग्न प्रतिबादीहरुको खोजतलासका लागी पिडित परिवारको जाहेरी तथा स्थानीय मानिसको सुचनाको आधारमा सुक्ष्म रुपले अनुसन्धान प्रकृया अगाडी बढाईएको थियो । उक्त घटनाको गहन अनुसन्धान थालेको १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उल्लेख गरिएका सामान सहित घटनामा संलग्न उनिहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेका उनिहरुले लुटेर लगेको गहनाहरु सोनी राईले बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाई छिपाई राख्न दिएको भनि खुल्न आए पश्चात लक्ष्मीको कोठा खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा सुनका गहनाहरु समेत फेला पारी बरामद गरिएको हो । पक्राउ परेका उपर कर्तव्य ज्यान र डाँका मुद्धामा ईलाका प्रहरी कार्यालय धरानबाट कारवाही प्रकृया अगाडी बढाईएको छ ।
प्रहरीको सक्रियतामा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर स्थानिय मोटर ग्यारेजहरुबाट प्राप्त गरी रिफिलको लागी डिलरमा बुझाईयो
झापा, बैशाख-२६ गते ।
झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको छ । गत बुधबार देखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको हो । उक्त जम्मा पारिएको सिलिण्डरहरु रिफिल गर्नको लागी कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आ-आफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसंग समन्वय गरी जम्मा गरिएको साथै उक्त सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपुर्ति गर्ने व्यवस्था मिलाउने समेत सो कार्यालयले जनाएको छ ।
चट्याङमा परी १ जनाको मृत्यु, २ जना घाईते
मोरङ, बैशाख-२६ गते ।
आज बिहान पानी सहित परेको चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनि बारीमा काम गरिरहेको अवस्थामा चट्याङमा परी गम्भिर घाईते भएका उनको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाऊपालिका ६ पोखरिया का ४५ बर्षीय मुक्तर मिया अन्सारी र निजकै श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसि रहेको अवस्थामा चट्याङको झट्का लागी घाईते भएका हुन् । उनिहरुको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कुटपिटबाट १ जनाको मृत्यु
ओखलढुंगा, बैशाख-२६ गते ।
मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेका छन् । शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको हो । सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सुनुवार समेत घाईते भएकाले स्थानिय क्लिनिकमा उपचार पश्चात ईलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
नक्कली स्टिकर टाँस गरी औषधी बिक्री बितरण गर्ने मेडिकल औषधी पसल संचालक सहित २ जना पक्राउ
मोरङ, बैशाख-२५ गते ।
सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोक का २६ बर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ बर्षीय श्रवण कुमार यादव रहेका छन् । शुक्रबार दिनको १२ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले संचालन गरेको साथी मेडिकल औषधी पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी) र Remdesivir नामक औषधि १ बट्टा (सिसी) फेला पारेको हो । आलमले स्टासेफ औषधी रू ९० मा खरीद गरि Remdesivir औषधीको नक्कली स्टिकर टाँस गरी ८ हजार सम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमबाट खुलेको छ । उनले उक्त औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएको हो । Remdesivir औषधी कोरोना संक्रमितको उपचारमा प्रयोग हुने गरेको जनाएको छ । सो क्रियाकलापमा संलग्न अर्का यादव भने यस अघी २०७७ साल कार्तिक २५ गते विराटनगर ११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार रहेका थिए । यादवलाई शुक्रबार विराटनगर १६ रानी आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको छ भने यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको सो कार्यालयले जनाएको छ ।
रुखले किची १ जनाको मृत्यु
सुनसरी, बैशाख-२५ गते ।
सुनसरीको ईटहरी १७ टिकुलिया का ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किची गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
भिरबाट लडेर १ जनाको मृत्यु
उदयपुर, बैशाख-२५ गते ।
उदयपुर कटारी नगरपालिका ११ चिलाउने का ४२ बर्षीय हर्क बहादुर तामाङको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार दिनको साढे ११ बजे बेतेनीबाट घर फर्किने क्रममा सोही स्थानको आफ्नै घर भन्दा माथीको भिरबाट अन्दाजी ५०० मिटर तल खसि मृत्यु भएको जानकारी पाए लगतै प्रहरी चौकी बेतेनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
रुखबाट लडेर १ जनाको मृत्यु
ईलाम, बैशाख २४ गते ।
ईलाम नगरपालिका-५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक सोही रुखबाट लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
टिकटक बनाउने क्रममा भिरबाट लडेर १ जनाको मृत्यु
उदयपुर, बैशाख २४ गते ।
उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान-५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकोमा उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पानीमा डुबीरहेको अवस्थामा मृत फेला
झापा, बैशाख २४ गते ।
झापाको हल्दिवारी गाउँपालिका-४ का ३३ बर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित २ जना पक्राउ
मोरङ, बैशाख २४ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बिहिवार राती १० बजेको समयमा भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक ईटहरी उप-मानगरपालिका-४ का २४ बर्षीय असिम बस्नेत र स्कुटरमा पछाडी सवार रहेका ईटहरी उप-मानगरपालिका-५ का ३२ बर्षीय कुमार बिश्वकर्मा लागुऔषध सहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनिको २ थान मोवायल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
कपास उद्योगमा आगलागी अन्दाजी १० लाखको क्षति
झापा, बैशाख २४ गते ।
झापाको मेचीनगर नगरपालिका-१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहिवार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको तथा आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो आगलागी प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
दाजुले कुटपीट गर्दा भाईको मृत्यु
उदयपुर, बैशाख २३ गते ।
उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ । गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाई वीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल लगी उपचार भईरहेकोमा उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
खोटाङ, बैशाख २२ गते ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ का लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान पौने ८ बजेको समयमा घरबाट दिदिको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पौडी खेल्दाँ डुबेर मृत्यु
झापा, बैशाख-२१ गते ।
झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनि साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए । थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।
लडेर १ जना महिलाको मृत्यु
ईलाम, बैशाख-२१ गते ।
ईलाम माइ-जोगमाई गाऊपालिका ५ सोयाङ की ५४ बर्षीय ख्याम कुमारी लिम्बुको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी टाउकोमा चोट लागी गम्भिर घाइते भएकी लिम्बुको उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउन साथ राती सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
बायोग्यास कोइला फ्याक्ट्रीमा आगोलागी
झापा, बैशाख-२० गते ।
झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षेती भएको छ । आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् । सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षेती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उक्त आगोबाट हाल सम्म मानबिय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।
मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु, दुई घाईते
मोरङ, बैशाख-१९ गते ।
मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी-उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र.१-०२-०४१ प. २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०२-०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । सो दुर्घटनामा गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ बर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाईकल चालक रंगेली नगरपालिका ५ का २१ बर्षीय मनजय ठाकुर र सोही मोटरसाईकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० बर्षीय नबिन ठाकुर घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । दुर्घटनामा संलग्न दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित २ जना पक्राउ
बिराटनगर, बैशाख १९ गते ।
धनकुटा र उदयपुरका २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-७ बाट धरान उपमहानगरपालिका-१९ का २३ बर्षीय भिमराज लिम्बु AVIL ४४ एम्पुल ,LUPIGESIC ३८ एम्पुल, DIAZELAB ४७ एम्पुल लागुऔषध सहित पक्राउ परेका हुन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-६ चुहाडेबाट त्रियुगा नगरपालिका-१२ का २१ बर्षीय पप्पु मल्लिक डुम लागुऔषध डाईजेपाम ६० एम्पुल, न्युफिन ६० एम्पुल, फेनारगन -६० एम्पुल र सिरिन्ज -१ थान सहित शनिवार साँझ ६ बजे पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अरुण नदिमा डुबेर बेपत्ता
भोजपुर, बैशाख १९ गते ।
भोजपुरको षडानन्द नगरपालिका-७ का २९ बर्षीय रुद्र बहादुर न्यौपाने अरुण नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । शनिवार दिउँसो सवा १ बजेको समयमा षडानन्द नगरपालिका-६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
भरुवा बन्दुक सहित १ जना पक्राउ
सोलुखुम्बु, बैशाख १९ गते ।
सोलुखुम्बुको सोताङ गाउँपालिका-१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरी पक्राउ परेका हुन् । जंगलमा शिकार खेल्न गएको भन्ने सूचना प्राप्त भएसंगै प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले ३ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ केजि, टर्च लाईटमा प्रयोग हुने ब्याट्रि ७ थान, लाईटर १ थान , केप १ थान, मोबाईल २ थान र १० मिटर तार सहित पक्राउ गरेको हो । उक्त घटनामा अन्य ४ जनाको समेत संग्लग्नता रहेको बुझिन आएको तथा खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पहिरोले पुरी चौपायको मृत्यु तथा क्षति
ओखलढुंगा,बैशाख-१८ गते ।
ओखलढुंगा चम्पादेवि गाँगपालिका-३ सिल्खुबेसी स्थितमा बर्षाका कारणबाट आएको पहिरोबाट ७ वटा चौपायहरुको पुरिएर मृत्यु भएको छ भने ७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।आज दिउँसो पौने ४ बजे बर्षाको कारणबाट पहिरो जादा चम्पादेवि-३ सिल्खुवेसीका हरि प्रसाद सुबेदीको ३ वटा गाई, मोहन मगरको २ वटा गोरू र मुनामाया बोगटीको २ वटा गाईको पुरिएर मृत्यु भएको तथा ७ घरहरु जोखिममा रहेको उक्त कार्यालयले जनाएको छ ।
करेन्ट लागेर एकको मृत्यु
झापा,बैशाख १८ गते ।
झापा कचनकबल-२ बस्ने ७३ बर्षीया गंगादेबी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा एक्कासी गंगादेबीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ

दुर्घटनाबाट दुई जनाको मृत्यु
बिराटनगर,बैशाख १८ गते ।
मोरङ ग्रामथान-५ बस्ने ३५ बर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे ग्रामथान-२ स्थितमा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक माझी गम्भीर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर र चालक सुनसरी बर्जु-५ का जय नारायण चौधरी नियन्त्रणमा रहेका छन ।


यसै गरी झापा बिर्तामोड-४ का २० बर्षीय सन्दिप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोल स्थितमा मे १ त ७००५ नम्बरको ट्रयाक्टर बालुवा अनलोड गर्नको लागी ब्याक गर्ने क्रममा ट्रयाक्टरको डाला पल्टिदा ट्रयाक्टरमा रहेका सह चालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रयाक्टर र चालक सोही स्थानका अनिल खड्का नियन्त्रणमा रहेका छन ।

च्ट्याङ लागेर एकको मृत्यु
सुनसरी,बैशाख १८ गते ।
सुनसरी गढी-२ औरावनी बस्ने ६० बर्षीय रघुनाथ यादवको च्ट्याङले लागेर मृत्यु भएको छ । आज बिहान ०८ बजे खेतमा भैसी चराउन गएका यादबलाइ बर्षा सँगै आएको च्ट्याङले लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
कुटपिटबाट १ जनाको मृत्यु
सोलुखुम्बु, बैशाख १८ गते ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ का ६३ बर्षीय बिर बहादुर राईको कुटपीटबाट मृत्यु भएको छ । बैशाख १० गते राती १० बजेको समयमा स्थानीय ४६ बर्षीय शन्तुराज राई र बिर बहादुर राई बिच सामान्य घरायशी बिषयमा बादबिबाद भई झगडा हुँदा शन्तुराजले बिर बहादुरलाई कुटपिट गरी घाईते बनाएका थिए । घाईतेलाई उपचारको लागी बाँसवारी न्युरो अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो । घटना बारे जानकारी पाए लगत्तै प्रहरी टोली खटि गई कुटपिटमा संग्लग्न रहेका शन्तुराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मोटरसाईकल दुर्घटना चालकको मृत्यु
पाँचथर, बैशाख १८ गते ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ गुम्बाडाँडामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ३ बजेको समयमा पाँचथरको पौवाभञ्याङबाट ईलाम तर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिका-३ का १८ बर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बसले किचिरे १ जनाको मृत्यु
मोरङ, बैशाख-१७ गते ।
मोरङ लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ बर्षीय सहबिर मगर रहेका छन् । बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । बस र चालक पथरीशनिस्चरे ४ का ३३ बर्षीय गंगा प्रसाद लुईटेल प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
चट्याङमा परी १ जनाको मृत्यु
तेह्रथुम, बैशाख-१६ गते ।
तेह्रथुम आठराइ गाऊपालिका ४ कालिपा का ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ । बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
सनसरी, बैशाख-१६ गते ।
सुनसरी इटहरी १२ खनार का २८ बर्षीय साजन सरदारको करेन्ट लागी मृत्यु भएको छ । बुधवार दिनको २ बजे सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका सरदारको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा सोही दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
लागूऔषध सहित ३ जना पक्राउ
विराटनगर, बैशाख-१६ गते ।
बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकास थापा र केराबारी १० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् । धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई ६ आमबारी चोकबाट NITRAVET-10 ५४ क्याप्सुल, Tramadol - ९८ क्याप्सुल, SPASPAIN- १४ क्याप्सुल र ब्राउन सुगर २९० मिलीग्राम सहित पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितमा राईलाई लागूऔषध एभिल १० एम्पुल र डाईजाल्याब ९ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु १२ जना घाईते
उदयपुर, बैशाख १५ गते ।
उदयपुरको उदयपुरगढी -७ मा आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान पौने १२ बजेको समयमा उदयपुरगढीबाट गाईघाट तर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बलेरो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा बलेरोमा सवार रहेका १३ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट पठाईएकोमा उदयपुरगढी गाउँपालिका-१ का ३७ बर्षीय शिव खत्रीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगर पठाएको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लिफ्टमा चेपिएर १ जनाको मृत्यु
सुनसरी, बैशाख-१५ गते ।
सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोक स्थितमा रहेको पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुर का १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको छ । मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
मोरङ, बैशाख-१५ गते ।
मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का२१ बर्षीय सागर तामाङ् र सोही स्थानका १७ बर्षीय दिपेश राजवंशी रहेका छन् । मंगलबार बेलुका ७ बजे प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुको साथबाट प्रतिबन्धीत औषधी Tramol -१०० चक्की र डिकोलिक -१०० चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लबारीले जनाएको छ ।
पेस्तोल सहित १ जना पक्राउ
मोरङ, बैशाख १४ गते ।
मोरङको बिराटनगर महानगरपालिका-७ बाट पेस्तोल सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ घर भई उक्त स्थानमा आर.एम.टेडर्स हाडवेयर पसलका संचालक २३ बर्षीय सुजित साह रहेका छन् । आईतवार राती ८ बजेको समयमा राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा साहले लुकाई छिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड गोली बरामद गरेको थियो । हतियार सहित पक्राउ परेका साहको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
विराटनगर, बैशाख-१४ गते ।
सुनसरी र मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमबार बेलुका ३ बजे सुनसरी ईटहरी २० पानीपिया स्थित कोशी राजमार्गमा धरान आउदै गरेको ना ५ ख ५८२३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०२-०४० प ५८२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक धनकुटा आले -४ का २० बर्षीय राकेश राईको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक मोरङजा २८ बर्षीय कृष्ण कुमार माझी तत्काल फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।
त्यस्तै सोमबार साँझ साढे ६ बजे मोरङ पथरी शनिश्चरे ७ स्थित उत्तर तर्फ आउदै गरेको मे१त ४१६२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक कानेपोखरी ५ चिसाङ का २१ बर्षीय बिनोद अधिकारी गम्भिर घाईते भएका थिए । उनको नोवेल शिक्षण अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारी मोरङले जनाएको छ ।
लागूऔषध कारोबारी गर्ने १ जना पक्राउ
सुनसरी, बैशाख-१३ गते ।
सुनसरीको धरान १६ का २३ बर्षीय निखिल जोशीलाई लागूऔषध सहित पक्राउ गरेको छ । उनले धरान २ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत बिक्री बितरण गर्ने गरेको सुचना पाए लगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जोशीको चिया पसलबाट लागूऔषध SPASMO PR0XYVON R PLUS -६०० ट्याब्लेट बरामद गरेको हो । बरामद गरिएको लागूऔषध सहित उनलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु
मोरङ, बैशाख-१२ गते ।
मोरङ केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त वहादुर राई शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ । यही बैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग शिकार खेल्न गएकोमा बैशाख ९ गते दिउसो गजेन्द्र र रुबिनले हस्त बहादुरको शिकार खेल्ने क्रममा आफैले चलाएको गोली लागी मृत्यु भएको भनि प्रहरीलाई खबर गरे लगतै घटनास्थलमा ईलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटि गई घटनास्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो । घटना सम्बन्धमा थप बुझ्न ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा बैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागि हस्त वहादुर राईको घटनास्थलमा मृत्यु भएको खुल्न आएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पक्राउ परेका उपर ज्यान सम्वन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
झापा, बैशाख-१२ गते ।
झापाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे कमल गाऊपालिका ४ सितापुरी चौक स्थितमा प्र १-०१-०१२ प १६०२ नम्बरको मोटरसाईकलले सोही स्थानका ६ बर्षीय बालक निश्चल खड्का ठक्कर दिई घाईते बनाएको थियो । घाईते बालकको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको छ । त्यस्तै झापाको बिर्तामोड २ रामचौक स्थित पुर्व-पश्चिम राजमार्गमा मे१०प ५५२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा ९ का ३० बर्षीय सुमन थापा र पछाडी सवार अर्जुनधारा ७ की २७ बर्षीया सुसना राई घाईते भई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएको थियो । घाईते मध्ये सुसनाको उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको थियो भने अर्का घाईते सुमनको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु
खोटाङ, बैशाख-११ गते ।
खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवा स्थित मध्ये पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाईते र १६ जना सामान्य घाईते भएका छन् । बा३ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा सो बसका सह-चालक सिन्धुली घ्याङलेक गाऊपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको छ । दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाईएको छ । उक्त दुर्घटनामा अबरुद्ध भएको सडक दिउसो सँवा २ बजे JCB लगाई दुर्घटना भएको बसलाई साईड लगाई बाटो सूचारु गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
झापा, बैशाख-११ गते ।
झापा दमक नगरपालिका २ त्रिवेणीटोल की १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेण्ट लागी गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, बैशाख-११ गते ।
झापा अर्जुनधारा नगरपालिका -८ का १९ बर्षीय राहुल राजवंशीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । शुक्रबार बेलुका सँवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर - ६ पिंकि ठ्याकबाट राजबंशीलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
ईलाम, बैशाख-११ गते ।
ईलाम सुर्योदय नगरपालिका - ५ गोरख का २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे सोही स्थानमा भन्ज्याङबाट गोरख तर्फ जादै गरेको मे३प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागी फिक्कल अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।
सवारी दुर्घटनामा परि २ जना मोटरसाईकल चालकको मृत्यु
मोरङ, बैशाख-१० गते ।
मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आज दिउसो ११ बजे केराबारी ८ स्थित जंगलमा को१त ५८४९ नम्बरको ट्याक्टरले को३४प ९०६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही स्थानका ५० बर्षीय नरेश कुमार सोडारी घाईते गम्भिर घाईते भएका थिए । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो पौने १२ बजे मृत्यु भएको छ । ट्याक्टर र चालक केराबारी १० का २१ बर्षीय उमेश मल्लिक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । त्यस्तै आज दिउसो साढे १ बजे मोरङकै सुन्दरहरैचा १० स्थित खोर्साने-केराबारी सडक खण्डको जंगलमा दक्षिण आउदै गरेको को१ख ६५४७ नम्बरको टिफरले बिपरित दिशाबाट आएको स३प ६३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक बेलबारी ९ डागिहाट का २६ बर्षीय सुरेश कुमार चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार झापा धरमपुर घर भई बेलबारी ११ लक्ष्मीमार्ग का ३४ बर्षीय रुपेश अधिकारी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । टिफर र चालक उर्लाबारी ७ बस्ने ४८ बर्षीय बिर्ख बहादुर धिमाल प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
बन्दुकले हानी हत्या
ताप्लेजुङ, बैशाख-१० गते ।
ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ जिदिमा का २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् । बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका हुन । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गरेको कारण भने तत्काल नखुलेको सो कार्यालयले जनाएको छ ।
पोखरीमा डुबेर बालकको मृत्यु
झापा, बैशाख-१० गते ।
झापा बुद्दशान्ति गाऊपालिका -३ सयपत्री स्थितमा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका १३ बर्षीय बालक नितेश पौडेलको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ५ बजे स्कुलबाट घर फर्किने क्रममा साथी सोही स्थानका १४ बर्षीय सुजन चौहान र उनी सोही स्थानमा रहेको माछा पोखरीमा पौडी खेल्न पस्दा डुबेको स्थानियले देखी सुजनलाई उद्धार गरी उपचारको लागी लिभिङ होम अस्पताल पठाईएको थियो भने नितेश डुबी बेपता भएकोमा पोखरोको पानी सुकाई खोजतालस गर्ने क्रममा बेलुका ७ बजे मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
१३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपड परामद
सुनसरी, बैशाख ९ गते ।
सुनसरी ईटहरी-९ स्थित राजमार्गबाट आज विहान साढे ९ बजे अबैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैया बराबरको लत्ताकपडाहरु परामद गरिएको छ ।बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको कुर्ताको कपडा ४४ रोल, साडी ३५७ पिस ,गम्छा ३२५ पिस र बेहुलीको साडी ९७ पिस फेला पारी बरामद गरेको हो । यसरी बरामद गरिएको लत्ताकपडा,ट्रक र चालक समेतलाई आवश्यक कारबाहीका लागी राजश्व अनुसन्धार क्षेत्रिय कार्यालय ईटहरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
रुखको हागा भाचिएर लागी बालकको मृत्यु
झापा, बैशाख-९ गते ।
झापा कमल ५ सितापुरी का ८ बर्षीय योजल राईको रुखको हागा भाचिएर लागी मृत्यु भएको छ । आज दिउसो ११ बजे उनि बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हागा भाचि लाग्दा गम्भिर घाईते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृत्यु भई सकेका ब्यक्तीको नक्कली नागरिक्ता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ
झापा, बैशाख-९ गते ।
झापा बिर्तामोडका स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई पक्राउ गरि आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी ३ का ३९ बर्षीय मंगल सिंह राजवंशी, झापा भद्रपुर ७ का ५२ बर्षीय नवीन कोइराला, झापा बाह्रदशी ५ का ५० बर्षीय लिलाधर राजवंशी, झापा गौरीगंज १ का ३७ बर्षीय बलराम बिश्वकर्मा, झापा शिबसताक्षी ८ का ४२ बर्षीय भुपदेव कटुवाल रहेका छन् भने यसै गरी झापा अर्जुनधारा ५ का ५३ बर्षीय लेखनाथ खनाल, झापा बिर्तामोड ४ का ३४ बर्षीय गोविन्द वान्तवा, बिर्तामोड १० का ७१ बर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड ४ की ३३ बर्षीया रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ बर्षीय राजन विश्वकर्मा रहेका छन् । यो समुहले झापा बिर्तामोड १ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पुर्व-पश्चिम राजमार्गमा जोडिएको स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यो समुहले उक्त जग्गा ठगी गर्नको लागी पक्राउ परेका मध्ये देवी प्रसाद पाण्डेलाई नक्कली टुंग बहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाई मिति २०७७ साल असोज २८ गते काठमाण्डौ जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल बिर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको र उक्त वारेशनामा मार्फत झापा बिर्तामोड ४ की रञ्जु राईको नाममा मिति २०७७ साल माघ २१ गते राजिनामा पास गरेको घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेसगै १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह (RIT) ,जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न रहेका मध्ये यि १० जनालाई पक्राउ गरि सार्बजनिक गर्न सफल भएको हो । यस ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधीहरुको समेतको संलग्नता तथा पहिचान भई फरार रहेका उनिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
चट्याङमा परी १ महिलाको मृत्यु
मोरङ, बैशाख-९ गते ।
मोरङ कानेपोखरी २ दलेली की ४३ बर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ । आज बिहान साढे ८ बजे उनि पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिईन । घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
बुवाको हत्या अभियोगमा छोरा पक्राउ
सुनसरी, बैशाख-९ गते ।
सुनसरी बराहक्षेत्र ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् । यही बैशाख ७ गते उनले घरयासी बाद बिबाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको मृत्यु पश्चात उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट १ महिलाको मृत्यु
झापा, बैशाख-९ गते ।
झापा भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान कि ७५ बर्षीया गायत्री देवी प्याकुरेल रेहेकी छिन् । आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलि तर्फ जादै गरेको मे१क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।
१० लाख बराबरको चिया जली नष्ट
ईलाम, बैशाख-९ गते ।
ईलाम सुर्योदय नगरपालिका ९ गैरिगाउ स्थितमा रहेको ग्रामिण चिया उद्योग प्रा.लि.मा आज बिहान साढे ५ बजे आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलि नष्ट हुँदा १० लाख बराबरको क्षेती भएको जनाएको छ । सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानियको सहयोमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको छ । आगोलागीबाट मानबिय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
बिजुलीको पोलले लागेर मृत्यु
सुनसरी, बैशाख-९ गते ।
सुनसरी ईनरुवा न.पा ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोल लडेर लागी मृत्यु भएको छ । बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका सँवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।
लागूऔषध नाईट्राभेट चक्की सहित १ जना पक्राउ
मोरङ, बैशाख-८ गते ।
मोरङ बिराटनगर ५ का २३ बर्षीय श्याम मण्डललाई लागूऔषध नाईट्राभेट चक्की सहित पक्राउ गरेको छ । आज दिउसो ३ बजे बिराटनगर १६ दरैया स्थितबाट प्रहरीले उनलाई लागूऔषध नाईट्राभेट २९ चक्की सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
अवैध सुनको कारोवार गर्ने १ जना पक्राउ
सुनसरी, बैशाख-८ गते ।
सुनसरी इटहरी १६ घर भई हाल ईटहरी ६, कालिका गोल्ड एण्ड सिलभर हाउसका संचालक २८ बर्षीय शेख राज घिमिरेलाई अवैध सुनको टिल सहित पक्राउ गरिएको छ । मंगलबार साँझ साढे ८ बजे उनलाई ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी ६ स्थित विराटनगर लाईनबाट हिडिरहेको अवस्थामा सुनको टिल १९५.४७० ग्राम, नगद १ लाख ५८ हजार सहित पक्राउ गरेको हो । घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री बितरण गर्न हिडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।उनलाई बरामद गरेको सुन सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजाश्व कार्यालय ईटहरीमा बुझाएको सो कार्यालयले जनाएको छ ।
जाली नोट सहित ३ जना पक्राउ
सुनसरी, बैशाख-८ गते ।
सुनसरी ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट मंगलबार साँझ सँवा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जाली नोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्धा दर्ता गराई थप अनुसन्धान समेत भईरहेको सो कार्यालय जनाएको छ ।
फ्याक्ट्रीमा आगोलागी हुँदा करोडौको क्षेती
सुनसरी, बैशाख- ८ गते
सुनसरी ईटहरी १२ खनार चोक स्थितमा संचालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा.लि. मा आगोलागी हुँदा करोडौको क्षेती भएको छ । मंगलबार दिउसो साढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगोबाट अन्दाजी १० करोड बराबरको क्षेती भएको जनाएको छ । सो आगोलागीबाट मानबिय क्षेती नभएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
झापा, बैशाख-८ गते ।
झापा मेचिनगर नगरपालिका १३ चारआली चौक स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे१ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो । सो दुर्घटनाबाट मोटरसाईकल चालक मोरङ पथ्रिशनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भई उपचारको लागि B&C अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो भने सोही मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने २२ बर्षीय सागर लिम्बु समेत सामान्य घाईते भई मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
माछा मार्ने क्रममा नदीमा खसेर मृत्यु
संखुवासभा, बैशाख-७ गते ।
संखुवासभा मकालु गाऊपालिका ३ एकुवाफेदी का ३० बर्षीय रामजी तामाङको नदिमा खसेर मृत्यु भएको छ । सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदिमा माछा मार्ने क्रममा तामाङ ढुङगामा चिप्लिएर नदीमा खसी बेपत्ता भएका थिए । प्रहरी र स्थानियबासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बिचमा तामाङको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, बैशाख-७ गते ।
मोरङ बिराटनगर ४ कञ्चनबारी स्थितबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषध सहित सुनसरी धरान ८ का ३२ बर्षीय दिपेन तामाङलाई पक्राउ गरेको छ । सोमबार दिउसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
फलामले किचेर मजदुरको मृत्यु
सुनसरी, बैशाख-६ गते ।
सुनसरी दुहबी नगरपालिका २ स्थित रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फरामले किचेर मृत्यु भएको छ । आज बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता २ का ४० बर्षीय दिपेन्द्र यादबले फलाम पल्टाउँदा सोही फलामले किचेर घाईते भएका थिए । उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगरमा पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भईसकेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु
झापा, बैशाख-६ गते ।
झापा मेचीनगर नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्ग ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पुर्व जादै गरेको WB73B3324 नम्बरको ईन्डियन ट्रकले साईकललाई ठक्कर दिँदा साईकल यात्री मेचीनगर नगरपालिका ८ जोर सिमल का ३० बर्षीय मनोज मेचे गम्भिर घाईते भएका उनको B&C अस्पतालमा उपचारको क्रममा बिहान सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतालस भईरहेको सो कार्यालयले जनाएको छ ।
चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, बैशाख-६ गते ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विश्वबाटनै लोपोन्मुख वन्यजन्तु “रेड पाण्डा” को चोरी शिकारी तथा अबैध कारोवार गर्नेहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरीक्षक मन्दिप चौहानलाई निजले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७७ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
पेस्तोल सहित १ जना पक्राउ
सुनसरी, बैशाख-६ गते ।
सुनसरी कोशी गाऊपालिका ४ स्थित जुद्धगंजबाट हतियार सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका - १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो । मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनि माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भारतिय नागरिक ब्राउन सुगर सहित पक्राउ
झापा, बैशाख-६ गते ।
झापा दमक नगरपालिका ६ नमुना मार्गस्थितबाट प्रहरीले ब्राउन सुगर सहित भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत का २६ बर्षीय सिद्धिक आलम रहेका छन् । आईतबार दिउसो साढे १ बजे प्रहरीले चेकजाचको गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग्राम १६० मिलिग्राम फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
जिप दुर्घटनाबाट चालकको मृत्यु
तेह्रथुम, बैशाख-६ गते ।
तेह्रथुम ७ लाप्छायाङ टोल स्थितमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ । गत राती साढे ९ बजे म्याङलुङ देखि मोराहाङ तर्फ जादै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाऊपालाक ५ का ४६ बर्षीय कृष्ण खापुङ गम्भिर घाईते भएका थिए । घाईते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ ।
मिति २०७७ साल बैशाख देखी चैत्र महिना सम्ममा ६ हजार ८ सय ७६ मुद्धा दर्ता, ३८ करोड भन्दा बढी राजश्व संकलन
बिराटनगर, बैशाख-०५ गते ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मिति २०७७ साल बैशाख देखी चैत्र महिना सम्ममा ६ हजार ८ सय ७६ मुद्धा दर्ता, ३८ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्की यस प्रदेशमा मिति २०७७ साल बैशाखमा हाजिर भए देखी चैत्र मशान्त सम्मको एक बर्षको समय अवधीमा मात्र ६ हजार ८ सय ७६ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७८७ जना फरार प्रतिवादी पक्राउ गरी ७४४ बर्ष कैद भुक्तान भई , ३ करोड ४३ लाख ५० हजार १ सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ३४८८ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने १२१३.१९९ केजी गाँजा बरामद भएको छ ।
यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ५३ हजार १११ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ८ हजार १४२ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु ३ हजार ८९ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२९.९६ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७७ हजार ४१ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १५० जना मानिस पक्राउ गर्नुका साथै १८ करोड ७९ लाख ८ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४१ जना मानिस र ७०६ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ५५ लाख १८ हजार २२० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ५५ जना मानिस पक्राउ गर्नुका साथै ३००१.१२ क्यू.फिट. काठ बरामद गरी ५० लाख ६ हजार ७१६ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ३५ हजार ३२३ वटा सवारी साधनलाई कारवाही गर्दा १४ करोड ८४ लाख ७८ हजार राजश्व संकलन भएको छ । यसरी मिति २०७७ साल बैशाख देखी चैत्र महिना सम्ममा ६ हजार ८ सय ७६ मुद्धा दर्ता भई ३८ करोड १२ लाख ६१ हजार १७४ राजश्व संकलन भएको हो ।
डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ
सुनसरी,बैशाख-०५ गते ।
डाँका मुद्दाका ५ फरार प्रतिबादीहरुलाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु-१ की ३६ बर्षीया सृजना चौधरी, ईटहरी-१३ का ३२ बर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ बर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० बर्षीय अजिम मिया र सुनसरी दुहबी-११ का ३० बर्षीय सर्वन उराव रहेका छन । यो समुहले मिति २०७७ साल फागुन ६ गते सुनसरी बर्जु-१ का शुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरी शुभाष लगायतको उनको परिवारलाइ कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत डाँका गरी लगेको खुल्न आएको छ । पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिषिवी साध्ने सोच बनाई यो समुहलाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको समेत खुल्न आएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको 7.65KF लेखिएको १ राउण्ड गोली लगायतका सामनहरु बरामद गरिएको तथा उनिहरु उपर थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
सुनसरी, बैशाख-५ गते ।
सुनसरी धरान १५ का ३३ बर्षीय मनि प्रसाद लिम्बुलाई लागूऔषध सहित पक्राउ गरेको छ । आज दिउसो २ बजे बिशेष सुचनाको आधारमा प्रहरीले लिम्बुको घरमा लुकाई छिपाई राखेको लागूऔषध DILEX –DC -२२ बोतल, NITROSUN-R - ६७ ट्याबलेट र गाँजा २०० ग्राम फेला पारी उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
मोरङ, बैशाख-५ गते ।
मिक्लाजुङ गाउपालिका ३ सुन्दरीचोक का ५१ बर्षीय सुरेन्द्र गड्तौलालाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । आज दिउसो ३ बजे उर्लाबारी ४ स्थित आईतबारे बजारमा प्रहरीले चेकजाँचको क्रममा उनलाई प्रतिबन्धित औषधी Tramadol २०० चक्की र DE colic २०० चक्की सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ, बैशाख-५ गते ।
मोरङ बुढिगंगा गाऊपालिका ४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सभा १० बजे उत्तर जादै गरेको ना६ख ३०४० नम्बरको ट्रकले को९प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक बिराटनगर १४ जतुवा का ४५ बर्षीय अन्जनि सिंह गम्भिर घाईते भएका थिए । घाईते सिंहको बिराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक र चालक बारा निजगड कोल्बी नगरपालिका २ का ३२ बर्षीय भिम बहादुर बिक प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जली मृत्यु
झापा, बैशाख-५ गते ।
झापा बुद्दशान्ति गाऊपालिका ४ देविबस्ती बस्ने ज्योति विमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जलि मरेका छन् । गत राती साढे १२ बजे लागेको आगोले बिमलीको इटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्म, फर्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जली नष्ट हुँदा अन्दाजी ६५ लाख बराबरको क्षेती भएको छ । उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा बिहान पौने ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो लागीको कारण भने खुल्न नसकेको सो कार्यालयले जनाएको छ ।
भारतिय नोट सहित १ जना पक्राउ
मोरङ, बैशाख-५ गते ।
मोरङ बिराटनगर १७ मटेरुवा स्थितबाट सुनसरी धरान ८ का ५५ बर्षीय नौसाद मियालाई भारतिय नोट सहित पक्राउ गरिएको छ । शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतिय नोट ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजार सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, बैशाख-५ गते ।
मोरङ बिराटनगर १६ हुलास चौक स्थितबाट शनिबार बेलुका सभा ४ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका २ का २४ बर्षीय रहिम मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट -१५० चक्कि सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
विराटनगर, बैशाख-५ गते ।
सुनसरी र मोरङमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । हिजो राती पौने ८ बजे सुनसरी ईटहरी ६ पुर्वपश्चिम राजमार्गमा पुर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को३३ प ३२४० नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईटहरी ८ का ४२ बर्षीय बिरेन्द्र चौधरी गम्भिर घाईते भएका थिए । उनको घोपा धरानमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको छ । बस र चालक ईटहरी १२ खनार का ३८ बर्षीय सन्तोष वि.क. नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । त्यस्तै आज बिहान ६ बजे मोरङ धनपालथान गाऊपालिका ४ स्थित भलुवा चौकमा पश्चिम तर्फ जादै गरेको को२७प ६४५९ को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक रंगेली नगरपालिका २ का २३ बर्षीय भोला शर्मा र पछाडी सवार सोही स्थान ३ का २२ बर्षीय कासमिक मुर्मु गम्भिर घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा चालक शर्माको ७ बजे मृत्यु भएको छ भने अर्का घाईते मुर्मुको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
लागूऔषध र नियन्त्रित औषधी सहित मेडिकल पोलि क्लिनिकका संचालक पक्राउ
उदयपुर, बैशाख-४ गते ।
उदयपुर बेलका नगरपालिका १ आम्बासी स्थितमा रहेको बेलका मेडिकल पोलि क्लिनिक प्रा.लि. का संचालक सप्तरी चिरहुत गाऊपालिका २ मैनाकडेरी का २६ बर्षीय सुबोध यादबलाई लागूऔषध र नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । बिषेश सुचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्दा TRAMADOl HYDROCLALORIDE -१९८ ट्याब्लेट, DICYCLOMINE HYDROCLALORIDE - ५१५ ट्याब्लेट, KOFTAB-D - ३०५ ट्याब्लेट, TRAMADOl HYDROCLALORIDE OPIDOL - १५०२ ट्याब्लेट, PREGOUT KIT १० ट्याब्लेट, SILDENAFIL- ४ ट्याब्लेट, ZUNUGRA RED १२ ट्याब्लेट र नगद रु १,१७,००० (एक लाख सत्र हजार) , मोबाईल १ थान बरामद गरेको छ । बरामद गरिएको सामान सहित उक्त क्लिनिकका संचालक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका उनको अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
ट्याक्टरको ट्रलीबाट लडी १ जनाको मृत्यु
उदयपुर, बैशाख-४ गते ।
उदयपुर त्रियुगा नगरपालिका १ जोगीदह कि ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट झरी मृत्यु भएको छ । शुक्रबार बिहान साढे १० बजे उनि जंगलबाट घासँ काटी आउदै गरेको प्रदेश २-०१-००१त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडी डालामा बसी आउने क्रममा सोही ट्याक्टरको ट्रलीबाट लडी गम्भिर घाईते भएकी उनको उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुनसरी, बैशाख-३ गते ।
सुनसरी बराहक्षेत्र नगरपालिका ४ धनपुरी नयापुलका ५७ बर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो पौने १ बजे सोही स्थानमा चतराबाट झुम्का तर्फ गईरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । बस र चालक बराहक्षेत्र ५ का ४६ बर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको सो कार्यालय जनाएको छ ।
चट्याङबाट २ जनाको मृत्यु
विराटनगर, बैशाख-३ गते ।
भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया साईडको टाउको देखि घाँटी सम्म जली अचेत अवस्थामा रहेकी उनको उपचारको लागी तयारी हुँदा हुदै राती सभा ११ बजे घरैमा मृत्यु भएको थियो भने राईको सोही दिन बेलुका ६ बजे आफ्नै घरमा बसीरहेको अवस्थामा अचानक चट्याङ लागी बेहोस भई लडी टाउकोमा चोट लागी घाईते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जनाएको छ ।
प्रतिबन्धीत लागूऔषध सहित १ जना पक्राउ
मोरङ, बैशाख-२ गते ।
मोरङ बिराटनगर १६ हुलास चौक स्थितबाट १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । बुधबार बेलुका ६ बजे लागु औषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा सुनसरी खनार १० का १९ बर्षीय अर्जुन चौधरीलाई लागूऔषध नाईट्राभेट २२ चक्की सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु र अर्का एक जना सवार घाईते
झापा, बैशाख-२ गते ।
झापा शिवसताक्षी नगरपालिका ११ दुधे स्थित पुर्व-पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का १ जना सवार गम्भिर घाईते भएका छन् । आज बिहान साढे ४ बजे पश्चिम तर्फ जादै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रीत भई दुर्घट्ना हुँदा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ का २० बर्षीय उत्सब घिमिरे र सोहि एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० बर्षीय सन्तोष तामाङ गम्भिर घाईते भई उपचारको लागी दुवैलाई B&C अस्पताल बिर्तामोड लैजादै गर्दा चालक घिमिरेको बाटैमा मृत्यु भएको थियो भने तामाङको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्याक्टरबाट लडी सह-चालकको मृत्यु
पाँचथर, बैशाख-२ गते ।
पाँचथर फाल्गुनन्द गाऊपालिका ४ का २८ बर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडी मृत्यु भएको छ । बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापु तर्फ जादै गरेको प्रदेश १-०१-००१त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सह-चालक चेम्जोडङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्याक्टर र चालक पाँचथर कुम्मायक ३, रानिगाँउ का २३ बर्षीय काली बहादुर तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ
मोरङ, बैशाख-०१ गते ।
मोरङ कानेपोखरी-७ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली-६ का १९ बर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा-७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी-६ का २८ बर्षीय अनमोल घिमिरे रहेका छन । हिजो दिउसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
सुनसरी, बैशाख-०१ गते ।
सुनसरी ईटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी-७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय सायल चौधरी रहेका छन । हिजो बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनिहरुलाई स्थानीय सहित खोजी गरिरहेको प्रहरीले फेला पारी उपचारको लागी घोपा धरान लगिएकोमा उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ
मोरङ, बैशाख-०१ गते ।
मोरङ कानेपोखरी-७ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली-६ का १९ बर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा-७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी-६ का २८ बर्षीय अनमोल घिमिरे रहेका छन । हिजो दिउसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
आगोलागीबाट लाखौको क्षती
विराटनगर, चैत्र-३१ गते ।
खोटाङ र संखुवासभामा भएको आगोलागीबाट लाखौको क्षेती भएको छ । सोमबार दिउसो २ बजे संखुवासभा धर्मदेबी ६ हुङबुङ का नर बहादुर थायुम राईको घरबाट सल्लेको आगोले सलमान जिमीको घर र ईन्द्र बहादुर जिमीको कटेरो समेतमा आगोलागी भएको थियो । उक्त आगोबाट ३ वटा घर तथा घर भित्र रहेका सरसामानहरु, बाख्रा ८ वटा, सुगुर १ गरी अन्दाजी ३५ लाख २९ हजार बराबरको क्षेती भएको छ । आगोलागीको कारण भने खुल्न सकेको छैन् । सो आगो प्रहरी र स्थानियको सहयोगमा बेलुका ६ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
त्यस्तै आज बिहान साढे ४ बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थितमा रहेको हर्क राज राईले संचालन गरेको गणेश फर्निचर उद्दोगमा विद्दुतको तार सर्ट भई आगलागी हुँदा फर्निचरका सामानहरु, जेनेरेटर सहित अन्य सरसामान गरी अन्दाजी ५० लाख ८६ हजार बराबरको क्षेती भएको छ । सो आगो दम्कल, प्रहरी, सेना र स्थानियको सहयोगमा बिहान साढे ५ बजे नियन्त्रणमा आएको छ भने गत राती सभा २ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ ज्यामिरे का कुलमान चुहानको घर र गोठ गुवालीमा आगोलागी हुँदा घर, गोठ सहित चौपायमा भेडा-२, बाख्रा ८ वटा, खसी -४ वटा, पाठा-६ वटा, पाठी-२ वटा, कुखुरा -११ वटा जलि मरेका छन् । मानबिय क्षेती नभएको सो आगो प्रहरी र स्थानियको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
उदयपुर, चैत्र-३१ गते ।
उदयपुर कटारी नगरपालिका ४ सिम्ले बस्ने ३९ बर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
थ्रेसरबाट आगोलागी हुँदा लाखौको क्षेती
सुनसरी, चैत्र-३० गते ।
सुनसरी दुहबी नगरपालिका ११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको धनमाल क्षेती भएको छ । आज दिउसो साढे ११ बजे सोमनलाल माझीको घर आगनमा थ्रेसर राखी गँहु झारी रहेको अबस्थामा अचानक थ्रेसरबाट आगोलागी हुँदा प्र.-१-००२-००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र सोमलाल माझीको घर तथा घरमा रहेका सरसामान, अन्नपात जलि नष्ट हुँदा अन्दाजी १९ लाख बराबरको धनमाल क्षेती भएको हो । उक्त आगो दम्कल, प्रहरी र स्थानियको सहयोगमा दिउसो साढे १ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगो निभाउने क्रममा सोही स्थानका ४७ बर्षीय राजेन्द्र शाह समेत घाईते भई उपचारको लागी बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
आगोले जलि बृद्धाको मृत्यु
तेह्रथुम, चैत्र-३० गते ।
तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलि मृत्यु भएको छ । आज बिहान साढे ९ बजे उनि घरदेखी नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो । बासझ्याङमा आगो सल्किएको थाहा पाई स्थानिय किशोर प्रसाद सिग्देल र फुलमाया की जेठि बुहारी आई निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरिरको पुर्णरुपमा कपडा जलिसकी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
गाँजा सहित २ जना पक्राउ
सुनसरी, चैत्र-३० गते ।
सुनसरी धरान ३ शान्तिपथ स्थितमा आईतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमि ६ का २० बर्षीय निगम राई र सोही स्थानका १९ बर्षीय शुक्रराज राई रहेका छन् । को१३प ६७८२ नम्बरको मोटरसाईकलमा सवार गरि आएका उनिहरुले बोकेको झोलाबाट लागूऔषध गाँजा २ केजी फेला परेको हो । उनिहरुले चढेको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
करेन्ट लागी मृत्यु
मोरङ, चैत्र-३० गते ।
मोरङ सुन्दरहरैचा ७ गोठगाउका २६ बर्षीय बिनोद घिमिरेको करेन्ट लागी मृत्यु भएको छ । आईतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाईरिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु
मोरङ, चैत्र-३० गते ।
मोरङ लेटाङ ९ का ४५ बर्षीय रबिन्द्र कुमार लिम्बुको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ । गत राती साढे १२ बजे लेटाङ ९ पारुहाङ चोक स्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक लिम्बुको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी १ जनाको मृत्यु
सुनसरी, चैत्र-२९ गते ।
सुनसरी ईटहरी १ आपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ रहेका छन् । आज दिउसो सभा २ बजे सडक साईडमा रोकी राखेको प्रदेश१-०२-००१ ख ४६६५ नम्बरको ट्रिफर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घट्नास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ट्रिफर र चालक ईटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
फरार प्रतिबादी ब्राउन सुगर सहित पक्राउ
उदयपुर, चैत्र-२९ गते ।
उदयपुर त्रियुगा नगरपालिका ११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिन थान १, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गत माघ १६ गते देखी कार्की ब्राउन सुगर बिक्री बितरण मुद्धाको फरार प्रतिबादी समेत रहेको सो कार्यालयले जनाएको छ ।
प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ
सुनसरी, चैत्र-२९ गते ।
सुनसरी धरान १० का २६ बर्षीय दिनेश खड्कालाई प्रतिबन्धी औषधी सहित पक्राउ गरिएको छ । आज बिहान ९ बजे धरान ६ पानमारी स्थितबाट उनलाई प्रतिबन्धीत औषधी CETADOL 344 क्याप्सुल र SPASPAIN 333 क्याप्सुल सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रतिबन्धीत औषधी आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग कार्यालय विराटनगर पठाईएको सो कार्यालयले जनाएको छ ।
दुर्घटनाबाट १ जनाको मृत्यु
झापा, चैत्र-२९ गते ।
झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व-पश्चिम राजमार्गमा आज बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालक अर्जुनधारा ५ बैसाबारी का ३८ बर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ । पुर्व तर्फ जादै गरेको मे१ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जादै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाईकलले ओभर ट्याक गर्ने क्रममा बसमा ठोकिन गई मोटरसाईकल अनियन्त्रित भई बिपरीत दिशाबाट आउदै गरेको ना४ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिई घाईते भएका चौधरीको उपचारको लागी B&C अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । ट्रक, ट्रक चालक ईलाम देउमाई ६ रक्सेका ४२ बर्षीय निमा शेर्पा र बस, बस चालक मोरङ उर्लाबारी ४ का ३० बर्षीय खड्क बहादुर भुजेल नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
साईकल चोरी गर्ने पक्राउ
सुनसरी, चैत्र-२९ गते ।
सुनसरी ईनरुवा नगरपालिका २ का ५० बर्षीय अश्रुधिन मियालाई साईकल चोरी गरी लादै गरेको अबस्थामा पक्राउ गरिएको छ । शनिबार बेलुका ८ बजे बराहक्षेत्र १० प्रकासपुरमा लाग्ने साप्ताहिक हटियाबाट पार्किङ गरी राखेको साईकल चोरी गरी लैजादै गरेको अवस्थामा मियालाई प्रहरीले पक्राउ गरेको हो । उनको साथ ४ ओटा साईकलको चाबी, साईकल खोल्न प्रयोग गर्ने मास्टर चाबी समेत फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, चैत्र-२८ गते ।
मोरङ बिराटनगर मनपा-१५ हुलास चोक स्थितबाट आज बेलुका ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट -१२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
स्काईभेटरको बकेटले लागी अप्रेटरको मृत्यु
मोरङ, चैत्र-२८ गते ।
मोरङ जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागी सोही स्काईभेटरका चालक ताप्लेजुङ्ग का २६ बर्षीय दिपक तामाङको मृत्यु भएको छ । शुक्रबार दिउसो साढे २ बजे स्काईभेटरको तेल हाली स्काईभेटरको अप्रेटर रहेका तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्की घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
बोलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा, चैत्र-२८ गते ।
झापा बुद्धशान्ति गाऊपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती साढे ८ बजे उत्तर तर्फ जादै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले तत्काल नामथर, वतन नखुलेको अन्दाजी ४० बर्षीय पुरुष मानिसलाई ठक्कर दिई घाईते भएका उनको B&C अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना गराउने बोलेरो र चालक मेचिनगर ३ बाहुनडाँगीका ५४ बर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
ढुंगाले किची मृत्यु
मोरङ, चैत्र-२८ गते ।
मोरङ केराबारी गाऊपालिका ८ आमजुङी बस्ने ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किची मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १ बजे सोही स्थानमा रहेको खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागी नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागी सितलमा बसिरहेको अबस्थामा सोही ढुङ्गाले किचि लिम्बुको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ
सुनसरी, चैत्र-२८ गते ।
सुनसरी धरान ११ का २२ बर्षीय पवन राईलाई प्रतिबन्धीत औषधी सहित पक्राउ गरिएको छ । शुक्रबार राती ९ बजे धरान ८ तीनकुने स्थितमा चेकजाँच गर्दा उनलाई प्रतिबन्धीत औषधी TARMADOL-467 Tablet र SPASPAIN-367 Tablet सहित पक्राउ गरी अनुन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
चट्याङमा परी ३ जना घाईते
विराटनगर, चैत्र-२७ गते ।
बिहीबार बेलुका बर्षा सगै परेको चट्याङबाट छुट्टा छुट्टै स्थानका ३ जना मानिस घाईते भएका छन् । संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएका थिए । हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको जनाएको छ । त्यस्तै सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवा उपचार भईरहेको छ भने ओखलढुंगा सिद्धिचरण ६ बस्ने १५ बर्षीया रश्मिता मगर घर भित्र रहेको अवस्थामा चट्याङमा परी घाईते भई मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।
पौडी खेल्ने क्रममा डुबी मृत्यु
ओखलढुंगा, चैत्र-२७ गते ।
ओखलढुङगा चम्पादेवि गाऊपालिका २ खोपगाउ का २० बर्षीय प्रकास सुनुवारको पौडी खल्ने क्रममा डुबी मृत्यु भएको छ । बिहीबार दिउसो ११ बजे सोही स्थानमा रहेको लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेको स्थानिय मानिसहरुले देखि खोलाबाट निकाली उपचारको लागी जिल्ला सिन्धुली खुर्कोट स्थित सुनकोशि सामुदायिक अस्पताल लगेकोमा उपचारको क्रममा सुनुवारको दिउसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
श्रृङखला बद्ध चोरीमा संग्लग्न १ जना ईटहरीबाट पक्राउ
सुनसरी, चैत्र २६ गते ।
ईटहरीका बिभिन्न स्थानमा श्रृङखला बद्ध रुपमा चोरी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-१२ घर भई मोरङको केरावारी गाउँपालिका- ९ मा डेरा गरी बस्ने ३० बर्षीय बिजु मोते रहेका छन् । बिगत केही महिना देखि ईटहरी एरियाका बिभिन्न स्थानहरुबाट दिन दहाडै चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुको जाहेरीको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुमा रहेको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान गरी चोरीमा संग्लग्न रहेका मोतेलाई मंगलवार राती साँढे ८ बजे ईटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका मोतेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित १ जना पक्राउ
मोरङ, चैत्र-२६ गते ।
मोरङ बिराटनगर १६ हुलासचौक स्थितमा ट्याम्पु चालकलाई लागूऔषध सहित पक्राउ गरिएको छ । आज बिहान साढे ७ बजे को२ह ५८०६ नम्बरको अटो चालक सुनसरी धरान १६ का २४ बर्षीय निखिल जोशीले चलाई ल्याएको सो ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारी ट्याम्पो सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
कोशी नदीमा हामफालेका बृद्धको सकुशल उद्धार
सुनसरी, चैत्र २५ गते ।
कोशी नदीमा हामफालेका झापा बिर्तामोड नगरपालिका-३ का ८४ बर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको छ । आज अपरान्ह सवा ४ बजेको समयमा कोशी नदीमा एक ब्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझिहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरीरहेको छ ।
आगोले जलेर बृद्धाको मृत्यु
खोटाङ, चैत्र २५ गते ।
खोटाङको बराहपोखरी गाउँपालिका-२ बस्ने ७४ बर्षीया डम्बर कुमारी मगरको आगोले जलेर मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा स्थानीय तरेभिर जंगलमा आगलागी भएको र उक्त आगलागी प्रहरी तथा स्थानीयवासीहरुले नियन्त्रणमा लिने प्रयास भईरहेको अवस्थामा भीरको माथी बसीरहेकी बृद्धालाई एक्कासी आगोको लप्काले भेटेर शरिरमा आगो लाग्दा घाईते भएकीमा तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने तयारी गर्दे गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरी, चैत्र २५ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-५ मा आज बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । ललितपुर महाकाल गाउँपालिका-४ घर भई ईटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ बर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो । बिहान पौने १२ बजेको समयमा डिसहोमको फाईबर तार टाङने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाईते भएका दुलाललाई उपचारको लागी बिराटनगरको नर्सिंहहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटना १ जनाको मृत्यु
भोजपुर, चैत्र २५ गते ।
भोजपुरको हतुवागढी गाउँपालिका-२ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बिहान ७ बजेको समयमा घोडेटारबाट भोजपुर तर्फ जाँदै गरेको को २ त ९४७९ नम्बरको ट्याक्टर अचानक आफै अनियन्त्रीत भई पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका रामप्रसाद राई गाउँपालिका-७ का २० बर्षीय नविन राईको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
चोरीको आरोपमा ४ जना पक्राउ
मोरङ, चैत्र २५ गते ।
मोरङको कटहरी गाउँपालिका-१ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । जहदा गाउँपालिका-४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको उक्त फर्निचर उद्योगमा चैत्र २१ गते राती चोरी भएको भन्ने जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले ४ जनालई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-८ का २३ बर्षीय लक्ष्मी यादव, २२ बर्षीय अर्जुन मुखिया, २७ बर्षीय धर्मेन्द्र राय र २२ बर्षीय दिपेश कुमार राय रहेका छन् । चोरीमा संग्लग्न उनीहरु रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेशिन १ थान, LED TV १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार सहित बिराटनगर-८ बाट चैत्र २४ गते दिउँसो पक्राउ परेका हुन् । उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दर्घटनाबाट १ जनाको मृत्यु
मोरङ, चैत्र-२५ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउ स्थित पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मंगलबार दिउसो १ बजे पश्चिम तर्फ जादै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश१-०२-०४३प ३७९५ नम्मरको मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा ट्रक सँग ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा १२ का ३५ बर्षीय महेन्द्र थापा गम्भिर घाईते भएका थिए । उनको सोही दिन बेलुका ५ बजे उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्रक र ट्रक चालक मकवानपुर हटौडा ७ बस्ने ३२ बर्षीय निल कुमार तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
आगोलागीबाट लाखौको क्षेती
विराटनगर, चैत्र-२५ गते ।
मोरङ र तेह्रथुममा भएको आगोलागीबाट २५ लाख भन्दा बढीको क्षेती भएको छ । मङगलबार बिहान १० बजे मोरङ पथरी शनिश्चरे १० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी हुँदा अन्दाजी १५ लाख बराबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो दम्कल, प्रहरी र स्थानियबासीको सहयोगमा दिउसो ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । त्यस्तै मंगलबार दिउसो २ बजे तेह्रथुम छथर ५ स्थित डोप्किले देउराली सामुदायिक बनमा लागेको आगो हावाहुरीले उडाइ सोही स्थानका अग्नि नेपालीको घर र गाईगोठमा आगोलागी हुँदा अन्दाजी १० लाख २० हजार बारबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा बेलुका ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सो आगोलागीबाट मानबिय तथा चौपाय क्षेती नभएको स्रोतले जनाएको छ ।
प्रहरी कर्मचारी (माली) तथा प्रहरी परिवारका लागी सिपमुलक Gardening (फूल खेती) तालिमको समुद्घाटन्
बिराटनगर चैत्र-२४ गते ।
१ नं. प्रदेश प्रहरी श्रीमती संघको सकृयतामा अवकास प्राप्‍त तथा बहालवाला प्रहरी कर्मचारीहरुका साथै प्रहरी परिवारका लागी सिपमुलक Gardening (फूल खेती) तालिमको शुभारम्भ गरिएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न उक्त तालिमको प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको हो ।
उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघकी अध्यक्ष श्रीमती कार्कीले स्वरोजगारीको माध्यमबाट आत्मनिर्भर हुन सहायक सिद्ध हुने कुरामा जोड दिनु भयो । यस्ता सिपमुलक तालिमको माध्यायमबाट ब्यक्तीको क्षमता अभिवृद्दि गरी थप आय आर्जन गर्न सक्ने अभिप्रायले यस्ता तालिम संचालन गरिएको बताउनु हुँदै यस तालिममा प्रहरी कार्यालयहरुमा फूल तथा बिरुवाहरु स्याहार सुसार गर्ने जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरुलाई समेत सहभागी गराईएकोले प्रहरी कार्यालयहरुमा दक्ष जनशक्ति उत्पादन भई कार्यालयहरुलाई व्यवस्थित तरिकाले Gardening को कार्य गरि अझ आकर्षक बनाउने अपेक्षा लिएको बताउनु भएको छ ।
प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ दिन अवधीको सिपमुलक Gardening (फूल खेती) तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । उक्त तालिम समुद्घाटन कार्यक्रममा प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बोलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु, १ जना घाईते
ओखलढुङगा, चैत्र-२४ गते ।
ओखलढुङगा मानेभञ्ज्याङ-४ धुसेनि स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ४ जना सवार मध्ये ३ जनाको मृत्यु र १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ-४ धुसेनि बस्ने ७१ बर्षीया बिनामाया आलेमगर, सोही स्थान बस्ने ५० बर्षीय टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने ५ बर्षीया बालिका डोल कुमारी आलेमगर रहेका छन् । आज बिहान सवा ११ बजे धुसेनि तर्फ जादै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना हुँदा गम्भिर घाईते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको थियो भने बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ बर्षीय कमल बहादुर थापामगरलाई थप उपचारको लागी एम्बुलेन्सद्धारा काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
काठको मुडाले किची १ जनाको मृत्यु
भोजपुर, चैत्र-२४ गते ।
भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रे स्थितमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ । आज बिहान ८ बजे धनकुटा पाख्रिवास -३ मुवाखोला का २२ बर्षीय निर बहादुर मगरको काठको मुडा पल्टाउने क्रममा सोही मुडाले थिची घाईते भएका उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्‍याउन साथ दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
जुवा खेलिरहेका ९ जनालाई कौडा सहित पक्राउ
झापा, चैत्र-२४ गते ।
झापा गौरादह नगरपालिका ३ बस्ने भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित पक्राउ गरिएको छ । सोमबार राती साढे १० बजे बिशेष सुचनाको आधारमा प्रहरीले घर धनि बर्देवा सहित गौरादह २ का ३२ बर्षीय निर्मल थापा, गौरादह ३ का ३५ बर्षीय अंकित कार्की, सोही स्थानका ३८ बर्षीय सुरेश भण्डारी, गौरादह ४ का ३६ बर्षीय मोहन खरेल, कनकाई ३ का ४० बर्षीय राम प्रसाद खतिवडा, सोही स्थानका ४२ बर्षीय ईश्वर खतिवडा, कन्काई ७ का ४६ बर्षीय बिष्णु प्रसाद उप्रेती र दमक ७ का ३८ बर्षीय निर बहादुर सुनुवारलाई जुवा खेलीरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर थान १ र नगद रु ६९,४२०।– सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
शरिरमा आगो सल्किदा १ जनाको मृत्यु
ईलाम, चैत्र-२४ गते ।
ईलाम रोङ गाऊपालिका ३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जलि मृत्यु भएको छ । सोमबार दिउसो ११ बजे उनि आफनै भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनिले लगाईएको कटनको कपडामा आगो सलकिन गई शरीरको बिभिन्न भागमा पोली घाईते भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो सो अस्पतालमा उपचार हुन नसकि रातको सभा ९ बजे थप उपचारको लागी मेचि अंचल अस्पताल भद्रपुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु १ जना घाईते
भोजपुर, चैत्र-२४ गते ।
भोजपुर अरुण गाऊपालिका ४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । सोमबार बेलुका ६ बजे धरानबाट भोजपुर तर्फ जादै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बाया भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकका धनि मोरङ पथरीशनिश्चरे ८ का ४३ बर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो भने ट्रक चालक भोजपुर अरुण गाऊपालिका ६ जरायोटार का २० बर्षीय जनक बहादुर खड्का गम्भिर घाईते भई धरान घोपामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, चैत्र-२४ गते ।
झापा मेचीनगर नगरपालिका ६ स्थित गैरीगांउ स्थितबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कन्काई ३ का ३६ बर्षीय रोसन यादब र कन्काई ५ का २१ बर्षीय समिर लिम्बु रहेका छन् । उनिहरुलाई ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ
सुनसरी, चैत्र २३ गते ।
सुनसरीको धरान उपमहानगरपालिका-८ बाट आईतवार राती ८ बजे ठुलो परीणामको नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । धरान-८ का २७ बर्षीय सबिन नेपालीले आफ्नै घर कोठामा लागुऔषध ट्याब्लेट लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नेपालीको कोठाबाट लागुऔषध DIALEX-DC ६ बोतल र ३३६ ट्याब्लेट spasmo-proxyvon®plus बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका नेपालीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
भन्सार छली गरी ल्याएको चिनी तथा सुर्ती बरामद
मोरङ,चैत्र-२३ गते ।
अबैध रुपमा भन्सार छली गरी ल्याएको ठुलो परिमाणमा चिनी तथा सुर्ती बरामद गरिएको छ । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी ९ गुरूङ टोल स्थितबाट २७ बोरा चिनी र ७ बोरा खैनी फेला पारी बरामद गरेको हो । उर्लाबारी-५ घर भई गुरूङ टोल बस्दै आएका पबन पोदारले अबैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु लुकाई छिपाइ राखेको भन्ने पाईएपछी आज विहान पौने ११ बजे खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा घर छेउमा त्रिपालले छोपेर लुकाई राखेको ७ बोरा चिनी र ४ बोरा सुर्ती फेला पारी बरामद गरेको हो । यसै गरी सोही स्थान छेउमा वेरारिसे अवस्थामा रहेको २० बोरा चिनी र ३ बोरा सुर्ती समेत फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । यसरी बरामद गरिएको करिब ९४ हजार ५ सय बराबरको चिनी तथा १७ हजार ५ सय बराबरको सुर्ती र मानिस सहितलाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने कार्य भईहरेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराउने संघका प्रतिनिधी पक्राउ
सुनसरी, चैत्र-२३ गते ।
सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर-१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका छन । पक्राउ परेका यी दुबै जना कोशी यातायात प्रा.ली. ईटहरीका संचाक समितिका सदस्य रहेको खुल्न आएको छ । यही चैत्र १२ गते सुनसरी कोशी-८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ईलाम ८ तिल्केनीका मेख बहादुर राई सख्त घाईते भएकोमा उनको बिराट नर्सिङहोममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना पश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रा.ली. ईटहरीका संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादले सिरहा लाहान- ८ घर भई बिराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनि उपस्थित गराएका थिए । यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनि माथी अनुसन्धान गर्ने क्रममा गुप्ताले आफु दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैया दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाई दिने भनि आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसंगै घटनाको यथार्त पर्दाफास भएको हो । यसरी झुक्यानमा पारी नक्कली चालक उपस्थित गराएको पाईएपछी यातायात प्रा.ली.का संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्बजनिक गरिएको हो । पिडित पक्षलाई क्रियाखर्च क्षतिपुर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेबार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरि बास्तबिक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनिहरु उपर कानुनी कारबाही प्रकृया अगाडी बढाईऐको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
सुनसरी, चैत्र-२३ गते ।
सुनसरी धरान ८ भोटेपुल बस्ने २७ बर्षीय सबिन नेपालीलाई लागूऔषध सहित पक्राउ गरिएको छ । आज बिहान साढे ५ बजे बिशेष सुचनाको आधारमा नेपालीको घरकोठामा लुकाई छिपाई राखेको लागूऔषध DIALEX-DC ६ बोत्तल र spasmo-proxyvon®plus ३३६ क्याप्सुल सहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ठुलो परिमाणमा लागूऔषध गाँजा सहित २ जना पक्राउ
सुनसरी, चैत्र-२३ गते ।
सुनसरी कोशी गाउँपालिका ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र सोहि स्थानका बिहारी मुखियालाई ठुलो परिमाणको लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । चैत्र २१ गते बिशेष सुचनाको आधारमा कोशी गाउँपालिका ४ कोशी कटान छेउ बासझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाई बालुवाले पुरी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा ८७ के.जी. सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ गरिएका दुबै जनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
आगोलागीबाट क्षेती
विराटनगर, चैत्र-२३ गते ।
छुट्टा छुट्टै स्थानमा आईतबार भएको आगोलागीबाट २० लाख भन्दा बढीको क्षेती भएको छ । हिजो साढे ३ बजे धनकुटा सहिदभुमी १ त्रिबेणी सामुदायिक वनबाट सल्केको आगोले सोही स्थानको जगदेउ बस्ने नर बहादुर बोगटीको ढुङगा माटो, टिनको छानो भएको १ तले घर र घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन, गोठ र गोठ भित्र रहेको ४ वटा बाख्रा र निजकै छोरा राज बहादुर बोगटीको ढुङगा माटो काठ फुसको भएको १ तले घर, घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन जली नष्ट हुँदा अन्दाजी ८०००००(आठ लाख) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको सो कार्यालयले जनाएको छ । त्यस्तै हिजै बेलुका ५ बजे मोरङ पथरी शनिस्चरे ६ जयनेपाल चौक बस्ने लक्ष्मी कठेतको गाईगोठमा सुकेको घास थ्रेसरले टुक्रयाउने क्रममा थ्रेसरबाट निस्किएको आगोको झिल्का आगोलागि हुँदा सिमेन्टिको खम्बा, काठको डाडा भाँटा, टिनको छानो भएको ३६ फिट चौडाई ६५ फिट लम्बाई भएको गाईगोठ जली पूर्ण रुपले नष्ट हुँदा अन्दाजी रु. १२०००००।– (बाह्र लाख) बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । उक्त आगो प्रहरी, स्थानियबासी र दम्कलको सहयोगमा नियन्त्रणमा आएको सो कार्यालयले जनाएको छ ।
लागूऔषध सहित १ जना पक्राउ
झापा, चैत्र-२३ गते ।
झापा दमक ५ का १८ बर्षीय अनुप धिताललाई लागूऔषध सहित पक्राउ गरिएको छ । आईतबार राती ८ बजे मेचीनगर ६ बसपार्कबाट धिताललाई फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाईजेपाम ३३ एम्पुल सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
आगलागीबाट क्षति
बिराटनगर, चैत्र २२ गते ।
१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीकोक्षति भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका-७ मा रहेको मटकेनी सामुदायिक वनबाट शुरु भएको आगलागीले जंगल नजिकै रहेको छबिलाल बस्नेतको घर जलेर पुर्ण रुपमा क्षति हुँदा घर भित्र रहको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जलि नस्ट भई अन्दाजी २०,००,००० (बिस लाख) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी भोजपुरको रामप्रसाद राई गाँपालिका ६ का पुष्प बस्नेतको घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । घर नजिकै रहेको सल्लेरी सामुदायिक वनबाट शुरु भएको आगलागी बस्नेतको घरमा समेत सल्कीई घर भित्र रहेको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जलि नस्ट हुदा अन्दाजी २०,००,०० बराबरको क्षेती भएको तथा उक्त स्थानमा प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
लागुऔषध गाँजा सहित १ जना पक्राउ
मोरङ, चैत्र-२२ गते ।
उर्लाबारी-३ थापा चौक स्थितमा बस्ने ३८ बर्षीय प्रेम धिमाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन । उनलाई आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ के.जी. भन्दा बढि गाँजा सहित पक्राउ गरेको हो । धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाटमुनी जेब्रा झोलामा लुकाई राखेको १/१ के.जी.को ४ पोका र खुल्ला अबस्थामा रहेको ८०० ग्राम गाँजा फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनि उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित एकजना पक्राउ
झापा, चैत्र-२२ गते ।
लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित झापाबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकबल-२ का २८ बर्षीय संजय लामा रहेका छन । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने २ बजे कचनकबल-२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको छ । पक्राउ परेका लामा उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
उदयपुर,चैत्र-२२ गते ।
उदयपुर चौदण्डीगढी-१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा १० बजे चौदण्डीगढी-१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस र चालक चौदण्डीगढी-१० का ३८ बर्षीय रत्न बहादुर कार्की नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागूऔषध सहित २ जना पक्राउ
मोरङ, चैत्र-२२ गते ।
मोरङ र सुनसरीबाट शनिबार दिउसो लागूऔषध सहित २ जना पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिणगेटबाट बेलबारी ३ का ३३ बर्षीय बिक्रम गुरुङलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरिएको हो भने ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १५ ज्ञानचर्चमार्ग स्थितबाट खोटाङ दिप्रुङ ४ घर भई हाल धरान १५ मा डेरा गरी बस्ने २१ बर्षीय मिलन राईलाई लागूऔषध ब्राउन सुगर ९०० मिलिग्राम सहित पक्राउ गरिएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु
मोरङ, चैत्र-२२ गते ।
मोरङ बिराटनगर-१४ का २५ बर्षीय कामेश्वर कामतको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान साढे ८ बजे बिराटनगर १४ स्थितमा को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सह चालक समेत रहेका कामतलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लागूऔषध सहित २ जना पक्राउ
मोरङ, चैत्र-२१ गते ।
झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शुक्रबार दिउसो लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका ०४ का २३ बर्षीय सुमन धिमाल र सुनसरी ईटहरी २ का २५ बर्षीय अमृत मग्राती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ०५ झिम्की चौक स्थितबाट धिमाललाई फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल सहित पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितबाट मग्रातीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
ब्राउनसुगर सहित ३ जना पक्राउ
झापा, चैत्र-२० गते ।
झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका छन् । उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
पाँचथर, चैत्र-१९ गते ।
पाँचथर फिदिम नगरपालिका १२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा दिउसो सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
नियन्त्रित औषधी सहित १ जना पक्राउ
मोरङ, चैत्र-१९ गते ।
मोरङ बिराटनगर १६ हुलासचौकबाट नियन्त्रित औषधी सहित १ जनालाई पक्राउ गरेको छ । आज दिउसो साढे १२ बजे लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले सुनसरी बराहक्षेत्र ५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठकोलाई नियन्त्रित औषधी एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याप ९ एम्पुल र फेनारगन ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोरङ, चैत्र-१९ गते ।
मोरङ रतुवामाई नगरपालीका ३ बस्ने ६० बर्षीया चिन्तिदेबि ताजपुरीयाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधवार बेलुका ५ बजे सोही स्थानमा मे११प ५४५५ नम्बरको मोटरसाईकलले पैदल हिड्दै गरेकी ताजपुरियालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईतेको रंगेली अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सोही स्थानका अक्षय कुमार ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
नियन्त्रित औषधी सहित १ जना पक्राउ
सुनसरी, चैत्र-१९ गते ।
सुनसरी धरान १५ का ३० बर्षीय दुर्गा बहादुर राईलाई नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । बुधबार दिउसो १२ बजे राईलाई नियन्त्रित औषधी डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
जिप दुर्घटनाबाट १ जना मृत्य, १ जना घाईते
पाँचथर, चैत्र-१८ गते ।
पाँचथर याङबरक गाऊपालिका ३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार वस्ने ३६ बर्षीय फुल कुमार राईको मृत्यु भएको छ । बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना हुँदा गम्भिर घाईते भएका फुल कुमारको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको छ भने सोही गाडीमा सवार सोही स्थानका २२ बर्षीय आषिस राईको B&C अस्पताल बिर्मामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
चट्याङले लागी एक महिलाको मृत्यु
ओखलढुङगा, चैत्र-१८ गते ।
ओखलढुङगा खिजिदेम्बा-६ भित्ते स्थितमा बस्ने ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
सिटिको ठक्करबाट साईकलयात्रीको मृत्यु
सुनसरी चैत्र-१८ गते ।
सुनसरी भोक्रहा नरसिंह-४ मिलनचोक स्थितमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट साईकलमा आईरहेका उराउलाइ ठक्कर दिदा उनि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उराउको म्याक्स हस्पिटल बिराटनगरमा उपचारको क्रममा मंगलबार अपरान्ह सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सिटि र चालक भोक्रहा-१ का
दिब नारायण मेहता नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
जंगली हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु
मोरङ, चैत्र-१७ गते ।
मोरङ मिक्लाजुङ गाऊपालिका ६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । हिजो राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले किल्ची गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजादै गर्दा रातको ११ बजे बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
ट्रिफर दुर्घटनाबाट १ जना मृत्यु, २ जना घाईते
ताप्लेजुङ, चैत्र-१७ गते ।
ताप्लेजुङ पाथिभरा याङबरक गाऊपालिका ४ डुम्रिसे स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिफर दुर्घटनाबाट १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । सोमबार राती १० बजे प्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २०/२५ मिटर तल खसि दुर्घटना हुँदा ट्रिफर चालक सिन्धुली कमलमाई ४ बस्ने २४ बर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दि ६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए । घाईते मध्ये कृष्ण बिकको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राती ११ बजे मृत्यु भएको थियो भने अन्य २ जना घाईतेको B&C अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
फलामको खन्तीले हानी हत्या
सुनसरी, चैत्र-१६ गते ।
सुनसरी ईटहरी २ बस्ने ५५ बर्षीय जिबन रेग्मीले सोही स्थानका ५० बर्षीय केशब कार्कीलाई फलामको खन्तीले भुडीमा हानी हत्या गरेका छन् । आज दिउसो साढे १ बजे रेग्मीले पहिलाको बिबादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुडीमा हानी गम्भिर घाईते बनाई फरार भएका थिए । घाईते कार्कीको घोपा धरानमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको थियो । फरार रहेका रेग्मीलाई नियन्त्रणमा लिईसकेको ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीले जनाएको छ ।
लागूऔषध गाँजा सहित १ जना पक्राउ
उदयपुर, चैत्र-१६ गते ।
उदयपुर बेलका नगरपालिका ७ बस्ने २४ बर्षीय अनिस राईलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज बिहान साढे ९ बजे बेलका नगरपालिका ८ स्थित कोठु चेकपोष्टमा बा४च १५१६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार रहेका राईलाई लागूऔषध गाँजा ६ केजी २५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरले जनाएको छ ।
रुखले किची १ जनाको मृत्यु
ताप्लेजुङ, चैत्र-१६ गते ।
ताप्लेजुङ मिक्वाखोला-१, सिम्ले बस्ने २८ बर्षीय मन कुमार तामाङको रुखले किची मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा रहेको कात्तिके सामुदायिक जंगलमा दाउरा काट्न चिलाउनेको रूख काटी ढाल्ने क्रममा उक्त रूखको हाँगा अड्की हागा काट्ने क्रममा उक्त रूख ढलि किचि घाईते भएका तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
करेन्ट लागी १ जनाको मृत्यु
सुनसरी, चैत्र-१६ गते ।
सुनसरी बर्जु-६ बस्ने ११ बर्षीया अञ्जली मेहताको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान ६ बजे छिमेकीको घरमा पानी भर्ने क्रममा पानी तान्ने मोटरमा बिद्युत सर्ट भई करेन्ट लागी अञ्जलीको घटना स्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु
सुनसरी, चैत्र-१६ गते ।
सुनसरी दुहबी नगरपालिका -१० स्थित नहरचौकमा भएको मोटरसाईकल दुर्घटनामा परी गढि गाऊपालिका २ सखुवारे कलरुवा बस्ने ३२ बर्षीय संजय चौधरीको मृत्यु भएको छ । आज दिउसो पौने २ बजे को९प ७००० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको को४प ६११२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को४प ६११२ नम्बरको मोटरसाईकल चालक रहेका चौधरी गम्भिर घाईते भई बिराट टिचिङ अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो भने अर्का मोटरसाईकल चालक मोरङ झोराहाट नयाबजार बस्ने १८ बर्षीय निकेश बजारु समेत घाईते भई जीवन ज्योति अस्पताल दुहबीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, चैत्र-१६ गते ।
झापा भद्रपुर नगरपालिका १० भृकुटी चौक स्थितबाट लागूऔषध ब्राउन सुगर कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ । आईतबार दिउसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले किनबेच गर्न लागेको अबस्थामा १६ ग्राम ९३० मिली ग्राम लागूऔषध ब्राउन सुगर सहित सोही स्थान बस्ने ३९ बर्षीय माईक मर्डि र कचनकवल ६ बस्ने २१ बर्षीय रोशन मगरलाई पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, चैत्र १५ गते ।
झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका-३ का २५ बर्षीय सुवास ताजपुरियालाई १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार अपरान्ह ५ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धसान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
ट्याक्टरले किचेर १ जनाको मृत्यु
उदयपुर, चैत्र १५ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा शनिवार राती ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । शनिवार राती पौने १० बजेको समयमा स्वर्गिय मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका चौदण्डीगढी नगरपालिका-२ का २८ बर्षीय रुपेश लामगादे अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको टायरले किचेर घाईते भएकोमा, घाईतेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ
मोरङ, चैत्र १३ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१८ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजेको समयमा भारतीय नागरीक अररिया बैजनाथपुरका २३ बर्षीय दिलिप कुमार साह र बिराटनगर महानगरपालिका-१८ का २ जना बालकलाई डाईजापाम -१९० ट्याब्लेट , फेनारगन-१९० ट्याब्लेट र नुफिन १९० ट्याब्लेट सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
झापा, चैत्र १३ गते ।
झापाको मेचीनगर नगरपालिका-७ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे स्थानीय ३७ बर्षीय नारायण किसानलाई ३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका किसानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
मोरङ, चैत्र १३ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ९५६१ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएर घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-३ का २० बर्षीय अजय सहनीको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ठुलो परीणामको अबैध समान बरामद
झापा, चैत्र १२ गते ।
झापाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परीणामको अबैध समान बरामद भएको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी ल्याएको बिभिन्न प्रकारका करिव ५ लाख बराबरको कस्मेटिक समानहरु बराबद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाले १३ लाख भन्दा बढीको अबैध समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आजै मात्र अबैध लत्ता कपडा र कस्मेटिक समान गरी मेचीनगर नगरपालिका-६ र ५ बाट करिव १३ लाख ८३ हजार ५ सय बरामदको अबैध समान बरामद गरेको हो । बरामद भएको उक्त समान मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खूकुरी प्रहार गरी श्रीमतीको हत्या, हत्यमा संग्लन्न श्रीमान पक्राउ
सुनसरी, चैत्र १२ गते।
सुनसरीको धरान उप-महानगरपालिका-८ बस्ने ३७ बर्षीय तिल बहादुर माझीलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । आज अपरान्ह साँढे ५ बजेको समयमा माझीले ३१ बर्षीया श्रीमती सम्झाना राईलाई खुकुरीले घाँटीमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भए संगै अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संग्लग्न रहेका माझीलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाईते भएकी संम्झनालाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा बेलुका पौने ६ बजे मत्यु भएको हो । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका माझीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ४ जना पक्राउ
सुनसरी, चैत्र १२ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धरान-१५ का २२ बर्षीय सुजन धमला,२५ बर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् भने धरान १७ का २१ बर्षीय अर्पण धमला रहेका छन । बिशेष सुराकका आधारमा बुधबार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका मध्ये बिधान आलेमगरको घरमा खानतलासी गर्दा कोठामा रहेका चारै जनालाइ नियन्त्रणमा लिई कोठामा रहेको फ्रिज खोलेर हेर्दा उनिहरुले लुकाई राखेको ११ ग्राम लागुऔषध खैरो हिरोईन ब्राउनसुगर फेलापारी बरामद गरेको हो । यसरी कोठामा ब्राउनसुगर सहित पक्राउ परेका चारै जना उपर लागुऔषध मुद्दामा कानुनी कारबाही अगाडी बढाई अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
दुर्घटनाबाट मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु
बिराटनगर, चैत्र १२ गते ।
मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज दिउसो सवा १२ बजे कटहरी-४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान-७ का ६० बर्षीय मुस्तफी मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा पौन १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालक नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । यसै गरी दोलाखा तामाकोशी-३ पुरानोगाँउका २८ बर्षीय पवन महतको स्काईभेटर दुर्घटनाबाट मृत्यु भएको छ । आज आज दिउसो सवा १२ बजे पाँचथरको कुम्मायक-४ वानथाक स्थित मध्यपहाडी लोकमार्गको ट्रयाक खन्ने क्रममा ना १ क ८३२१ नम्वरको स्काईभेटर अचानक चिप्लिएर ५०० मिटर तल झरी दुर्घटना हुदा चालक महतको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
स्कुटर चोरीको आरोपमा २ जना पक्राउ
सुनसरी, चैत्र १२ गते ।
मोरङको बुढिगंगा गाउँपालिका-२ का २४ बर्षीय खगेन्द्र काफ्ले र २७ बर्षीय अर्बिन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् । चैत्र ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरि राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटर सहित दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ठगीको आरोपमा २ जना पक्राउ
सुनसरी, चैत्र १२ गते ।
ईटहरी उप-महानगरपालिका-९ का २० बर्षीय फैजान आलम र ईनरुवा नगरपालिका-१० का ४१ बर्षीय जल्लाउदिन मियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाले ईटहरी ८ का यज्ञ बिक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरु दिई रकम ठगी गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् । उनीहरुले ठकुरीलाई बिभिन्न प्रलोभन देखाई सक्कली सुन भनी नक्कली सुनको सिक्का दिई ठकुरीबाट ४ लाख नगद लगेको र सम्पर्क बिहिन भए संगै आफु ठगिएको थाहा पाई ठकुरीले ईलाका प्रहरी कार्यालय ईटहरीमा जानकारी गराएका थिए । ठगी भएको सूचना पाए संगै ठगी गर्ने ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ
उदयपुर, चैत्र १२ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित तिन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो लागुऔषध लुपिजेसिक २७ एम्पुल ,फेनारगन २७ एम्पुल ,डाईजेपाम २७ एम्पुल र ५० ग्राम गाँजा सहित स्थानीय २५ बर्षीय प्रभात मगर, ३२ बर्षीय सुरज राई र ३० बर्षीय सुमन राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पानीमा डुबेर मृत्यु
मोरङ, चैत्र १२ गते ।
मोरङको सुन्दरहरैचा नगरपालिका-११ का ४५ बर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ । बुधवार दिँउसो बेलवारी नगरपालिका-२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु
पाँचथर, चैत्र ११ गते ।
पाँचथर फाल्गुनन्द-५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम फाकफोकथुम-७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु गम्भिर घाईते भएका थिए । घाइते लिम्बुलाइ तत्काल उपचारार्थ जिल्ला अस्पताल पाँचथर लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ४ जना पक्राउ
बिराटनगर, चैत्र ११ गते ।
झापा,मोरङ र उदयपुरको तिन छुट्टाछुट्टै स्थानबाट मंगलबार दिउँसो लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । झापा मेचिनगर-६ का २० बर्षीय विवेक नेम्वाङ १ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन । उनलाई पानीटंकीबाट नेपाल तर्फ आईरहेको अवस्थामा मेची पुलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।


यसै गरी मोरङ केराबारी-१० का २९ बर्षीय रण बहादुर राई १० के.जी.लागुऔषध गाँजा सहित पक्राउ परेका छन । को १९ प ९४२ नम्बरको मोटरसाईकलमा सवार गरी आएका उनलाई चेकजाँच गर्दा बोरामा बाधेर मोटरसाईकलको पछाडी लुकाएर राखीएको गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


यसै गरी उदयपुर कटारी-१ बेलसोत स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कटारी-३ का २२ बर्षीय ऐसान खान र सोही स्थानका २० बर्षीय सुमन बोगटी रहेका छन । उनिहरुलाइ लागुऔषध NITRAVET-१५ ट्याव्लेट र SPASMO-PROXYVON PLUS ७२ ट्याव्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका चारै जना उपर सम्बन्धीत कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

अबैध रुपमा लुकाई छिपाई ल्याएको भारतिय मदिरा बरामद
झापा चैत्र १० गते ।
झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेर ल्याएको भारतिय मदिरा SIKKIM GOLDEN नामक ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरामद गरेको हो । बरामद गरिएको मदिरा, भेन र भेन चालक ईलाम सुर्योद्धय-२ का २८ बर्षीय प्रकाश खड्कालाई आवश्यक कारबाहीका लागी श्री आन्तरिक राजश्‍व कार्यालय चन्द्रगढी झापामा बुझाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ
उदयपुर, चैत्र १० गते ।
उदयपुर चौदण्डीगढी नगरपालिका-४ नमुना स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी-५ का २३ बर्षीय सुनिल राई,उदयपुर त्रियुगा-१३ का २४ बर्षीय हरी खड्का,३० बर्षीय खगेन्द्र राई र २४ बर्षीय दिपक रम्तेल रहेका छन भने सप्तरी कंकालिनीका २० बर्षिय बब्लु मुखिया र २५ बर्षीय ऋषि कुमार क्षेत्री रहेका छन । उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह साढे ४ बजे पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ३ ग्राम ३८ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर,७ बोतल कोरेक्स, ५० ग्राम गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसै गरी उनिहरुको साथमा रहेको ६ थान मोबाईल नगद ३ हजार ५ सय २५ रुपैया समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
नियन्त्रीत लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ
बिराटनगर, चैत्र ०९ गते ।
झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट आईतवार दिउँसो नियन्त्रीत लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कचनकवल गाँउपालिका-६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका-७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी-६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी-५ का १६ बर्षीय बालक रहेका छन् । निजहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको छ । यसैगरी झापाकै बुद्धशान्ती गाउँपालिका-३ बाट स्थानीय २६ बर्षीय सुवास लिम्बु ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै सुनसरीको धरान उप-महानगरपालिका-२ बाट पाँचथरको फिदिम नगरपालिका-१ का २३ बर्षीय सुवास आचार्य लागुऔषध सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगोले जलेर ३ बर्षीय बालकको मृत्यु
उदयपुर, चैत्र ०९ गते ।
उदयपुरको कटारी नगरपालिका-१० का सुजन थापाको ३ बर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको छ । आईतवाट बेलुका ६ बजेको समयमा घर निजकै रहेको परालको कुन्युमा अचानक आगलागी भई उक्त आगलागीबाट घरमा समेत आगो सल्कदा घर भित्र रहेका बालकको आगोले जलेर मृत्यु भएको हो । उक्त आगलागीबाट थापाको २ तले कच्ची घर सहित घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठा समेत जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सोही आगलागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आगलागी भई जलेर नष्ट हुँदा निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, सुन/चाँदी, घर नजिकै रहेको मतान घर, २ वटा बाख्राको पाठा र भैसीको पाडो समेत जलेर नष्ट हुँदा अन्दाजी २८ लाख बराबरको क्षति भएको तथा अर्का छिमेकी मेख बहादुर थापाको समेत घर पुर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको हो । उक्त आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुका सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु
मोरङ, चैत्र ०९ गते ।
मोरङको कटहरी गाउँपालिका-३ मा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आईतवार बेलुका साँढे ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साईकलमा यात्रा गरीरहेका कटहरी गाउँपालिका-२ का ३६ बर्षीय बच्चु डुमलाई ठक्कर दिंदा घाईते भएका डुमको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साईकललाई ठक्कर दिने टिपर तथा चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना २ जनाको मृत्यु
झापा, चैत्र ०८ गते ।
झापाको दमक नगरपालिका-४ चिया बगानमा शनिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । शनिवार साँझ साँढे ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क १०८२ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४४ प ८१३३ र को २८ प ११३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा दुबै मोटरसाकलमा सवार रहेका ५ जना घाईते भएका थिए । घाईतेहरु मध्ये प्रदेश १-०२-०४४ प ८१३३ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका-८ का २३ बर्षीय निरन बस्नेतको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको तथा सोही मोटरसाईकलको पछाडी सवार रहेका रतुवामाई नगरपालिका-८ का २४ बर्षीय अनिष कोईरालालाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने टिपर, टिपर चालक तथा दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
झापा, चैत्र ०८ गते ।
झापाको बुद्धशान्ति गाउँपालिका-३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ बर्षीय सुवास लिम्बुलाई शनिवार दिउँसो, ५ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ
झापा, चैत्र ०६ गते ।
झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिहिवार साँझ साँढे ५ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट पक्राउ गरिएको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ बाट बिहिवार साँझ ७ बजे ३ जनालाई लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ का ३० बर्षीय कुमोलाल राजवंशी , २४ बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका-१० का १९ बर्षीय श्रवण मुखिया रहेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, चैत्र-०५ गते ।
झापा बिर्तामोड नगरपालिका -३ का २१ बर्षीय मानव राजबंशीलाई लागूऔषध ब्राउन सगुर सहित पक्राउ गरिएको छ । बुधबार दिउसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर -६ स्थित मेची खोलाबाट राजबशींलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाले जनाएको छ ।
गत ८ महिनामा ४ हजार ६ सय ८९ मुद्धा दर्ता, २७ करोड भन्दा बढी राजश्व संकलन
बिराटनगर,  चैत्र ०४  गते ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ मुद्धा दर्ता र २७ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । यस आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ५३९ जना फरार प्रतिवादी पक्राउ गरी ६४२ बर्ष कैद भुक्तान भई , २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार १६५१.६८१ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने ११३१.७९० केजी गाँजा बरामद भएको छ । यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ३४ हजार ९५९ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ५ हजार ३०५ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु १ हजार ८६४ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ५४१ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १४२ जना मानिस पक्राउ गर्नुका साथै १३ करोड १८ लाख ६ हजार ८०६ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४० जना मानिस र ५९८ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ४५ लाख ६६ हजार ७२० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ गर्नुका साथै २०३७ क्यू.फिट. काठ बरामद गरी ३० लाख ९५ हजार २०० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ८ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख ७९ हजार ३४९ वटा सवारी साधनलाई कारवाही गर्दा ११ करोड १७ लाख २६ हजार राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ८ महिनामा मात्र कुल २७ करोड १५ लाख ३७ हजार ४७० राजश्व संकलन भएको हो ।
यसैगरी अघिल्लो ३ आर्थिक बर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।
प्रहरी जवानद्धय राई र बस्नेत भए फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी
बिराटनगर, चैत्र ०४ गते ।
प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान अशोक राई र प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कर्तव्य ज्यान, अपहरण गरी शरीर बन्धक जस्ता जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी तथा प्रतिबन्धित लागु औषध कारोबारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले राई र बस्नेतलाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।
धरानबाट लागूऔषध सहित २ जना भारतिय पक्राउ
सुनसरी, चैत्र-०४ गते ।
सुनसरीको धरानबाट मंगलबार दिउसो १ बजे लागूऔषध सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् । उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
लागूऔषध ब्राउन सुगर सहित २ जना भारतिय पक्राउ
झापा, चैत्र-०३ गते ।
झापा मेचिनगर नगरपालिका १५ फडानि स्थित कासघारीबाट लागूऔषध ब्राउन सुगर सहित २ जना भारतियलाई पक्राउ गरिएको छ । आज दिउसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई लागूऔषधी ब्राउन सुगर १५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।
सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुनसरी, चैत्र-०३ गते ।
सुनसरी धरान -५ देउरालीका ३५ बर्षीय किशोर बि.क.को सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ । सोमबार राती ८ बजे धरान -१५ श्यामचौंक स्थितमा को१ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सिटी र चालक धरान १५ का मान बहादुर लिम्बु नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
मोरङ, चैत्र-०३ गते ।
झापा र मोरङबाट सोमबार लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी मेचीपुलबाट ईलामको ईलाम नगरपालिका २ का २५ बर्षीय मन्दिप श्रेष्ठलाई १ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । त्यस्तै अस्थाई प्रहरी चौकी बलियाबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी ५ का ४१ बर्षीय पदम बहादुर तामाङ र बराहाक्षेत्र ५ का ३३ बर्षीय राम कुमार चौधरीलाई लागूऔषध ब्राउनसुगर २ ग्राम र निजहरुले चलाएको को२७प ६६९२ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
झापा, चैत्र ०२ गते ।
झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-४ का २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई ईटहरी-७ बस्ने २४ बर्षीय लोक नाथ भण्डारीलाई आज दिउँसो साँढे १२ बजे नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ भने दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
पिकअप दुर्घटनाबाट चालकको मृत्यु
ईलाम, चैत्र-०२ गते ।
ईलाम सुर्योदय नगरपालिका-३ रुङसुङ स्थितमा आज दिउसो सभा ११ बजे पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगर ईलामले जनाएको छ ।
ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय पक्राउ
मोरङ, चैत्र-०२ गते ।
भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ । ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा -१ लंकाटोल स्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग  ५७ काटुन, पलपल  ४० काटुन, सोफीका  ३७ काटुन, हरपल  १५२ काटुन र कार्टुनमा प्याक नगरिएको १९९५ बोतल मदिरा बरामद गरेको हो । उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारितय नम्बर प्लेटको WB.20 Z.1087 नम्बरको कार र ४ वटा मोटरसाईकल सहित निज शिबलाल रायलाई पक्राउ गरिएको हो । पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
रुखबाट लडेर एक जनाको मृत्यु
खोटाङ, चैत्र-०२ गते ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडी घाईते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीक उत्सव सम्पन्न
सुनसरी, चैत्र-०१ गते ।
आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुद्धघान गर्नु भएको थियो । आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले दुर्व्यसनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको आसरा सुधार केन्द्रले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने बताउनु भयो । सोही कार्यक्रममा प्रमुख अतिथी श्रीमती सिर्जना थापाले केन्द्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा केन्द्रका पुर्व व्यवस्थापक पुर्व प्रहरी नायव उपरिक्षक रामजी कट्वाललाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा धरान उप-महानगरपालिकाका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, आसरा सुधार केन्द्र धरानका मानार्थ सदस्य प्रदिप मेयाङबोले शुभकामना मन्तब्य राख्नु भएको थियो । सोही कार्यक्रममा आसरा सुधार केन्द्रले बार्षिकोत्सबको अबसरमा आयोजना गरेको बिभिन्न खेलकुद बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी श्रीमती संघकी महासचिव श्रीमती बबिता पाल तथा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रृजना थापा कार्कीले पुरस्कार प्रदान गर्नु भएको थियो । आसरा सुधार केन्द्रका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न तेश्रो बार्षिकोत्सवको अवसरमा प्रशिक्षार्थीहरुबाट गायन, नृत्य तथा कविता बाचन समेत भएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, संचालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानिय जनप्रतिनीधीहरु, सुरक्षा निकायका पदाधिकारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
मिलको फित्तामा सल बेरिएर एक जनाको मृत्यु
भोजपुर, चैत्र-०१ गते ।
भोजपुर रामप्रसादराई गाऊपालिका -१ ओख्रे कि ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ । शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिन गई घाटिमा चोट लागी घाईते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता मेडिकल ओख्रेमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
झापामा छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट २ जनाको मृत्यु
झापा, फागुन-२९ गते ।
झापामा आज दिउसो भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । कमल गाऊपालिका -१ बालुबारी स्थित क्याम्पा सरङपाडा स्थितमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक शिवसाताक्षी नगरपालिका -४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको छ । ट्रिपर र चालक सोही स्थान बस्ने चित्र कार्की प्रहरीको नियन्त्रणमा रहेको छ । त्यस्तै झापा बाह्रदशी गाऊपालिका -५ कनकन मार्ग स्थितमा आज साढे १ बजे मे११प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घट्ना हुदाँ स्कुटी चालक सोही स्थान बस्ने ४३ बर्षीया कलसावती राजबंशी घाइते भई उपचारको क्रममा B&C अस्पतालमा सभा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
सुनसरी, फागनु-२९ गते ।
सुनसरी धरान -५ रमाइलो चौंकका ३३ बर्षीय पेम्वा शेर्पालाई लागुऔषध सहित पक्राउ गरिएको छ । हिजो राती ८ बजे खटिएको प्रहरी टोलीले शेर्पालाई लागुऔषध NITROSON-151 ट्याव्लेट, SPASMOPROXIVON-64 ट्यावलेट र DILEX DC-12 वोटल सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
भिरबाट लडी १ जनाको मृत्यु
खोटाङ, फागुन-२९ गते ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिका -११ राजापानी मापाचुलीका ५६ बर्षीय राम बहादुर कार्की भिरबाट लडी मृत्यु भएको छ । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मोटरसाईकल र स्कुटी दुर्घटनाबाट एक जनाको मृत्यु
झापा, फागनु- २८ गते ।
झापा दमक नगरपालिका -५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । गत राती सभा ९ बजे प्रदेश१-०१-१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक ऐ.ऐ. ८ बस्ने ५० बर्षीय ईन्द्र भुजेलको लाईफ लाईन दमक अस्पताल उपचारमा लग्दा बाटोमा नै मृत्यु भएको छ भने मोटरसाईकल चालक ऐ.ऐ. ४ बस्ने २६ बर्षीय संजोक सुन्दास समेत घाईते भई बिएण्डबि अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
लागुऔषध सहित दुई जना पक्राउ
मोरङ, फागनु-२८ गते ।
मोरङ र उदयपुरबाट बिहीबार दिउसो लागुऔषध सहित २ जना पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितबाट सुनसरी ईटहरी ६ का २० बर्षीय शुसित बिश्वकर्मालाई लागुऔषध DIALEX-DC-2 बोतल , NITRAVET-150 चक्की सहित पक्राउ गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका -११ मेन चौक नजिकबाट सोही स्थानका ३२ बर्षीय प्रशान्त कार्कीलाई लागुऔषध ब्राउन सुगर ५१० मिलि ग्राम, नगद रु.१४,०३५।– सहित पक्राउ गरिएको छ । पक्राउ परेका उपर थपअनुसन्धान भईरहेको छ ।
कालोबजारी गर्ने एक जना व्यापारी पक्राउ
मोरङ, फागुन-२७ गते ।
मोरङ विराटनगर -११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने १ बजे सोही स्थानमा रहेको खेम्काको गोदामबाट २०० लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १०० पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १०० थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट लेखिएको ईनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ । उनले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर टाँसी विक्री बितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका शंकरलाल खेम्का उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
करेन्ट लागेर बालकको मृत्यु
संखुवासभा, फागुन-२७ गते ।
संखुवासभा धर्मदेबी नगरपालिका ६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागी बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
लागुऔषध सहित ३ जना पक्राउ
मोरङ, फागुन-२७ गते ।
बुधबार दिउसो उदयपुरमा २ जना र मोरङ १ जना लागुऔषध सहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, Spasmo-proxyvon ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने उदयपुर बेलका -७ का ४० बर्षीय हस्त बहादुर राईलाई ६९०ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यस्तै मोरङ विराटनगर -१६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लेटाङ ५ का२४ बर्षीय प्रदिप राईलाई लागुऔषध एभिल-१० एम्पुल, लुपिजेसिक-१० एम्पुल, डाईजोलयाप-१० एम्पुल, फेनारगन-९ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका उपर थप अनुसान्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुनसरी, फागुन-२७ गते ।
जिल्ला सुनसरी ईनरुवा नगरपालिका- ८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ -४ स्थित पुर्ब-पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको छ । सो दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० बर्षीय शिव नारायण मण्डल समेत घाईते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ट्याक्टरबाट लडी सह-चालकको मृत्यु
झापा, फागुन-२७ गते ।
झापा, दमक नगरपालिका -१ श्रेष्ठ चौक स्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडि सह-चालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको छ । बुधवार दिउसो साढे १ बजे ट्याक्टरबाट खसी घाईते भएका राईको उपचारको लागी लाईफ लाईन अस्पताल दमक पुग्न साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टर र चालक झापा दमक -३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ
झापा, फागुन-२६ गते ।
झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज दिउसो ११ बजे लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं. १०५ बाट उनिहरुलाई प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध अफिम २ किलो सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बसको ठक्करबाट स्कुटी चालकको मृत्यु
झापा, फागुन-२५ गते ।
झापा शिब सताक्षी नगरपालिका -९ एलम्बर चौक स्थित पुर्व-पश्चिम राजमार्गमा बस र स्कुटी ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज दिउसो १० बजे मे१ख २७४६ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको को३८प ४१९४ नम्बरको स्कुटी एक-आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा स्कुटी चालक ईलाम चुलाचुली ४ का ३८ बर्षीय राजेन्द्र देवान र स्कुटीको पछाडी सवार सोही स्थानका ४० बर्षीय पुर्ण राई घाईते भई B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा दिउसो ११ बजे स्कुटर चालक राजेन्द्र देवानको मृत्यु भएको छ भने अर्का घाईतेको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस, बस चालक झापा अर्जुनधारा ११ बस्ने मान बहादुर पुरी प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित ५ जना पक्राउ
मोरङ, फागुन-२५ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका १० स्थितबाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ । सोमबार राती ८ बजे ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान-१०, लुपिजेसिक थान-७, एभिल थान-१३ र गांजा २०० ग्राम फेला पारेको छ । प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि-बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु
धनकुटा, फागुन-२४ गते ।
धनकुटा सहिदभुमी गाऊपालिका ७ चाम्चा बस्ने ५० बर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो ११ बजे सोही स्थानमा ना५त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक सोही स्थानका हरि बहादुर राई फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।
करेन्ट लागी सह-चालकको मृत्यु
सुनसरी, फागुन-२३ गते ।
मोरङ बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागी मृत्यु भएको छ । आईतबार राती ९ बजे दुहबी -२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह-चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाईते भएका उनको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
प्रहरी परिवारका लागी सिपमुलक सौन्दर्य कला (ब्यूटीसियन) तालिमको समुदघाटन
बिराटनगर फागुन-२३ गते ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा आज एक कार्यक्रम बिच बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर/ अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र धरानमा संचालन हुने “सिपमुलक सौन्दर्य कला (ब्यूटीसियन) तालिम” को संयूक्त शुभारम्भ गरिएको छ ।
प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ महिना अवधीको सौन्दर्य कला (ब्यूटी पार्लर) तालिमको समुदघाटन गर्नु हुदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले बहालवाला, अवकाश प्राप्त तथा अमर/ अशक्त प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सिपबाट आय-आर्जन बढ्न जाने र आश्रीत परिवार तथा सन्ततीहरुको वृत्ति विकासमा समेत टेवा पुग्ने अभिप्रायले यस्ता सिपमुलक तालिमहरु संचालन गरिएको बताउनु भएको छ ।
उक्त सौन्दर्य कला (ब्यूटीसियन) तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्य अनुरुप तेश्रो समुहको तालिमलाई धरानबाट समेत संचालन गरिएको हो । दुबै स्थानमा आजबाट संचालन हुने तालिममा ३५ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन । उक्त तालिम समुदघाटन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
लागुऔषध गाँजा सहित ३ जना पक्राउ
मोरङ, फागुन २३ गते ।
मोरङको बिराटनगर महानगरपालिका-५ बाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरीको धरान उप-महानगरपालिका-११ का २५ बर्षीय दिपक राई, २७ बर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका-१ का ३४ बर्षीय चौथानन्द राय रहेका छन् । को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंङबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो साँढे ३ बजे टेम्पोको पछाडी पट्टी सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा रहेको २ केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटना १ जनाको मृत्यु
ईलाम, फागुन २३ गते ।
ईलामको सुर्योदय नगरपालिका-९ मा अटो टेम्पो पल्टदा १ जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा गोर्खेबाट फिक्कल तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ह ७९०१ नम्बरको अटो टेम्पो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका अटो चालक स्थानीय ४२ बर्षीय सुकमान राईलाई फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ
मोरङ, फागुन २३ गते ।
मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । आज दिउँसो सवा ३ बजेको समयमा अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-६ का ३९ बर्षीय बिकाश अग्रवाललाई लागुऔषध नाईट्राभेट ३०० चक्की र स्पास्मोप्रोक्सिवन ११४ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका अग्रवालको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
हाईस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते ।
मोरङ, फागुन-२३ गते ।
मोरङ सुन्दरहरैचा नगरपालिका-७ गोठगाऊ स्थित पुर्व-पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । आज मध्य राती पौने १ बजे बा४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउदै गरेको प्र२-०२-००१ प३८७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार बेलबारी-११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवाल घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा रातको पौने २ बजे मृत्यु भएको थियो । सो दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा र सह-चालक बेलबारी बस्ने उत्सब गिरी समेत घाईते भई बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
लागुऔषध सहित ५ जना पक्राउ
बिराटनगर, फागुन-२३ गते ।
शनिबार बिभिन्न स्थानबाट चेकजाँचको क्रममा लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापा बुद्धशान्ति -३ स्थित झिलमिले पुलबाट सोही स्थानका २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम र झापा भद्रपुर -८ सगरमाथा चौकबाट सोही स्थानका २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम खैरोहिरोईन ब्राउन सुगर सहित पक्राउ परेका छन । पक्राउ परेका दुबै जना थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी उदयपुर त्रियुगा -६ लालपत्ता स्थितबाट लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिरहा लहान ३ का २३ बर्षीय सुजित चौधरी, सप्तरी खडक-१ का २२ बर्षीय महेश कुमार चौधरी र उदयपुर त्रियुगा ४ का १९ बर्षीय होमबहादुर मगर रहेका छन । सुजित र महेशलाई लागुऔषध डाईजेपाम-३५ एम्पुल, लुपिजेसिक-३५ एम्पुल र फेनार्गन-३५ एम्पुल सहित पक्राउ गरिएको हो भने होमबहादुरलाई लागुऔषध नाइट्राजिपाम ७५ ट्याव्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु
ताप्लेजुङ, फागुन-२२ गते ।
ताप्लेजुङ मिक्वाखोला गाऊपालिका – २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । आज दिउसो ३ बजे काम गरिएको अबस्थामा माथीबाट ढुंगा र माटो खसी किचेर उनिहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ट्याक्टरबाट लडी १ जनाको मृत्यु
भोजपुर, फागुन-२२ गते ।
भोजपुर रामप्रसादराई गाऊपालिका ४ का ५१ बर्षीय ईन्द्र बहादुर राईको ट्याक्टरबाट लडी मृत्यु भएको छ । शुक्रबार साझ पौने ६ बजे को२त ९६६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका राईको आज दिउसो सभा १ बजे नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर र चालक रुपन्देही सैनामैना बस्ने सागर गुरुङ नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु
मोरङ, फागुन-२२ गते ।
मोरङ ग्रामथान गाऊपालिका -४ २५ बर्षीय धिरज माझी स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे कटहरी -७ तकिया चोक स्थितमा प्र१-०२-०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु
सुनसरी, फागुन-२२ गते ।
सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाईते भएकी चौधरीको आज राती १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
भिरबाट लडेर १ जनाको मृत्यु
ईलाम, फागुन २१ गते ।
ईलामको सुर्योदय नगरपालिका-१४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार राती साँढे ८ बजेको समयमा ईलाम नगरपालिका-१० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टर दुर्घटनाबाट सह-चालकको मृत्यु
भोजपुर, फागुन-२० गते ।
भोजपुर रामप्रसाद राई गाऊपालिका ५ का १८ बर्षीय सहचालक प्रदिप तामाङको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान पौने ७ बजे सोही स्थानमा को२त ३६६९ नम्बरको ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना हुँदा सहचालक प्रदिप तामाङ घाईते भएका थिए । घाईते प्रदिपको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा बिहान सभा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक सोही स्थान बस्ने सन्जिब खड्का प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु
मोरङ, फागुन-२० गते ।
मोरङ सुन्दरहरैँचा नगरपालिका -३ का २० बर्षीय अजित चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती ९ बजे सोही स्थानमा प्र१-०२-०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार अजित घाईते भएका थिए । घाईते अजितको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक सोही स्थान बस्ने ३१ बर्षीय देव कुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
लागुऔषध सहित १ जना पक्राउ
सुनसरी, फागुन-२० गते ।
सुनसरी धरान - १३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ गरिएको छ । बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको Diazelab -१० ऐम्पुल, Phenergan -२३ ऐम्पुल, Avil -१३ ऐम्पुल र Lupigesic -११ ऐम्पुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका मगर उपर थप अ